समाचार

पर्यटन प्रबद्र्धनका लागि सिल्भर ट्रयाङ्गलको अवधारणा

पोखरा, १५ चैत, पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ । होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रद्रेशका संचारकर्मीसँग गरेको अन्तरसम्बाद कार्यक्रमा उक्त विषय उठान गरिएको हो । उल्लेखित तीन क्षेत्रलाई समेटेर सिल्भर ट्रयाङ्गलको अवधारणा अन्तर्गत पर्यटन प्रबद्र्धन गर्न सकिने विषय सो अवसरमा उठान गरिएको थियो । विगतमा काठमाडौं, चितवन र पोखरालाई समेटेर गोल्डेन ट्रयाङ्गलको चर्चा हुने गरेको स्मरण गराउँदै नेपाल पर्यटन… पुरा पढौ

पोखरामा हुने रात्रिकालिन दौडको तयारी तिव्र रुटको भिडियो सहित

पोखरा पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रको संयुक्त आयोजनामा यही चैत २८ गते पोखरामा पहिलो पटक रात्रिकालिन ५ किलोमिटर खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजकले जनाएका छन् । पोखराको बाराहीघाट देखि उक्त दौड सुरु भई लेकसाइड, सृजनाचोक, सभागृहचोक, न्युरोड, महेन्द्रपुल हुदै झण्डापार्क(फल्चा)मा समापन हुने भएको छ । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=-cXnHpxlwWY पुरा पढौ

सिइएटी टायर्सको डिलर्स मिट पोखरामा सम्पन्न

पोखरा, चैत १४ गते, मोनिका सप्लायर्सद्वारा गण्डकी–धौलागिरी अञ्चलका डिलर्सहरूको आयोजनामा पोखरामा सिइएटी टायर्सको डिलर्स मिट सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशभरिका यातायात व्यवसायी तथा व्यवसायिक प्रतिष्ठानहरूको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै सिइएटी टायर्स नेपालका प्रमुख अरुण सिंहले नेपाली बजारमा सिइएटी टायर्सको बढ्दो उपस्थितिबारे प्रकाश पार्दै गुणस्तरीय सेवा र उत्पादनमार्फत ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले डिलर्सहरू कम्पनीको मुख्य आधारस्तम्भ भएकाले उनीहरूको भूमिका अझ सशक्त बनाउनेतर्फ कम्पनी केन्द्रित रहेको बताउनुभयो । सिइएटी टायर्सका नेपाल इम्पोर्टर सोहन नितिरले… पुरा पढौ

कार्की आयोगको प्रतिवेदन जलाउँदै पोखरामा पनि एमालेका नेता तथा कार्यकर्ता सडकमा

दीननाथ बराल. पोखरा १४, चैत जेन–जी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले निकट विद्यार्थी तथा युवा संगठनहरूले पोखरामा प्रदर्शन गरेका छन्। प्रतिवेदनलाई ‘एकपक्षीय र पूर्वाग्रही’ भएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले सार्वजनिक रूपमा प्रतिवेदन जलाएर विरोध गरेका हुन् । कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले शनिबार पक्राउ गरेपछि विरोध झन् चर्किएको हो। पार्टी नेतृत्वमाथि ‘थरपकड’ गरिएको भन्दै अनेरास्ववियु र युवा संघ नेपालको अगुवाइमा पोखरामा विरोध प्रदर्शन गरिएको… पुरा पढौ

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको भित्तपात्रो सार्वजनिक

पोखरा, चैत १४, चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले नया वर्ष २०८३ को भित्तपात्रो सार्वजनिक गरेको छ । समितिले तयार गरेको नया वर्ष २०८३ को वार्षिक भित्तेपात्रो शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रकिशोर गौतम, संस्थाका सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापती, समितिका अध्यक्ष दुर्गा सुनारलगायतले सार्वजनिक गरेका हुन् । कार्यक्रममा नया वर्ष २०८३ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापती चन्द्रकिशोर गौतमले व्यवसायीहरु मिलेर अघि… पुरा पढौ

माछापुच्छ्रे अध्यक्ष कप भलिबल सम्पन्न, पुरुषको उपाधि बौदीकालीलाई, महिलाको एलिट एकेडेमीलाई

पोखरा,चैत्र १४, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले हात पारेको छ । विजेता बनेको बौदीकालिले नगद रु २ लाख ट्रफी र मेडल प्राप्त ग¥यो । प्रतियोगितामा सुक्ला गण्डकी नगरपालिका तनहुँले उपविजेता मा नै चित्त बुझायो । सुक्लाले नगद रु २ लाख ट्रफी र मेडल प्राप्त ग¥यो । सेमिफाइनल उपविजेता अन्नपूर्ण र बिरुवा गाउँपालिकालाई नगद रु २५÷२५ हजार साथमा ट्रफी,मेडल प्राप्त गरे । पुरुष तर्फ बौदीकालिका हिमाल सुनारी उत्कृष्ट खेलाडी ,सुक्ला गण्डकीका इश्वर सुंवार… पुरा पढौ

प्रतिभा माविमा बिदाई, भविश्य उज्जवल बनाउन लगनशीलता र अटुट निरन्तरता चाहिन्छः अध्यक्ष पौडेल

पोखरा, चैत १४, पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । कक्षा १२ को अन्तिम परीक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई विद्यालयले शनिबार बिदाई गरेको हो । बिदाई कार्यक्रमका लागि कक्षा ११ का विद्यार्थीले संयोजन गरेका थिए । शनिबार आयोजित बिदाई कार्यक्रमको प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । अध्यक्ष पौडेलले कक्षा ११ ले १२ का विद्यार्थीलाई बिदाई गर्नु आफैमा गतिलो संस्कार भएको बताए । उनले कम्तिमा दुइवर्षको यो… पुरा पढौ

कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान

पोखरा, १४ चैत, पर्यटक आदानप्रदान र कनेक्टिभिटीमा जोड दिंदै यसबर्षको जाउँ है पोखरा अभियान मकवानपुरको हेटौंडामा शुक्रबार समापन गरिएको छ । यही चैत ९ गतेबाट सुरु भएको पाँच दिने अभियान अन्तर्गत वीरगंज, विराटनगर र इलाममा पनि पत्रकार सम्मेलन र अन्तरक्रियाहरु आयोजना गरिएको थियो । होटल संघ पोखरा नेपालको अयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा यो अभियान संचालन गरिएको थियो । अभियानको क्रममा पूर्वका भद्रपुर, सिमरा, विराटनगर र फाल्गुनन्द विमानस्थलबाट पोखरासम्म हवाई सेवा संचालनको निरन्तरता र… पुरा पढौ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ, प्रतिशोध होइन गृहमन्त्री गुरुङ

काठमाण्डौं, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज बिहानै पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङले यो कदम प्रतिशोध नभई “न्यायको सुरुआत” भएको स्पष्ट पार्नुभएको छ । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा प्रहरीले आज बिहानै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएको श्रोेतको भनाई छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुखका अनुसार प्रहरी टोली बिहान करिब ५ बजे भक्तपुरको सूर्यविनायकस्थित निवासमा पुगेर दुवै नेताहरूलाई पक्राउ गरी काठमाडौँ ल्याएको हो ।… पुरा पढौ

चैत अन्तिम साता लेखनाथमा तेस्रो ‘सूर्य तारा खेल तथा सांस्कृतिक महोत्सव’ हुने, फुटवलबाट सेभेन ए साइड फुटवल तर्फ

दीननाथ बराल, पोखरा १३, चैत, पोखरा महानगरपालिका २७ (लेखनाथ) मा यही चैत महिनाको अन्तिम साता तेस्रो संस्करणको ‘सूर्य तारा खेलकुद तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ । पोखरा २७ को सूर्य तारा क्लबको आयोजनामा यही चैत्र २७ गतेदेखि ३० गतेसम्म उक्त महोत्सव हुने भएको आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । महोत्सवलाई आकर्षक र सहभागितामूलक बनाउन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको प्रतियोगिता मुल समारोह समितिका संयोजक विष्णु पुनले बताउनु भयो । महोत्सवका मुख्य आकर्षणहरूमा सेभेन… पुरा पढौ