समाचार

कुमुदिनीद्वारा कास्कीका दुई विद्यालयका ८३ जना विद्यार्थीलाई पोशाक वितरण

पोखराको कुमुदिनी होम्सले यस बर्ष पनि सामुदायिक बिद्यालयका ८३ जना बिद्यार्थीहरु पोशाक हस्तान्तरण गरेको छ । माछापुच्छ्रे« गाउँपालिकाको खादरजुङमा रहेको वाराही प्राविका प्रधानाध्यापक रामप्रसाद आचार्य र पोखरा महानगरपालिका वडा नं १९ पुरन्चौरमा लप्सिटाकुरामा रहेको हिमालयल प्राविका प्रधानाध्यापक प्रेमकुमारी तिमिल्सिना “कमला” लाई विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालय पोशाक हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा वर्षभरि पुग्नेगरी विद्यार्थीका लागि करिब ५० हजार मुल्य बराबरको विद्यालय पोशाक हस्तान्तरण गरिएको अध्यक्ष पालिखेले जनाउनु भयो । वाराही आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यले आफ्नो विद्यालयमा… पुरा पढौ

लियो क्लब अफ चौतारी पोखराको अध्यक्षमा सहन्शिल

लियो क्लब अफ चौतारी पोखरा को २५ औं वार्षिक साधारण सभा पोखराको न्युरोड स्थित पाल्पा हाउस को सेमिनार हलमा सम्पन्न भएको छ। क्लबका पुर्वअध्यक्ष तथा प्रमुख क्लब सल्लाहकार लियो(लायन हरिहर पराजुली को प्रमुख आतिथ्यता मा सम्पन्न भएको उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष लियो कुशल अर्याल लगायत सम्पूर्ण क्लबका सदस्य को उपस्थित रहेको थियो । साथै यसै सभाबाट क्लब को २५ अौ साधारणसभा आगामी लियो वर्ष २०२४र२५ का लागी, सर्वसम्मत रुपमा अध्यक्ष मा लियो सहन्शिल बराल, उपाध्यक्ष लियो केनुका थापा, लियो साधना… पुरा पढौ

विहिबार देखि पोखरामा मोहन स्मृति विद्यालय स्तरीय राष्ट्रिय तथा पोखरा वडा स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा २५, वैशाख पोखरामा विहिबारदेखि विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर खेलकुद विकास समिति र मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा विहिबारदेखि पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा तेश्रो संस्करणको मोहन स्मृति विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । यही बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयस्तरीय (मावि तथा प्रावि स्तरीय ) सँगै महानगर वडास्तरीय विभिन्न उमेर समुहको छात्र तथा छात्रा तर्फ प्रतिष्प्रर्धा हुने भएको फाउण्डेशनका अध्यक्ष भूगोल… पुरा पढौ

विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गरेर मुख्यमन्त्री अधिकारीले यसप्रति चासो देखाउनुभएको हो । उहाँले विकास निर्माणसँग सम्बन्धीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं निर्माण व्यवसायीसँग सामूहिक छलफल गरेर प्रदेशमा सञ्चालित हरेक आयोजनाको विस्तृत प्रगति विवरण दूई दिन भित्र पेश गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘प्रदेशमा सञ्चालित हरेक आयोजनाहरुको वित्तीय प्रगती, भौतीक प्रगती, समस्या र समाधानका उपाय सुत्रमा लेखेर दूईदिनभित्र सबैले… पुरा पढौ

मर्दिखोला शैक्षिक प्रतिष्ठानद्वारा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण

मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका ७ सरकारी विद्यालयलाई शैक्षिक सामाग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्रतिष्ठानले शुक्रबार एक कार्यक्रम आयोजना गरि ७ विद्यालयलाई कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, बिज्ञान सामाग्री तथा पुस्तक गरि ९ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको छभने १०, ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार ५ विद्यार्थीलाई २० हजार रुपैयाँका दरले १ लाखको छात्रवृत्ति प्रदान… पुरा पढौ

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन् । पोखरा १,… पुरा पढौ

वर्ष खेलाडी महिलातर्फ अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ । यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नाम समेत सार्वजानिक भइसकेको छ । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मीता थापामगर पर्न सफल भएका छन् । तीनै जना खेलाडी वर्ष ०८० मा पाएका उपलब्धिको आधारमा मनोनयनमा परेका हुन् । अनुस्का शेरचन (आर्चरी)अनुस्का उमेरले बल्ल १७ वर्षकी पुगिन् ।… पुरा पढौ

बाराही जंगल लजले गर्‍यो निकुञ्ज क्षेत्रमा सरसफाई, तीन ट्याक्टर फोहर सङ्कलन

मेघौली, चितवन बाराही हस्पिटालिटी अन्तर्गत चितवनमा अवस्थित बाराही जंगल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ । लजदेखि ३ किमी तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए । उनले राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । स्थानीय निकायले पनि सफा राख्न भूमिका खेल्नुपर्नेमा उनको जोड छ । लजले यस खालको सरसफाइ हरेक… पुरा पढौ

ट्राफिक नियम पालना गर्न झन्झट नमानौं ः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गर्नुभएको छ । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षीत हुने भन्दै यस्तो आग्रह गर्नुभएको हो । ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा यसलाई अत्यन्त विशिष्ट र जटिल बनाएर नियम क्रस गर्न खोजियो भने हाम्रो जीवन चक्र पनि चल्दैन’ उहाँले भन्नुभयो । शरीरमा रोग लाग्न… पुरा पढौ

चपस कास्कीको २०८१ सालको भित्तेपात्रो विमोचन

चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्लसिना पंगेनीले चपस कास्कीले गरेका कामको प्रशंसा गरिन् । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चपस कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए । सिनेमा टुरिजमको विकासमा प्रचारप्रसारको खाँचो रहेको उल्लेख गरे… पुरा पढौ

This will close in 20 seconds