समाचार

वैचारिक बहस गरौँ, व्यक्तिगत गाली–गलौज बन्द गरौँ ः खगराज अधिकारी

नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले व्यक्तिगत गाली–गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गर्नुभएको छ । सोमबार पोखरामा आयोजित ‘पुष्पलाल जन्मशताब्दी समारोह २०८१’ विचार गोष्ठीमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका अधिकारीले यस्तो आग्रह गर्नुभएको हो । ‘वैचारिक बहस गरौँ, व्यक्तिगत गाली–गलौज बन्द गरौँ, यति गरें पुग्छ अहिले, आ–आफ्नो विचार छन्, संगठन छन् दृष्टिकोण छन्’ पुष्पलाल अध्ययन केन्द्र कास्कीका अध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो । पुष्पलालको बाटो ठिक हो भन्ने कम्युनिष्टहरू नै भौतारीदा समस्या देखिएको… पुरा पढौ

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि भरतपुर महानगरले माग्यो सुझाव

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८र०८२ का लागि राय सुझाव माग गरेको छ । महानगरपालिकाले आगामी नीति तथा कार्यक्रम के कस्तो बनाउने सन्दर्भमा सरोकारवालासँग सुझाव माग गरेको हो । सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक ईमेलमा पठाउन अनुरोध पनि गरेको छ । महानगरको आधिकारिक ईमेल ष्लाय२दजबचबतउगचmगल।नयख।लउ मा राय सुझाव पठाउन राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी,… पुरा पढौ

पोखरामा पनि नर्सिङ दिवस मनाइयो

पोखरा १० रामघाटमा रहेको त्रिभुवन विश्व बिद्यालय चिकित्सा अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसमा नर्सिङ दिवस मनाइएको छ । विश्व नर्सिङ दिवसको अवसरमा आइतबार क्याम्पसमा विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको पुष्पा शर्माले बताउनु भयो । क्याम्पस प्रमुख नीता ताम्राकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सा.प्रा. शारदा शर्मा, सा.क्याम्पस प्रमुख तथा सचिव नान कार्की लगगायले नर्सिङ सेवाको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहित नाटक, पोष्टर प्रतियोगिता, हाजिरि जवाफ प्रतियोगिता समुहगत रुपमा भएको थियो । पुरा पढौ

यु–२३ बास्केटबलको उपाधि पिप्लेलाई

पिप्ले बास्केटबल क्लबले यु–२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ । महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यु–२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३–४३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाइभ वाई फाइभ बास्केटबलको पहिलो क्वाटरमा पिप्लेले १८–१२ को स्कोर निकालेको थियो । दोस्रो क्वाटरमा ३०–९, तेस्रो क्वाटरमा १६–१० र अन्तिम क्वाटरमा २५–१२ को स्कोर निकालेको हो ।उपाधिसँगै पिप्लेले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता केबिएले २५ हजार रुपैयाँसहित… पुरा पढौ

पोखरा २५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ

पोखरा महानगरपालिका वडा नं।२५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ गरिएको छ । घर घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सुरु गरिएको अभियानको पहिलो दिन ७१ परिवारका एक सय बढी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । प्रयोगशाला परीक्षण सहितको उक्त सेवाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श दिन सहज हुने प्रमुख… पुरा पढौ

जलकुम्भी झार निकाल्न ४० जनालाई रोजगारी

बर्सातको समयमा फेवातालको माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने जलकुम्भी झार नियन्त्रण गर्न पोखरा महानगरपालिकाले काम सुरु गरेको छ । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा पहिलो दिन भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालिएको छ । आइतबार हजार बढी वातावरण संरक्षणकर्मी अभियान्ताहरु, सुरक्षा निकाय, नगर प्रहरी र स्थानीयहरूको सहभागितामा सो क्षेत्रको झार निकालिएको मुख्य अभियन्ता राम बहादुर पौडेलले बताउनुभयो । ‘फेवातालको भविष्य प्रति हामी निकै चिन्तित छौँ, उहाँले भन्नुभयो, यसको संरक्षण शक्ति केन्द्रहरूको प्रभावका कारण थप चुनौतीपूर्ण बन्दै गइरहेको… पुरा पढौ

पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताएका छन् । यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन भ्रमण गर्दै प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको उल्लेख गरे । उनले सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा यस्ता पर्यटकीय गन्तव्य महत्वपूर्ण रहेको पनि बताए । ‘विशाल मूर्तिले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउन सहयोगी बनेकोमा… पुरा पढौ

हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम

आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. २५ को सहयोग तथा सर्प संरक्षण समाजको सहकार्यमा भएको जनचेतना मूलक कार्यक्रममा २ सय ५० जनाको सहभागिता रहेको थियो । विषालु र अविषालु सर्प कसरी चिन्ने, सर्पबाट हुने फाइदा, यसबाट वच्ने उपायका विषयमा कार्यक्रम जानकारी दिइएको थियो । कार्यक्रममा सर्प संरक्षण समाजका अनुसन्धानकर्मी एवम् सर्प संरक्षणकर्मी ऋषि बरालले नेपालका विषालु सर्पहरु पहिचान, सर्प दंश र त्यसको व्यवस्थापन, सर्प संरक्षण… पुरा पढौ

गोर्खा र तनहुँका होटल व्यावसायिलाई दमौलीमा तालिम,(भिडियो सहित)

आगन्तुक पाहुनालाई गुणस्तरिय सेवा सहितको सुविधा दिन सुझाव दीननाथ बराल, दमौली ३०, वैशााख, मस्र्याङ्दी करिडोर अन्तर्गत गोर्खा र तनहुँका होटल व्यावसायिलाई दमौलीमा तालिम दिन सुरु गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा तनहुँमा आईतबार देखि दुई दिने आवासीय तालिम सुरु भएको हो । सोमबारसम्म चल्ने उक्त तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका उप प्रमुख ईन्दीरा दराईले व्यवसायीहरुलाई आफ्नो व्यवसायिक मर्यादामा रहेर व्यवसाय गर्न सुझाव दिदै होटलमा आउने पाहुनालाई गुणस्तरिय सेवा सुविधा उपलब्ध… पुरा पढौ

फेवातालको मुहानबाटै जलकुम्भी झार निकाल्न सुरु

दीननाथ बराल,पोखरा ३०, वैशाख, पोखराको फेवातालको मुहानबाटै जलकुम्भी झार निकाल्न सुरु भएको छ । पोखरा–१८ खपौदी ढल्केबर स्थित फेवातालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी“ भन्ने मुल नाराका साथ फेवातालको मुहानबाट जलकुम्भी झार सफाइ अभियान आइतबारबाट सुरु भएको हो । नागरिक महाअभियान कास्कीका संयोजक समेत रहनु भएको राम बहादुर पौडेलको अध्यक्षतामा भएको सफाई अभियानमा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराका गणपति एसपी अरुण पौडेल शर्मा सहितको टोलीले सफाई अभियानको सुरुवात गर्नु भएको हो… पुरा पढौ

This will close in 20 seconds