समाचार

आन्तरिक राजस्व कार्यालय पोखराबाट ४ अर्ब २९ करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा १, जेठ, आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक बर्ष २०८०÷०८१ को वैशाख मसान्तरसम्ममा ४ अर्ब २९ करोड ३५ लाख २८ हजार राजस्व संकलन गर्न सफल भएको छ । वैशाख मसान्तरसम्म कार्यालयको राजश्व संकलनको लक्ष्य ४ अर्ब ८२ करोड ९७ लाख ६७ हजार रहेकोमा वैशाख मसान्तरसम्म उक्त राजश्व संकलन हुदा ८९ प्रतिशत प्रगती हासिल गरेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । देशको आर्थिक मन्दिले गर्दा व्यापार व्यवसाय फस्टाउन नसक्दा यसकिो असर राजश्व संकलनमा परेकोले गर्दा लक्ष्य हासिल गर्न… पुरा पढौ

नीति तथा कार्यक्रम सार्वजनिक

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आउदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेललेसङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाईगर्नुभएको सम्बोधन = प्रतिनिधि सभाका सम्माननीय सभामुख,राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,सङ्घीय संसद्का माननीय सदस्यहरू, १. सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ… पुरा पढौ

शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेश स्तरीय ह्याण्डबल प्रशिक्षण सुरु

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यवस्थापनमा पोखरा रंगशालामा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले एक कार्यक्रमका बीच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले प्रदेश खेलकुद परिषद तल्लो तहबाटै खेलकुदको जग बलियो बनाउने अभियानमा परिषद अघि बढेको बताए । यूवा खेलाडी उत्पादन गर्नका लागि नै विद्यालयका खेल शिक्षक लक्षित विभिन्न प्रशिक्षण कार्यक्रम लगायत दशौं राष्ट्रिय खेलकुदका लागि विभिन्न प्रतियोगिताहरु समेत परिषदले तय गरेको जनाउँदै सदस्य सचिव शर्माले… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चको पोखरामा बसेको कार्यसमितिको बयालिसौँ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोटर््स अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी निकाय, व्यक्ति, संघ, संस्था, खेलाडी, प्रशिक्षक, खेलप्रेमी, सञ्चार माध्यम, सञ्चारकर्मी सहित मञ्चका सम्पूर्ण सदस्यप्रति हार्दीक आभार प्रकट गर्ने निर्णय गरेको महासचिव राजाराम पौडेलले बताए । अवार्ड कार्यक्रम प्राप्त सबैको साथ सर्पोटले मञ्चलाई… पुरा पढौ

चौथो टाइगर कप भलिबल प्रतियोगिताबाट १८ लाख ३७ हजार बचत

गत बर्ष पोखरामा सम्पन्न भएको चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८० बाट १८ लाख ३७ हजार बचत भएको छ । गत माघ १ गतेदेखि ६ गते सम्म पोखरा रंगशालामा सम्पन्न भएको प्रतियोगिताबाट उक्त रकम बचत भएको टाइगर ग्रुप अफ पोखरा, नेपालले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट तथा आय÷व्यय सार्वजनिक कार्यक्रममा जानकारी गराएकोे हो । प्रतियोगिताबाट १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी भएको संस्थाका अध्यक्ष… पुरा पढौ

पोखराका सिसिटिभि बिक्रेता र टिएनडी ब्राण्डका पदाधिकारी बिच अन्तरक्रिया

पोखरामा रहेका सिसिटिभि बिक्रेताहरुद्धारा स्थापित पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारी र सिसिटिभि क्यामरा टिएनडी ब्राण्डका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टिएनडी ब्राण्डका सेल्स म्यानेजर एरिका ह्वाङ, कन्ट्री सेल्स म्यानेजर नविन भण्डारी, हाइटेकको तर्फबाट नेपालका लागि टिएनडी ब्राण्डको एक्जुकेटिभ सेल्स म्यानेजर सुरज भट्ट लगायतको टोलीलाई पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारीहरुले स्वागत संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा वोल्दै टिएनडीका सेल्स म्यानेजर एरिका ह्वाङले टिएनडी ब्राण्डको सिसिटिभि क्यामेरा राम्रो भएको बताउदै… पुरा पढौ

सहारा एकेडेमीमा नगद र फलफूल सहयोग

सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीका बालकहरुलाई नगद तथा फलफूल सहयोग गरिएको छ ।सोमबार सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङसहित महासचिव कुमार गुरुङ र क्लब शुभेच्छुक कृष्ण गुरुङसहितको टोलीले एकेडेमी अवलोकन गर्नुका साथै बालकहरुलाई सहयोग गरेको हो । पोखरा नयाँबजार घर भइ हाल हङकङ निवासी सहारा क्लब हङकङ महासचिव कुमार गुरुङ र घान्द्रुक घर भइ हाल हङकङ निवासी क्लबका शुभेच्छुक कृष्ण गुरुङले नगदसहित फलफूल वितरण गरेका हुन् । टोलीलाई क्लबका पूर्व अध्यक्ष केशबबहादुर थापाले खादा लगाएर स्वागत गरेका थिए ।… पुरा पढौ

पोउवा संघमा चेक बाउन्सले नित्याएका चुनौति बारे चर्चा

पोखरा उद्योग वाणिज्य संघले बढ्दो चेक अनादर ९ बाउन्स० र यसले निम्त्याएका समस्या एवं समाधानका उपायबारे विज्ञसहितको अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र बैंकर्स एसोसियसन गण्डकीसँगको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा चेक बाउन्सले निम्त्याएका चुनौती चिर्नको लागि अपनाउनुपर्ने कानूनी बाटोबारे पनि बृहत चर्चा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाबाट बैंकिङ कसुरको अवस्था, समस्या र समाधानका उपायहरु विषयक कार्यपत्र प्रस्तुत हुँदा सो कार्यक्रममा विज्ञको रुपमा बैकर्स एसोसियन गण्डकीका संयाजक सूर्यप्रसाद तिवारी… पुरा पढौ

पोखरामा बुधबारबाट हुने क्लबस्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा यही जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पोखरामा पत्रकार सम्मेनलन गर्दै जानकारी दिएको हो । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा हुने क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार… पुरा पढौ

एलजी एशोसियसन कास्की लिग च्याम्पियन

बलराम केसी स्मृती कास्की जिल्ला लिगकम नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधि एलजी एशोसियसनले जितेको छ । पोखरा रंगशाला आइतबार भएको फाइनल खेलमा भ्याली स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एशोसियसन च्याम्पियन बनेको हो । एलजीको जितमा आशिष गुरुङ नायक बने । एलजीका लागि ३ गोल गरी उनले गरी ह्याट्रिक पुरा गरे । पहिलो हाफको १७ औ मिनेटमा गोलको खाता खोलेको उनले । दोस्रो हाफको २४ औ र ३९ औ मिनेटमा गोल गर्दे व्याक्तिगत ३ गोल गरे । खेलको… पुरा पढौ

This will close in 20 seconds