समाचार

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने एक जना बालक हतियार सहित पक्राउ

दीननाथ बराल, पोखरा, २४ कास्की, जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाट गर्ने घटनामा संलग्न एक जना बालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–४ स्थित डेरामा बस्दै आउनु भएको १६ वर्षका एक किशोर (नाम गोप्य) लाई प्रहरीले पोस्तोल सहित नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । बालकको साथबाट चाइनिज पेस्तोल (टाइप–५४, म्यागजिन नभएको) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले बताउनु भयो । उक्त घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान र अनुसन्धान जारी रहेको थियो… पुरा पढौ

नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक

कार्तिक २४, पोखरा, नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो । अर्वाड कार्यक्रमको लागि १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ सय रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले जानकारी दिए । कोषाध्यक्ष तिवारीले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको छ । मञ्चको सातौं… पुरा पढौ

दान बहादुर कार्की महानिरिक्षकमा नियुक्त

पोखरा, नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त हुनु भएको छ । उहाँ काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत हुनुहुन्छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई महानिरीक्षक नियुक्त गरेको नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हाल्नु… पुरा पढौ

पुम्दी भुम्दीका पर्यटक क्षेत्रमा सबै यातायात व्यवसायीलाई फोहोर नगर्न र सवारी साधनमा डस्टबिन राख्न आग्रह

पोखरा, पोखराको छोरेपाटनदेखि पुम्दीकोटसम्मको पर्यटकीय क्षेत्र अत्यधिक भीडभाड युक्त भएकाले फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुदै आएको स्थानियले बताएका छन् । यस क्षेत्रलाई सफा, आकर्षक र पर्यावरणमैत्री बनाउने उद्देश्यले स्थानीय संघ–संस्था र वडा कार्यालयको सहयोगमा नियमित सरसफाइ अभियान सञ्चालन हुने भएको छ। यस अभियानअन्तर्गत आज (सोमबार) नगर बस समिति, पृथ्वीराजमार्ग बस संचालक कम्पनी, पोखरेली ट्याक्सी सेवा प्रा.लि.पर्यटक बस पार्कमा सञ्चालनमा रहेका विभिन्न बस कम्पनीहरू, साथै ट्राफिक र प्रहरी चौकीहरूलाई फोहोर नगर्न र सवारीसाधनमा अनिवार्य रूपमा डस्टबिन राख्न अनुरोध गरिएको छोरेपाटन शान्ति स्तूप… पुरा पढौ

गण्डकी प्रदेश संग्रहालयमा कोसेली घरको शिलान्यास ,विधतामा आधारित संग्रहालय प्रदेशको पहिचान बन्ने मुख्यमन्त्री पाण्डेको विश्वास

पोखरा, गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने “मौलिक ९कोसेली० घर” निर्माण कार्यको सोमबार एक विशेष समारोहबीच शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित गण्डकी प्रदेश संग्रहालय परिसरमा निर्माण हुन लागेको कोसेली घरको शिलान्यास गर्दै प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले सुशासन र पारदर्शिता कायम गर्दै भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको बताए । “प्रदेश सरकारले गरेका राम्रा कामको… पुरा पढौ

पोखरा रंगशालाको नेपथ्यको कन्सर्टमा एक करोड आम्दानी, क्रिकेटको क्रेज बढाउन नेपथ्यलाई प्रयोग गरेकै होः त्रिपाठी (भिडियो सहित)

दीननाथ बराल पोखरा, २३ कात्तिक, पोखरा रंगशालामा शुक्रबार साँझ सम्पन्न भएको नेपथ्य ब्याण्डको साङगीतीक कार्यक्रम अवलोकन गर्न ७ हजार ८ सय जनाले पोखरा एभेन्जर्सको जर्सी खरिद गर्नु भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ भन्ने नारासहित नेपाल प्रिमियर लिग (एनपिएल) का फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गरेको यस कन्सर्टका लागि दुई दिन अघि ६ हजार टिकट (जर्सी बुकिङ) भए पनि दर्शकको माग अनुसार शुक्रबार थप २ हजारको हाराहारीमा जर्सि बिक्रि गरिएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरा एभेन्जर्सले जनाएको छ… पुरा पढौ

एक्याप माछापुच्छ्रेको विकासमा बाधक भएको गुनासो (भिडियो सहित) माछापुच्छ्रेमा कृषि पर्यटनको अथाह सम्भावना

दीननाथ बराल,पोखरा, २३ कार्तिक, कास्कीको माछापुच्छ्रे गाउँपालिका भित्र रहेका धेरै पर्यटकीय गन्तव्य ओझेलमा परेको जनप्रतिनिधि तथा स्थानीयवासीले गुनासो गर्नु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा शनिबार माछापुच्छ्रे–६ ह्याङजाकोटमा आयोजित ‘माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पोखराको मुख्य बजार क्षेत्रसँग नजिक रहेर पनि गाउँपालिकाका आकर्षक गन्तव्य प्रचार–प्रसारको अभावमा ओझेलमा परेको बताउनु भएको हो । https://www.youtube.com/watch?v=A-veyjAjSrM पर्यटनको राजधानि पोखरासंगै जोडिएको र सडक संजालको राम्रो पहुच भएको माछापुच्छ«ेका अधिकांश… पुरा पढौ

कास्की आइडलको पहिलो अडिसन सम्पन्न

पोखरा, कार्तिक २३, रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने बताए । आफूले चित्रकला र कविता प्रतियोगितामा भाग लिएको समयको स्मरण गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले नवप्रतिभालाई प्रेरणा दिने अनुभव सुनाए । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा… पुरा पढौ

कर्मचारी सहकारीमा पदम सर्वसम्मत

पोखरा, २३ कात्तिक, पोखरामा कार्यरत कर्मचारीहरुको अगुवाईमा सञ्चालित कर्मचारी बचत तथा ऋण सहकारी संस्थामा पदमबहादुर घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा छैटौं अधिवेशनबाट उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी, कोषाध्यक्षमा गोपाल शर्मा निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामजीप्रसाद कोइरालाले जानकारी दिए । सहकारी सदस्यमा सुमन शर्मा, चित्रा ढकाल, केदार धमला र चन्द्रकला बस्नेत निर्वाचित भएका छन् । सहकारीको लेखा सुपेरिवेक्षण समितिको संयोजकमा हेरम्ब शर्मा निर्वाचित भए । लेखा समितिका सदस्यमा सीता बराल र… पुरा पढौ

कुमुदिनी होम्समा वादविवाद प्रतियोगिता

पोखरा, २३ कात्तिक, पोखरा महानगरपालिका–४ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिका अनुसार आइतबार तहगत रूपमा नेपाली वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । आज सम्पन्न पहिलो चरण अन्तर्गतको आधारभूत तह स्तरीय प्रतियोगिता विद्यालयकी आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । प्रतियोगितामा कक्षा ७ ‘ख’ का आदित्य खत्री प्रथम, कक्षा ७ ‘ग’ की संस्कृति गैह्रे द्वितीय, कक्षा ८ ‘क’ की प्रतिष्ठा के.सी. तृतीय र कक्षा ७ ‘क’ की आयुषा लामा सान्त्वना स्थानमा रहेका छन्… पुरा पढौ