म्युजिक भिडियो

जनयुद्धका शहिदलाई राष्ट्रिय शहिदकै दर्जा हुन्छः अध्यक्षः प्रचण्ड

दीननाथ बराल, पोखरा १०, भदौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहिद परिवारलाई राष्ट्रिय शहिदकै दर्जामा सम्मान गरिने भएको बताउनु भएको छ । पोखराको वरपिपल रिसोर्टमा आइतबार देखि संचालन भएको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सके लगत्तै सोमबार शहिद तथा वेपत्ता परिवारजनसंग संक्षिप्त भेटघाट कार्यक्रमममा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । शहिद परिवार, वेपत्ता भएका परिवारलाई सम्मान गर्ने परिपुरक दिने विभिन्न स्थानमा पार्कहरु बनायर उहाँहरुको सम्मान गर्ने सबै प्रकारको ढोका खुलेको… पुरा पढौ

‘दिलसरा’ले दर्शकको दिल जित्नेछः प्रभावशाली महिला बन्न प्रेरणा दिनेछ

कविता घर्तीमगर,पोखरा ३१, साउन, । सबै समुदायले विगतदेखि नै आफ्ना समुदायको कला, भाषा, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई संरक्षण र उजागर गर्न विभिन्न तवरबाट प्रयास गर्दै आइरहेका छन् । यसै क्रममा मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गतेदेखि पोखरामा औपचारिक रुपमा प्रदर्शन हुदै छ । चलचित्रले मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै समुदायभित्र भएका विकृतिविसंगतिहरुलाई केलाएर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने आशा निर्माण पक्षको रहेको छ । चलचित्र मुख्यतयःमगर समुदायको संस्कृतिमा आधारित भएपनि कथावस्तु भने देशमा… पुरा पढौ

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड ३२ लाख

पोखरा, असार १० पोखरा महानगरपालिले आर्थिक २०८१÷८२ का लागि रु। ७ अर्व ५१ करोड ३२ लाख ८३ हजार को बजेट प्रस्ताव गरेको छ । पोखरा महानगरको १५ औँ नगर सभामा पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले बजेट पेश गर्दै संघीय सरकार अनुदानवाट रू ४ अर्व २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानवाट रू ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयवाट रू १ अर्व ५५ करोड ५१ लाख ४० हजार व्यहोरिनेछ बताउनुुभयो । त्यसै गरी संघीय राजश्व बाडँफाँटबाट रू… पुरा पढौ

पोखरामा १५ लाख पर्यटक भित्राउने लक्ष्य, पोखराको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

पोखरा महानगरपालिकाको नीति कार्यक्रम प्रस्तुत भएको छ । सभागृहमा आयोजित महानगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले आगामी आ।व २०८१।०८२ का लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । महानगरले राजश्व प्रणालीलाई प्रविधि प्रयोग गरी सरल, सहज र विश्वसनीय बनाउँदै घरबाटै राजश्व दाखिला गर्न सकिने गरी अनलाइन सेवालाई प्रभावकारी बनाउने नीति लिएको छ । पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न पूर्व राष्ट्रसेवक सम्मान तथा परिचालन नीति निर्माण गरी कार्यान्वयन गर्ने समेत जनाएको छ… पुरा पढौ

पर्यटन र कृषिलाई प्रथामिकता दिदै गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ )

पोखरा २९, जेठ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुतः गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको हो । उहँले प्रस्तुतः गरेको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्रथामिकता दिएको पाइन्छ । बादर नियन्त्रण देखि बाझो खेतको प्रयोग हुदै पोखरा जाऔं प्रकृति र संस्सकृतिसंग रमाऔं घोषणा गरे अनुसार आवश्यक नीतिगत सुधार गर्ने भएको छ । उहाँले आजको सदनमा प्रस्तुतः गर्नु… पुरा पढौ

नीति तथा कार्यक्रम सार्वजनिक

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आउदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेललेसङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाईगर्नुभएको सम्बोधन = प्रतिनिधि सभाका सम्माननीय सभामुख,राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,सङ्घीय संसद्का माननीय सदस्यहरू, १. सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ… पुरा पढौ

पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबार देखि हुने

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५ देखि २१ गते सम्म पोखरा रंगशालामा पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक समितिले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो । महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट पनि होनहार प्रतिभाको खोजी गर्दै सन् २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउने… पुरा पढौ

एक महिने छ्याँडु प्रशिक्षण सम्पन्न

पोखरा, २९ असोज तमु साँस्कृतिक प्रतिष्ठान नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगीमा एक महिने छ्याँडु प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। तमु समुदायको लोपोन्मुख नृत्य छ्याँडुको संरक्षण गर्न साथै प्रशिक्षकहरु उत्पादन गर्ने उदेश्यले सञ्चालित एक महिने प्रशिक्षण सम्पन्न भएको हो। गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रतिनीधि सभा सदस्य मनबहादुर गुरुङले सस्कृतिहरुको मौलिकता जोगाउनुपर्ने बताउनुभयो। अहिले सँस्कार, सँस्कृतिलाई आधुनिक र सजिलो बनाउने नाममा मौलिकता, मुल पहिचान गुम्दै गएकाले सजग हुनुपर्नेमा जोड दिनुभयो। खेगी गुरुहरुले आफुले प्राप्त गरेको ज्ञानलाई लुकाएर राख्ने,… पुरा पढौ

साङ्गीतिक व्याण्ड ‘एक्सिस’ एक दशक पछि किङस लाउन्ज पोखरामा

दीननाथ बराल पोखरा २२, असोज साङ्गीतिक व्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा पुनः प्रस्तुतीः राख्ने भएको छ । यही असोज २५ गते (विहिबार) लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिषेश प्रस्तुती हुने तयारी गरिएको छ । पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिलाउने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताउनु भयो । उहाँले भन्नुभयो“ हामीलाई विश्वास छ, पोखरा यस्तो शहर हो जहाँ प्राकृतिक, सांस्कृतिक सहित साङ्गीतिक व्याण्डहरुलाई उत्तिकै साथ… पुरा पढौ