जिवनशैली पत्रिका

उद्योगपति, समाजवेसी मुरलीधर रुङगटा पुम्दीकोटमा सम्मानित

दीननाथ बराल पोखरा २३, मंसिर पोखरा २२ (पुम्दीभुम्दी) स्थित पुम्दीकोटमा रहेको बिशाल महादेव मुर्ति परियोजनाका मुख्य दाता उद्योगीपति, समाजवेसी पर्सा विरगन्ज निवासी मुरलीधर रुङगटा सम्मानित हुनु भएको छ । पुम्दीकोट कोट विकास समितिले शनिबार बिशाल महादेव मुर्ति परिसरमा आयोजना गरेको सम्मान तथा भजन चुड्का प्रतियोगिताको अवसरमा ८६ बर्षीय रुङगटालाई बिषेश सम्मान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथी पिठाधिस अनन्त बिभूषित महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज र समितिका अध्यक्ष चन्द्रकान्त बरालले सम्मानपत्रको साथमा दोसल्ला ओढाई, खादा मालाले उहाँलाई सम्मान गर्नु भएको… पुरा पढौ

एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन

मंसिर २३,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत पुरुष एकलतर्फ एलेक्सी सिबाएभ र महिला एकलतर्फ जापानकी उता आसाकुरा च्याम्पियन भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा एलेक्सले नेपाली मुलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई ६–३, ६–२ ले पराजित गर्दै प्रथम भए । महिलातर्फ आसाकुराले भारतकी अर्जान खोराकीवालालाई ६–२, ६–३ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भइन् । यि दवै खेलाडी जे–३० को सर्किट वानमा पनि विजयी भएका थिए । जित… पुरा पढौ

प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन

पोखरा २२, मंसिर हरेक गतिविधिमा अग्रणी बनिरहेको पोखरा नदिपुर स्थित प्रतिभा माविले शुक्रबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रतियोगितात्मक प्रदर्शनीमा १ सय ७२ टोली प्रतिष्पर्धामा सहभागी भए । विद्यालयका प्रिन्सिपल किरण सापकोटा थप्छन् – ‘हामीले यस वर्ष पनि विज्ञान संकायका विद्यार्थीका लागि पहिलो दिन विज्ञान प्रदर्शनी र व्यवस्थापन संकायका विद्यार्थीका लागि आगामी शुक्रबार बिजनेश प्लान प्रस्तुतिका कार्यक्रम प्रतियोगितात्मक हिसाबमै राखेका छौँ । उत्कृष्ट हुनेहरुलाई सिड मनी ५ लाखसहित आकर्षक पुरस्कारको पनि व्यवस्था गरेका छौँ ।’ प्रतिभाले विद्यार्थीमा भएको… पुरा पढौ

युवा शक्ति बाहिरीदा पहाडहरु रिक्तिदै छः अध्यक्ष ओली

पोखरा २२, मंसिर नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा शक्ति विदेशीदा पहाडका धेरै गाँउहरु रिक्तिदै गएको बताउनु भएको छ । एमाले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्र्तगत पोखरामा आएको उक्त अभियानको क्रममा शुक्रबार पोखराको तालचोकमा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनु भएको हो । देशमा अहिले गरिबी, महङगी तथा वेतीथी बढेकोले नेपालमा धेरै जनतामा नैरस्यता छाएको अध्यक्ष ओलीले बताउनु भयो । एमाले पार्टी नेतृत्वमा विकासको गति लिएको दाबी गर्दै उहाँले अहिलेको… पुरा पढौ

खल्तीको सेवा खल्तीबाट मेलाको टिकट काट्दा ५० रुपैयाँसम्म खातामै फिर्ता

पोखरा, २२ मंसिर ‘गोजीमा दाम छैन रु गोजीमा दाम नहुने मान्छे केही पनि काम छैन ।।१’ पैसाको महत्व बुझाउन एकताका अत्यधिक रुचाइएको गीतको यो अन्तरा काफी छ । कुनै जमानामा खन्खनी गन्नुपर्ने पैसा यस्तै गोजी ९खल्ती० वा थैलीमा राखिन्थ्यो । जमाना बदलियो । लगाउने कपडामा भएको खल्तीमा मोवाइललगायतका विद्युतीय ‘डिभाइस’ हरुले राज गरिसके । दाम पैसा नोट हुँदै विद्युतीयमा बदलियो । चाहेको बेला चट्ट मोवाइल खोल्ने, त्यसैबाट अर्को व्यक्तिको खातामा रुपैयाँ पठाउन मिल्ने भएपछि गोजीमा हैन मोवाइलमा दाम भए पुग्ने… पुरा पढौ

महोत्सव सफल पार्न कस्सिए आमा समूह

लेखनाथ, २२ मंसिर लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवलाई मध्यनजर गर्दै यस क्षेत्रमा रहेका संघसंस्था तथा महिला आमा समूहको शुक्रबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए । भेलामा बोल्दै पुर्वअध्यक्ष एवं महोत्सवका निर्देशक चतुराखर अधिकारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सव भएको दावी गर्दै महिला आमा समुहहरुको सक्रियताका कारण लेखनाथ महोत्सवले उचाई हासिल गरेको वताउँदै आगामी दिनमा यस्तै साथ सहयोग पाउने विश्वास व्यक्त गरेका… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एक मत

पोखरा २२, मंसिर आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे । उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले प्रत्यक्ष असर भोगिरहेको बताए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको दाबी गरे । ‘जुनखालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको छैन, समथर भुभाग भारत बंगलादेशसम्म पुग्ने निश्चित छ’,… पुरा पढौ

अन्तरविद्यालय हाजिर जवाफ प्रतियोगिता सम्पन्न ः शुक्रराज मा.वि. प्रथम

जीवन बराल पोखरा २२ मंसिर । पोखरा महानगरपालिका वडा नम्बर २२ मा रहेको परिवर्तन युवा क्लब द्दारा आयोजित अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विद्यार्थीहरु बिच प्रतिस्पर्धाको भावना ,सकारात्मक परिवर्तनको चाहना भन्ने नारा सहित राखिएको उक्त कार्यक्रम पोखरा २२ का ८ विद्यालय सहभागी भएका थिए । उक्त कार्यक्रममा शुक्रराज मा.वि. ले ७१ अंकका साथ प्रथम स्थान हासिल गर्यो भने ६९ अंकका साथ ओख्लेडाडा भुम्दिकोट मा.वि. ले द्वितीय स्थान हासिल गर्यो त्यसैगरी ५९ अंक सहित लिला आधारभूत विद्यालयले… पुरा पढौ

२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता हुने तयारी

पोखरा, २२ मंसिर पोखराको सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा हरेक बर्ष आयोजना हुने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता यस बर्ष आगामी माघ दोस्रो साता हुने भएको छ । यसपालि हुने २३ औं संस्करणको उक्त प्रतियोगिता माघ दोश्रो साता हुने भएको क्लवले जनाएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग… पुरा पढौ

राजा महाराजालाई झै पोखरामा एमाले पार्टी अध्यक्ष ओलीलाई ठाँउ ठाँउमा घण्टौ लाइनमा बसेर स्वागत

दीननाथ बराल पोखरा २२, मंसिर राजा महाराजालाई झै पोखरामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ठाँउ ठाँउमा घण्टौं लाइनमा बसेर स्वागत गरिएको छ । एमाले नेता तथा कार्यकर्ताहरुले पार्टी अध्यक्ष ओलीलाई विहिबार देखि शुक्रबारसम्म पोखराका करिब ९ स्थानमा भव्य रुपमा पहिलाका राजा महाराजा जसरी फुलमाला, खादाले भव्य स्वागत गरेका हुन्। आज बिहान ७ः३० बजेबाट स्वागत गर्ने कार्यक्रम केही दिन अघि पत्रकार सम्मेलन नै गरी सार्वजनिक गरे पनि करिब २ घण्टा ढिलो सुरु भएको कार्यक्रमले गर्दा पोखराको अमरसिंहचोक, तालचोकमा घण्टौं लाइनमा… पुरा पढौ