जिवनशैली पत्रिका

आहा क्या राम्रो लाली गुराँस फुलेकोः

अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने घोरेपानी लगायकतो स्थानमा यति वेला लाली गुरास फुलेर राताम्मे भएको छ । पद मार्गमा निस्केका पर्यटकलाई विभिन्न रंगमा फुलेको लाली गुराँस र चराचुरुङगीको आवाजले थप रौनक दिने गरेको पर्यटकहरुले बताउनु हुन्छ । पुरा पढौ

आलु महोत्सवमा २२ लाख आलुको कारोबार

हेमजा, १ बैशाख १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयो। बागलुङ, स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम ३ सय केजीसम्म प्रति परिवारले… पुरा पढौ

प्रियंकाको जाली रुमालमा फसे आयुष्मान

भारतीय गायक दिव्य कुमार र गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत लुकाउने ठावै छैन 'जाली रुमाल' सार्वजनिक भएको छ।  गीतमा सरोज ओलीको शब्द, दिपक शर्माको संगीत र रिकेश गुरुङ्गको एरेन्ज रहेको छ।   गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।  रेनिश फागोले कलर गरेको भिडियो आर टि इन्टरटेन्मेन्ट युटुब मार्फत अपलोड गरिएको छ। पुरा पढौ

आर्मीका संजय लेखनाथ हाफ म्याराथन च्याम्पियन

पोखरा, १ वैशाख, त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् । उनले १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा निर्धारित २१ किलोमिटर दुरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए । उनले ३० हजार… पुरा पढौ

नेपाली नयाँ बर्षमा पोखरामा आतिसबाजी सहित साङगितीक कार्यक्रममा रमाए पर्यटक (फोटो\भिडियो)

दीननाथ बराल,पोखरा, १ वैशाख, नेपाली नयाँ बर्ष २०८१ लाई पोखरामा भव्य स्वागत गरिएको छ । पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्षको अवसरमा आतिसबाजी सहितको साङगिती कार्यक्रमले आगन्तुक पर्यटक तथा दर्शकले भरपूर्ण मनोरन्जन लिनु भएको छ । पोखरामा आयोजना भएको १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा पुगेका पर्यटक आतिसबाजि सहितको सांगितीक माहोलमा रमाएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराक्लिकलाई बताउनु भयो । लाख बढी दर्शक एवं पर्यटकको माझ पोखरामा नेपाली नयाँ बर्षलाई आतिसबाजी सहित… पुरा पढौ

पोखरामा बैशाख १० देखि रोजगार मेला हुने तयारी

पोखरा १, चैत, पोखरामा बैशाख १० देखि रोजगार मेला हुने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा सभागृहमा यही बैशाख १० गतेदेखि १२ गतेसम्म तीन दिन चल्ने दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको हो । बेरोजगारलाई रोजगारसँग जोड्ने र कामदार आवश्यक पर्ने व्यवसायीक र्फमहरुले प्रत्यक्ष भेटघाट गर्ने गराउने मेलाको मुख्य उद्धेश्य रहेको मेलाका प्रचार प्रसार उपसमिति संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । मेलाबाट बेरोजगारहरुलाई रोजगारको अवसर मिल्ने र रोजगारदातालाई… पुरा पढौ

राष्ट्रिय समृद्धि र सुशासनका निम्ति सबै जुटौँः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ वर्ष २०८१ साल आगमनको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । भट्टले शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको शुभकामना दिएका हुन् । ‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ। त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो’ – भट्टले भनेका छन्… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा सटर कवल बहाल र बक्यौता राजश्व असुली अध्ययन समिति गठन

पोखरा, ३० चैत्र , पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ । महानगरपालिकाको २८ औँ कार्यपालिका बैठकबाट महानगरका प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्वमा सटर कवल बहाल बक्यौता असुली अध्ययन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा वडा नं।७ का वडा अध्यक्ष राम मोहन आचार्य, वडा नं।८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा नं।९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी र वडा नं।१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगी रहनुभएको… पुरा पढौ

थाईल्याण्डको पतैयामा तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्ड ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम सम्पन्न

तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्डको ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम थाईल्याण्डको पतैयामा सम्पन्न भएको छ । समाजसेवी तथा कलाकर्मी अशामान वाईबा तामाङको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट दुई दर्जन कलाकारहरुले उपस्थिति जनाएको थियो । प्रमुख अतिथि आशमान वाईबा तामाङलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै चार विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको ग्राण्ड फाईनल भने २०८१ को ज्येष्ठ महिनामा हुने कार्यक्रमका सभापति राज किङ वाईबा (सुक ब. तामाङ ) ले बताएका छन् । करिब ३२ विधामा वितरण गर्न लागिएको यस अवार्डमा… पुरा पढौ

प्रदेशका पूर्वअर्थमन्त्री बरालद्धारा घाचोकमा सिर्जना साहित्य सदनको सभाहल उद्घाटन

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको सिर्जना साहित्य सदनको हालै निर्माण कार्य सम्पनन भएको सभाहलको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी सभाहल उद्घाटन सहित संस्थाको २६ औँ साधारणसभा तथा १३ औं अधिवेशन समेत सम्पन्न भएको हो । उक्त सभाहल सहित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री एवं नेकप (माओवादी केन्द्र) कास्कीका इन्चार्ज रामजी प्रसाद बराल(जीवन)ले आफूले सुरु गरेका विकासका कामहरुलाई पूर्णता दिनका लागि जहिले पनि हाजिर हुने वचन दिनु भयो । उक्त सभाहल प्रदेश सरकारको १० लाख बजेटबाट… पुरा पढौ