पोखरा १२, भदौं, पोखराको बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा फुलवारीको ॐकार भजन समुह प्रथम भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा हेम्जाको देविस्थान भजन समुह द्वितीय, बाटुलेचौरको बडहरवोट आमा समुह तृतीय र काठमाडौं, टोखाको मुक्तेश्वर खैजेडी लोक भजन समुह र विन्ध्यवासिनी मावि बाटुलेचौरले सान्त्वना स्थान प्राप्त गरेको छ। काठमाडौं, लम्जुङ्ग सहित देशका विभिन्न भागबाट १७ टोलिले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार, प्रमाणपत्र, तृतीयले ५०…
पुरा पढौ