पोखरा, जेठ २३, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ आयोजना गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता हुने विद्यालयले बताएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन । यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य…
पुरा पढौ