जिवनशैली पत्रिका

पोखराको शिशुवामा पहिलो पटक तायाःमचा नृत्य प्रतियोगिता र गाईजात्रा महोत्सव हुने

पोखरा, नेवारी सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव यही साउन ३१ गते पोखराको लेखनाथ, सिशुवा बजारमा भव्य रूपमा आयोजना हुने भएको छ । नेवाः खल कास्कीको आह्वानमा सिशुवा नेवाः खलले आयोजना गर्न लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । नेवारी समुदायमा परिवारका सदस्यको निधन भएको एक वर्षभित्र गाईजात्रा निकाल्ने परम्परा रहिआएको छ। गाईजात्रासँगै प्रस्तुत हुने बाजा र नृत्यलाई ‘तायाःमचा’ भनिन्छ। परम्पराअनुसार गाईजात्राका दिन घर–घरबाट तायाःमचा सहितको जुलुस निकालेर बजार… पुरा पढौ

एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु, देश र पार्टीलाई सही दिशामा अघि बढाउन विधान संशोधन प्रस्ताव उपमहासचिव गुरुङ

साउन१८ पोखर, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिनुभयो। महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताउनुभयो। उहाँले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको… पुरा पढौ

स्टेप बाइ स्टेप माविमा नवआगन्तुकका लागि स्वागत कार्यक्रम

पोखरा, मासवारस्थित स्टेप बाइ स्टेप माध्यमिक विद्यालयले कक्षा ११ मा अध्ययन सुरु गर्ने नवआगन्तुक विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भ आकर्षक स्वागत संगीतबाट गरिएको थियो। संस्थापक प्राचार्य निर्मला बरालले विद्यालयको विगतको सफल शैक्षिक यात्रा र उपलब्धिहरूको समीक्षा गर्दै नयाँ विद्यार्थीसँग अनुशासन, मेहनत र इमानदारिताका साथ भविष्यतर्फ अघि बढ्न आग्रह गरिन्। संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालय स्थापना पछाडिका उद्देश्य, शैक्षिक सुधारका लागि गरिएको लगानी र आगामी योजनाबारे… पुरा पढौ

धर्मराज बर्तौला गण्डकी प्रदेश उद्योग परिसंघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

पोखरा, गण्डकी प्रदेश स्तरीय उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। त्यसै गरी उपाध्यक्षमा दीपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा माधव बस्ताकोटी, यज्ञ रेग्मी, राजेश्वर आचार्य, फणीन्द्र शर्मा, प्रकाश भारती, अर्पणा पोखरेल, गणेशबहादुर थापा र प्रकाश आचार्य रहेका छन्। अधिवेशनले देशले भोगिरहेको आर्थिक संकट समाधान गर्न स्वदेशी उत्पादन प्रवद्र्धन र औद्योगिक विकास… पुरा पढौ

गण्डकी प्रदेशमा लगानी सम्मेलन गर्छौंः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल,पोखरा १७, साउन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा पर्यटन र कृषिलाई लक्षित गरेर लगानी सम्मेलन गर्ने बताउनु भएको छ । आज (शनिबार) पोखराको वरपिपल रिसोर्टमा आयोजित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ् गण्डकी प्रदेश समिति गठन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेशमा पर्यटन र कृषिको सम्भावना भएको हुँदा यही वर्ष लगानी सम्मेलन गर्ने बताउनुभएको हो। गाउँ घरमा हाल बनेको स्थानीय मदिरालाई यही बर्खे अधिवेशनबाट कानूनी मान्यता दिने उहाँले बताउनु भयो । यसको दुरुपयोग भए ब्याकफायर समेत हुन सक्ने भएकोले… पुरा पढौ

पोखरा–१३ को तेस्रो ‘गौंडाको मुख क्वाँटी तथा गाईजात्रा उत्सव’ मा दर्शकको अत्याधिक भिड

पोखरा, पोखरा–१३ स्थित बालगोपाल युवा समितिको आयोजनामा तेस्रो ‘गौंडाको मुख क्वाँटी तथा गाईजात्रा उत्सव’ शनिबार निकै उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ। उत्सवमा नेवारी परम्परागत खानपानदेखि सांस्कृतिक झल्को दिने विविध सानंस्कृतिक प्रस्तुतीले दिनभरि नै स्थानीयलाई भरपूर्ण मनोरन्जन दिलाइएको थियो । उत्सवमा क्वाँटीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी र स्वाद चखाउने कार्यक्रमले धेरैको ध्यान खिच्यो। साथै, धिमे बाजा, लाखे नाचलगायतका सांस्कृतिक प्रस्तुतीहरूले वातावरणलाई झनै जीवन्त बनाए। आयोजक समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक धिरजप्रसाद ढेवाजुका अनुसार विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस… पुरा पढौ

मानसिक शान्ति खोज्दै नेपाल आउँछन पर्यटक

पोखरा, १७ साउन नेपाल हिमालय र पदयात्राका लागि मात्र नभई, योग, ध्यान तथा पूर्वीय दर्शनका अभ्यासहरूबाट मानसिक शान्ति खोज्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत एक प्रमुख आध्यात्मिक गन्तव्य बन्दै गएको एक अध्ययनले देखाएको छ। पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘कचहरी’ शृंखलामा पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा। रामप्रसाद अर्यालले प्रस्तुत गरेको अनुसन्धान प्रतिवेदनले उक्त निष्कर्ष निकालेको हो। प्रतिवेदनअनुसार, सन् १९९७ मा तीर्थयात्राका लागि ४,०६८ विदेशी पर्यटक नेपाल आएकोमा सन् २०१७ मा यो संख्या ३५ गुणाले… पुरा पढौ

नेवा मिसा पुच नयाँवजारको निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

पोखरा, पोखरा महानगरपालिका वडा नं. ९ स्थित नेवाः मिसाः पुचः नयाँबजारको आयोजना र पोखरा महानगरपालिका वडा नं. ९ को आर्थिक तथा पोखरा ११ स्थित अर्किड डेन्टल एण्ड अर्थोडन्टीक सेन्टरको प्राविधिक सहयोगमा शनिबार निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको सिद्धमार्गमा अवस्थित बहुउद्देश्यीय भवन परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा १५० भन्दा वढिले स्वास्थ्य लाभ लिएका थिए । शिविरमा दाँत परिक्षण गराउन आएका दाँतका विरामीलाई डाक्टर फि निशूल्क गर्नुका साथै अन्य जाँच तथा उपचारमा १०… पुरा पढौ

इन्द्रेणीको ५६ औ साधारण सभामा सात विद्यार्थीहरुलाई सम्मान

पोखरा १७ साउन, इन्द्रेणीको ५६ औ साधारण सभामा सात विद्यार्थीहरुललाई सम्मान पोखरा १७ साउन पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको ५६ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । २० वैशाख २०३७ मा स्थापना भएको केन्द्रको साधारण सभाको केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुलीले उद्घाटन गरेका थिए । साधारण सभाले केन्द्रले गत आर्थिक वर्ष २०८१÷२०८२ मा संचालन गरेको विभिन्न काम र गतिविधिको समिक्षा सगै चालु आर्थिक वर्ष २०८२÷२०८३ मा गर्न प्रस्ताव गरिएका कार्यक्रमहरु र त्यसलाई संचालन… पुरा पढौ

हरित रोजगारी सिर्जनामा पोखराबाट सिक्नुपर्छ

दीननाथ बराल,पोखरा, १७ साउन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्टरमा पुगेर फेस्टको अवलोकन गरेकी हुन् । उनलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कोइका र यूएनडीपीका प्रतिनिधिले स्वागत गरे । फेस्टमा उनले पुराना र खेर गएका प्लास्टिक, सिसा, कपडा लगायतको पुनर्प्रयोग र पुनर्प्रशोधनबाट बनाइएका सामग्रीको अवलोकन गरिन् । फेस्टको अवलोकन गर्दै उनले फोहोर व्यवस्थापनसँगै हरित रोजगारी सिर्जना हुनु… पुरा पढौ