लेखनाथ, ६ पुस, एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । महोत्सवको रौनक बढेसँगै विभिन्न व्यवसायमा संलग्न स्टलवालाहरू उत्साहित देखिएका छन्। विशेषगरी कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, माछा तथा फलफूलको व्यापारमा उल्लेखनीय वृद्धि भएको स्टल सञ्चालकहरूले बताएका छन्। महोत्सव अवलोकनका लागि आउने दर्शक तथा उपभोक्ताहरूले स्थानीय तथा जैविक उत्पादनप्रति चासो देखाउन थालेपछि यस्ता स्टलहरूमा…
पुरा पढौ