स्याङ्जा

जरोटुप्पोले विविध कार्यक्रमका साथ १२३ औं जमजयन्ती मनाउँदै

२३ माघ, पोखरा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १२३ औं नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाउने भएको छ । संस्थाले नेपाली साहित्य र विशेष गरी नाट्य साहित्यका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका समको योगदानको चर्चा स्थापनाकालदेखि विविध कार्यक्रमका साथ गर्दै आएको संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले जानकारी दिए । २०८१ सालको सम जयन्तीमा बालकृष्ण सम विमर्श, स्रष्टा सम्मान तथा रचनावाचनसहित कार्यक्रम गर्न लागेको प्रवक्ता ताराबहादुर गुरुङ बताउँछन् । यसैबीच आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी, नाति-बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना… पुरा पढौ

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको साधारण सभामा तनाव न्यूनीकरण प्रशिक्षण

ठूलाडिही–पोखरा सम्पर्क मञ्चले तनाव न्यूनीकरण प्रशिक्षण सञ्चालन गरेको छ । संस्थाले दोस्रो वार्षिक साधारण सभाको अवसर पारेर तनाव न्यूनीकरणमा साहित्य, संगीत, सन्तुलित भोजन एवं योगको महत्वबारे प्रशिक्षण सञ्चालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मञ्चका ज्येष्ठ सदस्य नरबहादुर रेग्मीले वर्तमानमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए । कार्यक्रममा साहित्य एवं संगीतका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह “बाबा” ले सहजीकरण गरेका थिए ।उनले पछिल्लो समय हरेक व्यक्ति विविध तनावमा रुमलिएको अवस्थामा साहित्य र संगीत… पुरा पढौ

मुक्तिनाथ विकास बैंकको रंक्तदान कार्यक्रमबाट १ सय ५२ यूनिट रंक्त संकलन,कृषि पत्रकारिता पुरस्कार वितरण

पोखरा १९, पुष, मुक्तिनाथ विकास बैंकको १९ बर्षमा प्रबेश गरेको अवसरमा शुक्रबार पोखरामा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट १ सय ५२ यूनिट रंक्त ंसंकलन भएको छ । शुक्रबार बैंकका कर्मचारी, शेयर धनि सहित अन्य शुभेच्छुकहरुको सहभागितामा उक्त यूनिट संकलन भएको वैकका सम्पति व्यवस्थापक तथा विशेष परियोजना प्रमुख वावुराम ढकालले बताउनु भयो । बैंकले आफ्नो सामाजिक उत्तरदाहित्व बोध गर्दै हरेक बर्ष विभिन्न सामाजिक कार्य गर्दै आएको उहाँले जनाउनु भयो । क्षेत्रीय प्रमुख ऋषिराम ढकाल, रक्त संचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली… पुरा पढौ

स्याङजाको कोल्मामा सम्पन्न पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व

पोखरा ९, पुष, स्याङजाको कोल्मामा आयोजित क्रस कन्ट्री दौड प्रतियोगितामा आर्मीले बर्चस्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको क्रस कन्ट्री दौडको उपाधि नेपाली सेनाका धावक करण रावलले जितेका हुन । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरेको राष्ट्रिय स्तरको क्रसकन्ट्रीमा रावलले २५ किलो मिटर दुरी १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद ५० हजार, ट्रफी र मेडल हात पारे । क्रसकन्ट्रीमा नेपाली सेनाकै टंक बहादुर कार्कीले… पुरा पढौ

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व

दीननाथ बराल,पोखरा २९, मंसिर, नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व रहेको छ । शुक्रबार सम्पन्न भएको महासंघको अधिवेशनले गण्डकी प्रदेशका अधिकांश जिल्लामा प्रेस युनियन र प्रेस चौतारी प्यानलको वर्चश्व रहेको छ । यसैबिच, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन। प्रेस यूनियन र प्रेस चौतारी प्यानलबाट निर्वाचित पौडेलले २ सय २३ मत अन्तरले समाजबादी प्रेस संगठन र प्रेस सेन्टरका साझा उम्मेदवार गोविन्द सुवेदीलाई पछि पार्दै विजयी भएका हुन् । शुक्रबार भएको निर्वाचनको… पुरा पढौ

पोखरामा जारी अन्नपूर्ण अध्यक्ष कप बास्केटवल प्रतियोगितामा लिगचरणका खेलहरु सम्पन्न

पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणको खेल सकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आज लिगचरणको खेल सकिएसँगै क्वाटरफाइनरको समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । आज भएको पहिलो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)ले लमजुङको बेशीशहर नगरपालिकालाई ४१–२८ ले पराजित गदैं क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ५८–४६ ले पराजित ग¥यो ।… पुरा पढौ

स्याङजाको कोल्मा बहाकोटमा पुष ८ गते, पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा १०, मंसिर, स्याङजाको कोल्मा बहाकोटमा आउँदो पुष ८ गते पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता २०८१ हुने ंभएको छ । स्याङजाको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा उक्त प्रतियोगिता हुने तयारी गरिएको सोमबार पोखरामा आयोजित प त्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । खुल्ला दौड २५ किलोमिटर सहित ४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने भएको मञ्चका अध्यक्ष सु.मे.दुधप्रसाद गुरूङले बताउनु भयो । क्रस कन्ट्रि अन्तर्गत २५ किमि खुल्ला सहित महिला तर्फ १० किलोमिटर, २१ बर्ष मुनिका खेलाडीहरुलाई… पुरा पढौ

पोखराको टेम्पल ट्रि रिसोर्ट फेरी उत्कृष्ट करदाताबाट सम्मानित

दीननाथ बराल, पोखरा ७, मंसिर, पोखराको टेम्पल ट्रि रिसोर्ट फेरी उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । आज भन्दा करिब ४ बर्ष अघि कास्कीबाट उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको उक्त रिसोर्ट यस यस बर्ष पुनः सम्मानित भएको हो । त्यसै गरी स्याङजाको खिलुङ कालिका कन्स्ट्रक्सन उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदाता मध्य कास्कीको उक्त रिसोर्ट र स्याङजाको खिलुङ कालिकालाई आज कार्यालयमा आयोजित एक समारोहका बिच सम्मान गरेको हो… पुरा पढौ

कास्कीको माछापुच्छ«े गाउँपालिकामा मृत अबस्थामा चितुवा भेटियो

कास्कीको माछापुच्छ«े–३ घाचोकस्थित खरीबोटमा मृत अबस्थामा चितुवा भेटिएको छ । पोथी प्रजातिको अन्दाजी चारदेखी पाँच वर्षको उत्तः चितुवा मृत अबस्थामा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिनुभयो । चितुवाको घाँटीमा चोट लागेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चितुवा पासोमा परेको देखिएको गौतमले बताउनुभयो ।“चितुवा मृत देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी घटनास्थलमा पुगेका थियौँ । चितुवा पासोमा परेर मरेको देखिन्छ ।” गौतमले भन्नुभयो । अन्नपूर्र्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका पशु चिकित्सक डा सुरेश नेपालीले घाचोक… पुरा पढौ

४१ देशका पर्यटक पोखरा सहित गण्डकी प्रदेशमा, दैनिक ७ हजार खर्च गर्ने

दीननाथ बराल,पोखरा ११, साउन, पर्यटनको राजधानि पोखरा सहित गण्डकी प्रदेशमा करिब ४१ देशका पर्यटकहरु सहज ढंगले आउने गरेका छन्। प्रदेशमा भित्रिएका पर्यटकहरु एउटा अध्ययन तथा सर्वेक्षणमा उक्त सङख्यामा पर्यटक आउने गरेको खुलेको हो । नेपालमा पर्यटकको बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशको हकमा १२ दिन हुने गरेको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको सर्वेक्षणमा उल्लेख छ । ४ सय पर्यटकहरुबाट सिएको नमुना परिक्षणको आधारमा उक्त रिपोर्ट तयार पारिएको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयल निर्देशक विना ढकाल पौडेलले… पुरा पढौ