गण्डकी सेरोफेरो

बिटी कप लामागाउँ, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन सेमिफाइनल प्रवेश

पोखरा, ८ फागुन बुद्धटोल युवा ९बिटी० क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको अन्तिम चारमा लामागाउँ गुम्बा एफसी, रामघाट एफसी, एलसी ब्रदर्श र एट टु नाइन एफसी प्रवेश गरेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज ९मंगलबार० भएको पहिलो क्वाटरफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले एलबी आरवाइसी काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै लामागाउँ गुम्बा एफसी सेमिफाइनलमा प्रवेश गर्यो ।लामागाउँको जीतमा सरोज तितुङ तामाङले २ गोल गरे । यस्तै अनुज भण्डारी र सन्तोष गुरुङले… पुरा पढौ

गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर शो सम्पन्न, सिनेमाले पायो राम्रो तारिफ

गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गरिन् । उनले गार्खा वारियर नेपालीको पहिचान भएको उल्लेख गरिन् । ७० वर्ष अगाडिको कथा सिनेमाको पर्दा मार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको उनले बताइन् । सिनेमाको कथावस्तुले मन छोएको प्रतिक्रिया उनको थियो ।गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ ९श्याम० ले गोर्खा वारियर सबै विषयमा प्रफेक्ट… पुरा पढौ

पोखरा कप विद्यालयस्तरीय क्रिकेट बुधबारदेखि

पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । बि–बग इभेन्टले आयोजना गरेको प्रतियोगिताको खेल बुधबारदेखि पोखरा रंगशालाको त्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेलमा हिमालयन बोर्डिङ स्कुल र बालमन्दिर स्कुलले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले बताए । पहिलो खेल विहान ९ बजे सुरु हुनेछ । दोस्रो खेलमा गण्डकी बोर्डिङ स्कुलसँग छोरेपाटन माविले दिउँसो १ बजे खेल्नेछ ।फागुन १६ गतेसम्म जारी रहने प्रतियोगितामा १२ विद्यालय सहभागी छन् । विद्यालयस्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता आयोजना गरेको ढुंगानाले बताए… पुरा पढौ

वडा स्तरिय अन्तर बिद्यालय छात्र÷छात्रा ५ किलोमिटर सडक दौडमा छोरेपाटनका भण्डारी र रोकालाई उपाधि

दीननाथ बराल, पोखराको छोरेपाटन माविका छात्र तथा छात्राले वडा स्तरिय अन्तर बिद्यालय स्तरिय ५ किलोमिटर सडक दौड प्रतियोगितामा उपाधि जितेका छन्। पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको पुल्चोक क्लबको आयोजनामा हालै सम्पन्न भएको उक्त प्रतियोगितामा छात्रातर्फ बाट छोरेपाटन माध्यमिक विद्यालयकी नारायणी भण्डारी तथा छात्रतर्फ छोरेपाटनकै तेन्जोन रोका मगरले उपाधि जितेका हुन् । भण्डारीले निर्धारित दुरी २६ मिनेट १२ सेकेन्डमा पूरा गर्दै प्रथम हुदा रोका मगरले १८ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरी प्रथम हुन सफल भएका हुन् । छात्रा… पुरा पढौ

रूपा–२ का वडा अध्यक्ष सुवेदीद्वारा इन्द्रायणीका विद्यार्थीलाई पोसाक वितरण

पोखरा, फागुन ७ कास्कीको रूपा गाउँपालिका–७, हंसपुरस्थित इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई सोही गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले आइतवार विद्यालय पोसाक वितरण गरेका छन् । आफू जनप्रतिनिधि चुनिएपछि प्राप्त सेवा सुविधाको रकम समाजसेवामा खर्च गर्ने क्रममा उनले पोसाक वितरण गरेका हुन् । आफू भुईँ तहबाट सङ्घर्ष गर्दै अघि बढेको स्मरण गर्दै वडा अध्यक्ष सुवेदीले कुनै पनि बालबालिकाले कुनै पनि अभावका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्नेमा आफू सचेत रहेको बताए । “आमाले अदुवा, अमिलो, पिँडालु बेचेर हुर्काउनुभयो,… पुरा पढौ

नेपाल रेडक्रस पुरानै अवस्थामा फर्कने छः अध्यक्ष सुदर्शन नेपाल

७ फागुन, पोखरा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शन नेपालले रेडक्रसलाई पुरानै अवस्थामा फर्काउने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको छैटौँ साधारण सभाको उद्याटन गदैँ नेपालले त्यसका लागि विधान अधिवेशनको तयारी भइरहेको बताए । देश संघीयतामा गइसेको अवस्थामा रेडक्रसको संरचनालाई पनि सोही अनुसार पुनरसंरचना गरिने नेपालले बताए ।‘पालिका तहलाई पनि विधान महाधिवेशनबाट समेटेर संरचना बनाउछौँ, समावेसी सहितको विधान बनाएर महिला लगायत सबैको प्रतिनिधित्व सुनिश्चित गछौँ नेपालले भने ।’ रेडक्रसले विधान संशोधनका लागि फागुन २७ र २८ गते विधान अधिवेशन… पुरा पढौ

सामुदायिक सेवा केन्द्र वगरको रक्तदान

पोखरा, ७ फागुन सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा ७४ औं प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं १ को सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा १ को सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक प्रहरी शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको… पुरा पढौ

नव आर्दशको रक्तदानमा ३० युनिट रगत संकलन

पोखरा, ७ फागुन नव आर्दश सामुदायिक विकास समाज पोखरा–१६ लामाचौरले आयोजना गरेको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । समाजले आयोजना गरेको २४ औं रक्तदानमा २९ पुरुष र १ महिलाले रक्तदान गरेका हुन । ७४ औं प्रजातन्त्र दिवसको अवसरमा एल सी ब्रर्दश युनाईटेडको विशेष सहयोग तथा यूवा रेडक्रस सर्कल गण्डकी बोडिङ स्कुल, ईन्द्रराज्य लक्ष्मी मा.विकोे सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथी समाजका आजिवन सदस्य डा किरण आचार्यले पहिलो रक्तदाता कार्य समिति सदस्य राजकुमार पौडेललाइृ व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन… पुरा पढौ

शिक्षाविद जर्ज जोन सहित नौ जनालाई नइ पुरस्कार

फागुन ७ ,गते नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जना महानुभावहरूलाई २०७९ सालको ुनइ पुरस्कारु समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् डा।भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । त्यसै गरी छ दशकअघिदेखि नेपालको पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षाको थालनी र संवर्धनका लागि आजीवन समर्पित पोखराका प्रा।जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ । छ दशकदेखि नारीहरूको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल… पुरा पढौ

टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन

पोखरा ७, फागुन टीम पोखरा मल्टिपर्पोज प्रा.लि.ले आयोजना गरेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । युवा ब्यवशायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रा.लि.को दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका संयोजक प्रालिका सदस्य दिनेश कुमार जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले युवाहरु विदेश पलायन… पुरा पढौ