कास्की

आउदो बर्षको लागि १८ खर्ब ३० अर्बको बजेट (पूर्ण पाठ सहित)

नेपाल सरकारले आउदो बर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव०) २०८१÷०८२ का लागि उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । प्रस्तुत गरिएको बजेटको पूर्ण पाठ । अर्थमन्त्री वर्षमान पुनले  आर्थिक वर्ष २०८१/८२ को प्रस्तुत बजेट वक्तव्य प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्न यस सम्मानित सदनमा उपस्थित भएको छु। सर्वप्रथम सत्रौं गणतन्त्र दिवसको… पुरा पढौ

रेवान पोखराले आयोजना गरेको स्वास्थ्य शिविरबाट माछापुच्छे« गाउँपालिका सैतीघट्टाका ५ सय जना लाभान्वित

रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले आयोजना गरेको स्वास्थ्य शिविरबाट कास्कीको माछापुच्छे« गाउँपालिका सैतीघट्टाका करिब ५ सय जना लाभान्वित भएका छन् । माछापुच्छे« गाउँपालिका ९ सैतीघट्टाको गोरीशंकर मनिलाल माविमा मंगलबार भएको स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । उक्त कार्यक्रममा औषधी पनि उपलब्ध गराइएको थियो । स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिला तथा प्रस्तुति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको… पुरा पढौ

सिक्लेसमा कर्मचारी युनियन र (नेल्टा) कास्कीको पशु स्वास्थ्य शिविर तथा निशुल्क औषधी वितरण

नेपाल निजामती कर्मचारी युनियन कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ९नेल्टा० कास्कीको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविर तथा निशुल्क औषधी वितरण मादी गाउँपालिका वडा नं १ सिक्लेस कास्कीमा सम्पन्न गरेको छ । मंगलबार गणतन्त्र दिवसको अवसर पारेर संचालन गरिएको सो कार्यक्रममा सिक्लेसमा रहेका करिब २ सय जना किसानका २ हजार पशुपन्छीलाई २ लाख बराबरको औषधी निशुल्क वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोदक्त बरालले किसानका… पुरा पढौ

वडा नागरिक आरोग्य कार्यक्रम स् ११८४ ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण

पोखरा महानगरपालिका वडा नं।२५ मा सञ्चालित वडा नागरिक आरोग्य कार्यक्रमको पहिलो चरण समापन भएको छ । ३० वैशाख २०८१ देखि जेठ १२ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमको पहिलो चरण समापन गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिनुभयो । पहिलो चरणमा १ हजार १८४ ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष तिम्सिनाले बताउनुभयो । ‘हामीले पहिलो चरणमा ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरेका छौँ, अध्यक्ष तिम्सिनाले भन्नुभयो, यस क्रममा वडामा रहेका यी वर्गहरूको वास्तविक स्वास्थ्य अवस्था बुझ्ने… पुरा पढौ

गायिका मिरा राणा र सितारवादक प्रा।डा। ध्रुबेश चन्द्र रेग्मी सम्मानित।

सङीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित लालबहादुर चन्डेश्वरी ढेवाजु स्मृती सङ्गीत पुरस्कार २०७८ बाट प्रसिद्द गायिका मिरा राणा र २०८० बाट सङीतकार प्रा। डा। धुर्बेश चन्द्र रेग्मीलाइ सम्मान गरिएको छ। जेष्ठ १२ गते शनिबार एक समारोहका बीच यस पुरस्कारबाट नेपाली साङ्गीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भए बापत मिरा राणा ज्यु र शास्त्रीय सङीतमा महत्वपूर्ण योगदान पुर्याउनु भए बापत प्रा। डा। धुर्बेश चन्द्र रेग्मीलाइ सम्मान गरिएको हो। बिन्धवासिनी धार्मिक क्षेत्र विकास समितिको सभाहलमा बिहान ८ बजे आयोजित लालबहादुर चण्डेश्वरी स्मृती सङ्गीत पुरस्कार… पुरा पढौ

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा रहेका जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार एक कार्यक्रमका बिच उक्त घोषणा गर्नुभएको हो । स्वास्थ्य सेवा विभाग अन्तरगतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार पोखरा महानगरपालिका भित्रका जन्मदेखि ११ महिनासम्ममा ५ हजार ९१३ बालबालिकाहरूलाई पेन्टा पहिलो र ९५ प्रतिशत बालबालिकाले दादुरा रुवेला दोस्रो खोप प्राप्त गरेका छन् । जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई… पुरा पढौ

कामबाटै जवाफ दिएर प्रदेशको औचित्य पुष्टि गरौं : खगराज अधिकारी

पाेखरा १५ जेठ   सर्वोच्च अदालतको परमादेशबाट पदमुक्त हुनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको बारेमा आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन आग्रह गर्नुभएको छ । सत्रौं गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले मंगलबार पोखरामा आयोजना गरेको मुल समारोहमा बोल्दै प्रदेश स्थापना पश्चात गण्डकी प्रदेशमा उर्जा, खानेपानी, सञ्चार, कृषि पर्यटन लगायतका क्षेत्रमा जनताले महशुस गर्नेगरी सकारात्मक परिवर्तन आएको दावी गर्नुभयो । प्राप्त उपलब्धिबाट पूर्ण सन्तुष्ट हुने अवस्था नभएपनि जनताबाट आएको टिप्पणीलाई ध्यान दिँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।   ‘हामी गर्न सक्छौं, आँटौ,… पुरा पढौ

पोखरा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम हुने

जेठ १५, पोखरा, पोखरा लेडी जेसिजले सप्ताहव्यापी कार्यक्रम गर्दै ‘जेसीज सप्ताह’ मनाउने भएको छ । यही जेठ १७ गतेदेखी शुरु हुने सप्ताहका लागि लेडी जेसीजले पोखरामा पत्रकार सम्मेलन गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । ‘लैङ्गिक समानता, समावेशी, स्वास्थ र समुन्नत समाज आजको आवश्यकता’ भन्ने नाराका साथ सञ्चालन हुने सप्ताहमा अभिमुखिकरण तथा सचेतना, निःशूल्क दन्त शिविर, साइबर अपराध तथा कानूनी प्रक्रिया, व्यक्तित्व विकास, सौन्दर्य सम्बन्धि उद्यशिलता तालिम, डाइट प्लान, तथा वृक्षरोपण लगायतका कार्यक्रम तय गरिएको जेसीज सप्ताह मूल संयोजक सुनिता… पुरा पढौ

जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट

पोखरा, १५ जेठ, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहका प्रमुख अतिथि उहाँले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गर्नुभयो । लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल रहेको बताउनुुभयो… पुरा पढौ

राष्ट्रिय एकताले नै गणतन्त्रको संस्थागत विकासः प्रदेश प्रमुख भट्ट

पोखरा, १५ जेठ, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आफ्नै संघर्षबाट जनताले आफैले विजय हाँसिल गरेको यो विशेष दिन भन्दै उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको १९ दिने जनआन्दोलन २०६२÷६३ एवम् विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँले यस क्रममा घाइते तथा अपाङ्गता… पुरा पढौ