कास्की

अपाङ्गताको क्षेत्र हाम्रो प्राथमिकतामा छ, यो मुद्वामा सरकार संवेदनशील छ मुख्यमन्त्री पाण्डे

पोखरा २७, भदौ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । लक्षित वर्गलाई समेट्न गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक अपाङ्गता नीति निर्माण भएर कार्यन्वयन भईरहेको छ, अपाङ्गताको क्षेत्र केन्द्रित भएर काम गर्ने गरी अपाङ्गता निर्देशन समिति छ’ बिहिवार राष्ट्रिय अपाङ्ग कोषले आयोजना गरेको ह्विलचेयर वितरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने ‘अपाङ्गता संम्बन्धी ऐनको तयारी भईरहेको छ ।’प्रदेश सरकारले निर्माण गर्ने संरचना अपाङ्गमैत्री हुनुपर्ने… पुरा पढौ

खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ पोखरामा हुने

पोखरा, २७ भदौ, पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि. आयोजनामा असोज १२ गते उक्त प्रतियोगिता हुन लागेको हो । बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । पोखरा २२ पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति… पुरा पढौ

प्रतिभाका उत्कृष्ट विद्यार्थीलाई सम्मान

पोखरा, भदौ २६, विभिन्न विश्वविद्यालयले लिएको स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेकाप्रतिभा माविका विद्यार्थीलाई बुधबार विद्यालयले सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगलेलिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा इन्जिनियरिब अध्ययन संस्थानले लिएकोप्रवेश परीक्षामा उनीहरुले पूर्ण छात्रवृत्तिमा प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । सम्मानितविद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएससी नसिर्बतर्फ प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी थिईन । त्यस्तै इन्जिनियरिबतर्फ अभिषेक न्यौपानेले आफुलाई तेश्रो नम्बरमा पार्न… पुरा पढौ

होटल संघका सदस्यलाई यतिको टिकटमा छुट

पोखरा, २६ भदौ होटल संघ पोखरा नेपाल र यति एयरलाइन्स लिमिटेड काठमाडौंबिच संघका सदस्यहरुलाई सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउने विषयमा हालै समझदारी भएको छ । नेपालका आधा दर्जन भन्दा बढी हवाई रुटका टिकटमा चार सय रुपैयाँदेखि छ सय रुपैयाँसम्म छुट प्रदान गर्ने विषयमा समझदारी गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । यति एयरलाइन्सको मोवाइल एप र वेबसाइटबाट टिकट खरिद गर्ने होटल संघ पोखराका सदस्यले यस्तो सुविधा पाउने यतिका पोखरा स्थित स्टेशन म्यानेजर रामप्रसाद लामिछानेले जानकारी दिए । संघको… पुरा पढौ

किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन

पोखरा, २६ भाद्र , निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ। किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजना सेवाका अवरोधहरू हटाउने, परिवार योजना पद्धतिलाई परिष्कृत गरी विस्तार गर्ने, परिवार योजना सम्बन्धी संलग्नतालाई दिगो र व्यवस्थित बनाउन सकारात्मक र सक्षम वातावरण तयार गर्ने यसको प्रमुख उद्देश्य रहेको छ। सेवाग्राही–केन्द्रित गुणस्तरीय परिवार योजना… पुरा पढौ

पो.उ.वा.संघ चुनाव,आफ्ना उम्मेदवारहरुलाई एक मत भएर मत हाल्ने पोखराको सर्वेश्वर व्यवसायीको प्रतिबद्धता

पोखरा, भदौ २६, पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको चुनावमा आफ्ना उम्मेदवारहरुलाई एकमत भएर मत हाल्ने प्रतिबद्धता जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २८ र २९ गते हुन गइरहेको ३५ औं महाधिवेशनमा सर्वेश्वर व्यवसायी समितिमा आबद्ध उम्मेदवारहरुको ‘परिचय कार्यक्रम तथा जिताऔं अभियान’मा अधिकांश व्यवसायी उपस्थित भएर यस्तो प्रतिबद्धता जनाएका हुन् । एक पटक नेतृत्व लिएर ईतिहास बनाइसकेको सर्वेश्वरले फेरी त्यो ईतिहास दोहो¥याउनका लागि नेतृत्व तयार गर्दै जानपनि यस पटक उम्मेदवार भएका चारै… पुरा पढौ

मिस पोखरा ‘२०२४’ को प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्ने

पोखरा २६, भदौ, ११औं संस्करणको मिस पोखरा ‘२०२४’ को प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्ने भएको छ । इभेन्ट फर यूका अध्यक्ष विशाल गुरुङ र पब्लिक फोरकेका प्रबन्ध निर्देशक मन क्षेत्रीले बुधबार असोज १७ गते हुने ग्राण्ड फिनालेको प्रत्यक्ष प्रशारण गर्ने सम्झौता गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले स्थापना भएको छोटो समयमै प्रतिष्ठित इभेन्टसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । इभेन्ट फर यूका अध्यक्ष गुरुङले टेलिभिजनसँगको सहकार्यले इभेन्टको गरिमा अझै बढ्ने विश्वास व्यक्त गरे… पुरा पढौ

गोकर्णलाई औद्योगिक क्षेत्र र विशाल बजारको साथ दिने आश्वासन

पोखरा २६, भदौ, पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् । कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना गर्दै अध्यक्षमा साथ दिने बताएका हुन् । अध्यक्ष पदका उम्मेदवार कार्कीले आफु कुनै गुट उपगुट नबनाइ स्वतन्त्र रुपमा अध्यक्षको पदमा उम्मेदवारी दिएको र उद्योग व्यवसायीको पिडा राम्रो सँग बुझेको बताउँदै सुझावसमेत लिएका थिए । उद्योगि तथा व्यवसायिहरुको सुझाव गुनासोलाई नेतृत्वमा पुगेपछि आफुले समाधान गर्ने प्रतिबद्धता… पुरा पढौ

नाबाट पत्रकार शर्मा र सुवेदी सम्मानित, अधिवेसन स्थगित

पोखरा २५, भदौं नेपाल हवाई खेलकुद संस्था (ना) बाट परशुराम शर्मा र अमृत सुवेदी सम्मानित भएका छन् । संस्थाको २१ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशनको अवसरमा उनलाई मंगलबार पोखरामा सम्मान गरिएको हो । अनलाइनखबर गण्डकी ब्युरो प्रमुख सुवेदी र नेपाल टेलिभिजनका संवाददाता परशुराम शर्मालाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, संस्थाका अध्यक्ष सुनिलकुमार भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायत लगायतले दोसल्ला, सम्मान पत्रसहित सम्मान गेरका हुन् । यसैबिच नाको अधिवेसन भने स्थगित… पुरा पढौ

सहारा क्लवले २६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने, सहारा खेलकुद पुरस्कार शर्मालाई

पोखरा, २५ भदौ, पोखराको सहारा क्लवले आफ्नो स्थापनाको २६ औं बर्ष गाँठमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । क्लवले २६ औं बार्षिकोत्सवको अवसरमा सरसफाई, रक्तदान, पुरस्कार वितरण तथा सम्मान सहितको कार्यक्रम गरी मनाउने भएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो । उक्त सिफारिस सहारा… पुरा पढौ