कास्की

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री मन्त्री बिद्या भट्टराईका १०० दिन, महत्त्वपूर्ण ४२ उपलब्धि सार्बजनिक

काठमाडौँ ,कार्तिक ८, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्य उपलब्धि बिहीवार सार्बजनिक गर्नु भएको छ। मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग १०० दिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गर्नुभएकी मन्त्री भट्टराईले आफ्नो १०० दिनका विभिन्न ४३बुदे उपलब्धि मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरेर सार्बजनिक गर्नुभएको हो । उपलब्धिमा पाठ्यक्रम परिमार्जनको पहलदेखि दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकतासम्म समेटिएका छन। अनिबार्य तथा निशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार गरिएको ,बिद्यालय तहको परीक्षा तथा मुल्यांकन प्रणाली… पुरा पढौ

प्रतिभा माविका सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड

पोखरा, कात्तिक ८, पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्टे«लियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य २०२४ को अवार्डबाट सम्मानित भएका छन् । अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियन नेशनल युनिभसिर्टिमा अंग्रेजी म्यागेजिन कलेज रिडर्सले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड प्रदान गरिएको हो । तीनदशकदेखि शैक्षिक क्षेत्रमा योगदान दिएका सापकोटालाई शैक्षिक गुणस्तर सुधार, ब्यवस्थापन, विद्यार्थीको क्षमता विकासमा अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको भन्दै सम्मान गरिएको हो । कलेज रिडर्सले आयोजना गरेको यो तेश्रो संस्करण हो । कलेज रिडर्सले यसअघि… पुरा पढौ

२४ औं आहा रारा पोखरा गोल्ड कप माघमा

पोखरा, ८ कात्तिक, २४ औं संस्करणको आहा १ रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को मिति तय भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने जनाएको हो । नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा १ रारा गोल्डकप हो । समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघलाई सिफारिस गरेकोमा सो मिति उपलब्ध भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए… पुरा पढौ

विश्वमा रहेका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरेका तेजन गुरुङलाई पोखरामा सम्मान

पोखरा ७, कार्तिक, विश्वमा रहेका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरेका पोखराका तेजन गुरुङलाई पोखरामा विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन्। पोखरामा क्रियाशील पर्यटन तथा उद्योगका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको आयोजना तथा पोखरा महानगरपालिकासँगको समन्वयमा एक कार्यक्रम गरी आरोही गुरुङलाई सम्मान गरिएको हो । उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मान पत्रले सम्मान गर्नुभएको हो । गुरुङले २९ वर्षको उमेरमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरिसकेका छन् । यसैबिच, उनलाई द्योग… पुरा पढौ

पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

पोखरा, ०७ कात्तिक, पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना के।सिले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार कम्पनीले महानगर क्षेत्रका कृषकहरूले उत्पादन गरेको स्थानीय रैथाने धान बाली जेठोबुढो खरिद समितिले तोकेको… पुरा पढौ

पोखरामा रगतको अभाव शनिबार आकस्मिक रक्तदान हुने

पोखरा, कात्तिक ७, पोखरामा रगतको अभाव भएपछि एभरेस्ट एफएमले आगामी शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ । पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म चल्ने एफएमले जनाएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा रक्तदान कार्यक्रम गर्न… पुरा पढौ

क्लब स्तरीय एक दिवसिय क्रिकेट पोखरामा जारी,ः सांग्रिलालाई हराउँदै पोखरा सेमीफाइनलमा

पोखरा ७ कात्तिक, गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को समुहको विजेता बनेको हो । ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि… पुरा पढौ

धावक अर्जुन गोदारले काठमाण्डौं देखि पोखरासम्म २ सय कि.मी.दौड पुरा गर्नुभयो (भिडियो) सहित, पोखरा रंगशालामा भव्य स्वागत

दीननाथ बराल,पोखरा ७, कार्तिक, नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार साँढे दुई दिनमा काठमाण्डौं देखि पोखरासम्मको २ सय किलोमिटर दुरी दौडेर पूरा गर्नु भएको छ । काठमाडौँको दशरथ रंगशाला देखि सोमबार देखि सुरु भएको उक्त दौड आज (बुधबार) दिउँसो करिब २ः०० बजे उहाँले उक्त दुरी पार गर्नु भएको हो । धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघ संस्थाहरुले भव्य स्वागत गर्नु भएको छ । पोखरा रंगशालामा… पुरा पढौ

सिद्धि गौचन स्मृति पुरस्कार हिमाली सांस्कृतिक परिवारलाई

जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले लोक संस्कृतिको संरक्षणमा झण्डै तीन दशकदेखि क्रियाशील हिमाली सांस्कृतिक परिवारको नाम सिफारिस गरेको हो । पौडेलको संयोजकत्वमा वरिष्ठ लोकदोहोरी गायिका तथा बहुआयामिक व्यक्तित्व हरिदेवी कोइराला, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाको तीन सदस्य समितिको सिफारिसलाई पुरस्कार कोषका संस्थापक विश्वमोहन गौचनसहितको बैठकले सर्वसम्मत अनुमोदन गरेको अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले जानकारी दिए । सिद्धि… पुरा पढौ

यू–१९ राष्ट्रिय क्रिकेटमा गण्डकीका अर्जुन कुमालको कप्तानीमा १४ सदस्यीय टोलि घोषणा

पोखरा ६, कार्तिक नेपाल क्रीकेट संघ को आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता को लागी गण्डकी स्टार खेलाडी अर्जुन कुमालको कप्तानीमा १४ सदस्यीय टोलि को घोषणा भएको छ । यहि कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यिय खेलाडीहरुको नाम घोषणा गरेको हो । उनी अ १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन् र नेपाल ए बाट समेत नेपाल को प्रतिनिधित्व गरेका छन। टोलि को छनौट का लागि गत असोज ७ गते… पुरा पढौ