मनोरन्जन

गण्डकीका मन्त्री थापाको १०० दिन सामाजिक र स्वास्थ्यमा उल्लेखिय सुधार भएको दाबी

पोखरा २३, भदौ, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा आफुले गरेका महत्वपूर्ण कामका उपलब्धीहरु सार्वजनिक गरेका हुन् । उनको सय दिन २०८१ भदौ २० गते पुगेको हो । सय दिनमा सामाजिक विकास तर्फ र ९६ दिनमा स्वास्थ्य तर्फ भएका कामको फेहरिस्त आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री थापाले सुनाए । प्राविधिक तथा व्यवसायिक… पुरा पढौ

कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजु

पोखरा २२, भदौ, कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राज कुमार गुरुङ (राजु) चयन भएका छन्। संघको शनिबार पोखरामा सम्पन्न १० औं साधारण सभा तथा पाँचौ अधिबेशनले उनी सहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । प्रथम उपाध्यक्ष रहेका गुरुङ अध्यक्षमा चयन भएसंगै सबैको सहकार्य र सहयोगमा कास्कीको टेनिस खेलको विकास र विस्तार गर्न कटिवद्ध भएको बताए । त्यसै गरीे समितिको प्रथम उपाध्यक्षमा गिताराज चालिसे (नविन), द्वितीय उपाध्यक्षमा नवीन श्रेष्ठ, सचिवमा भीष्मराज पौडेल तथा कोषाध्यक्षमा विष्णुबहादुर थापा निर्विरोध चयन… पुरा पढौ

“नारामा युवा पटक पटक, नेतृत्वमा युवा यस पटक”

पोखरा २२, भदौ, पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि अर्जुन पोखरेल प्यानलबाट सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् । क्र।सं।१४ का साथमा चुनावी मैदानमा होमिएका थापा कान्छा उम्मेदवार हुन् । चुनावका बेला अक्सर युवाको विषय नारामा मात्रै सिमित हुन्छन् । थापा भने यसपाली नारामा युवा पटकपटक नेतृत्वमा युवा यस पटक भन्दै मत मागिरहेका छन् । शनिबार पोउवासंघमा भएको उम्मेद्वार परिचय कार्यक्रममा बोल्दै सौगातले… पुरा पढौ

पोउवा संघ लाई राम्रो बनाउन टीम चाहिन्छः अर्जुन पोखरेल

पोखरा २२, भदौ, पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुनावी प्रचारप्रसार लागेका छन् । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई समेटेर प्यानल बनाएर व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन निर्वाचन समितिले शनिबार पोखरामा उम्मेदवार परिचयात्मक कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै पोखरा… पुरा पढौ

गत बर्षको उपविजेता पुलिसले यसपाली जित्यो लामाचौर कप राष्ट्रिय पुरुष भलिवलको उपाधि

दीननाथ बराल,पोखरा, २२ भदौ, गत बर्षको उपविजेता नेपाल पुलिस क्लवले यसपाली लामाचौर कप राष्ट्रिय पुरुष भलिवल प्रतियागिता २०८१ को उपाधि हात पार्न सफल भएको छ । पोखरामा शनिबार ईन्द्र राज्य लक्ष्मि माविको खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा पुलिसले शसस्त्र पहरी वलको एपिएफ क्लव माथि ३–२ को सेटमा पराजित गर्दै उपाधि सहित हात पार्न सफल भएको हो । उपािध सहित पुलिसले एक लाख ५० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको हो । प्रतिष्प्रर्धामा भएको… पुरा पढौ

प्रथम अन्तर क्लव ह्याण्डवलको उपाधी टिम मनकामनालाई

पोखरा २० भदौ, पोखराको बाटुलेचौरमा आयोजित प्रथम अन्तर क्लव ह्याण्डबल प्रतियोगिताको उपाधि टिम मनकामनाले उचालेको छ।ऐतिहासिक बाटुलेचौर तीज मेलामा आयोजना भएको प्रतियोगितामा टिम विशाललाई पराजित गर्दै टिम मनकामनाले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेतामा चित्त बुझाएको टिम विशालले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक अनिल बस्नेतले जानकारी दिए। त्यस्तै हाईजेष्ट स्कोर टिम मनकामनाका विशाल वस्नेत, वेष्ट किपर टिम मनकामनाकै निशान गुरुङ र वेष्ट प्लेयर टिम विशालका सुदिप गुरुङ घोषित भए ।… पुरा पढौ

पोउवासंघ महाधिवेशनः १६ बुँदे प्रतिबद्धता सहित अर्जुन पोखरेल प्यानल व्यवसायीको घरदैलोमा

पोखरा २०, भदौ, पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानल सहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण काकी चुनावी मैदानमा छन् । पोखरा उद्योग वाणिज्य संघको ३५ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिबद्धता पत्र सहित व्यवसायीको घरदैलोमा पुगीरहेका छन् । पोखरेल प्यानलले… पुरा पढौ

मिस मगर नेपालको ग्राण्ड फिनाले शनिबार, धिरज मगर र उपसना आउने

पोखरा, २० भदौ निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका छन् । पोखरा १७ स्थित होटल ग्राण्डमा यही शनिबार (२२ गते) हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागि हुने टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार उक्त दिन उनीहरुले रुकुमको मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् । अशोक थापामगरले निर्माण गरेको सो चलचित्रलाई असोज ३ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी छ ।… पुरा पढौ

तीजमा लामाचौर महोत्सवको रौनक, सम्झना भण्डारी र दुर्गेश थापा आउने

पोखरा, २० भदौ, तीज भन्नेबित्तिकै लामाचौर सम्झिने धेरै छन् । लामाचौरमा यसपालि पनि तीज महोत्सव रौनकले छपक्कै छोपेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि सुरु २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ को दोस्रो दिन बिहीबार दर्शकको ठूलो भीड लाग्यो । आयोजकले तीजसँग सम्बन्धित विभिन्न गतिविधि गर्ने भएकोले दर्शकको आकर्षण बढेको आयोजकको दाबी छ । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको प्रस्तुतिमा दर्शक छमछमी नाचेर साथ दिएका थिए । यस्तै, जीवन दाहाल र वसन्त विश्वकर्माले प्रस्तुति दिए । तीनदिने… पुरा पढौ

पोखरा १६ द्वारा विद्यावारिधी गरेका व्यक्ति र उत्कृष्ट दुई विद्यालयलाई सम्मान, आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन मेयर आचार्यको आग्रह

पोखरा २० भदौ, पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ । ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । वडाले प्राडा टंकनाथ शर्मा, डा गेहेन्द्रमान उदास,डा दिर्घमान गुरुङ,डा गोपाल घिमिरे,डा महेन्द्र व.वानियाँ, डा अर्जुन वानियाँ, प्राडा धुर्व व. कार्की,डा श्रीराम आचार्य,डा निशा वराल, डा सुरेश पौडेल, डा प्रज्ञा गौतम,डा उत्तम थापा,डा विदुर देवकोटा,डा गौतम गुरुङ,डा… पुरा पढौ