मनोरन्जन

गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री थापा

पोखरा २८, पुष, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको “गण्डकीका धुुनहरु” नामक कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशको सांगीतिक सम्पदाको महत्व र यसलाई संरक्षण गर्ने आवश्यकतामा जोड दिएका हुन् । मन्त्री थापाले प्रदेशका मौलिक बाजाहरूको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरणलाई प्राथमिकतामा राखिने बताए । “गण्डकी प्रदेश गीतसंगीतको उर्वर भूमि हो ।… पुरा पढौ

अधिकृत विक्रेता संघ पोखराको साधारण सभा सम्पन्न, ट्राफिक बाट पाउने दुःखको अन्त्य गर्न माग

पोखरा, २७ पुस, अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभा एक समारोहका बिच सम्पन्न भएको छ । शनिबार पोखरामा संघले साधारणसभा सम्पन्न गर्दै राज्यलाई सबैभन्दा बढि कर तिरिरहँदा ट्राफिक प्रहरीबाट पाउउने गरेको दुःखको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रमा सहभागि विभिन्न व्यवसायीहरुले राज्यले ढुवानी सेवाको लागि प्रयोग हुने सवारी करमा विशेष छुटको व्यवस्थापन गरेपनि सडकमा भने निकै दुःख दिइरहेको बताएका हुन् । नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्तले अधिकृत विक्रेताको पेशा मर्यादित पेशा रहेको सुनाउँदै गुणस्तरमा लाग्न सुझाव… पुरा पढौ

नवआदर्श सामुदायिक विकास समाजमा दिनेश

पोखरा, २८ पुस, नवआदर्श सामुदायिक विकास समाज, पोखराको अध्यक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन् । संस्थाको शनिबार २८ औं साधारणसभा तथा १५ औं अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो । कार्यसमिति प्रथम उपाध्यक्षमा अर्जुन भण्डारी, द्वितीय उपाध्यक्षमा हरिबहादुर थापा, सचिवमा शोभा बानियाँ, कोषाध्यक्ष विष्णुमाया बानियाँ, सहसचिव राजकुमार पौडेल र सहकोषाध्यक्ष निर्मल पौडेल छन् । सदस्यमा निराजन बस्नेत, प्रकाश थापा, गीता भण्डारी र लक्ष्मी छन्त्याल चयन भए । रिक्त ४ सदस्यीय कार्यसमितिको बैठकले मनोनीत गर्ने नवनिर्वाचित… पुरा पढौ

नेपाल पर्यटन यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकीको छैटौं वार्षिक साधारणसभा

पोखरा, २८ पुस नेपाल पर्यटन यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको छैटौं वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गर्नुुभयो । कार्यक्रममा सचिव गुरुङले पर्यटनको विविधिकरण भएको बताउँदै उहाँले समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुुभयो । पर्यटन यातायातको हरियो प्लेट पहिचान भएको बताउँदै उहाँले यो पहिचान कायम हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो । एनटिभिए गण्डकीका अध्यक्ष दुुर्गादत्त दहालले इम्बोष्ट… पुरा पढौ

कोन सहकारीको अध्यक्षमा माधवप्रसाद सिग्देल

पोखरा, २७ पुष अवकास पछिको जीन्दगी सपना धेरैको घुम्ने, तीर्थ यात्रा गर्ने, घुमफिर गर्ने, आराम गरेर घरमै नाति नातीनिको हेर्ने हुन्छ । तर माधव प्रसाद सिग्देल अवकास पछि पनि सहकारीमा सक्रिय देखिए । आजभन्दा २५ वर्ष अघि स्थापना भएको थियो कोन सहकारी । सिग्देल नेपाल राष्ट्र बैंकमा कार्यरत रहेकै बेला सभागृह चोकमा यस गरिमामय संस्थाले आफ्नो अस्तित्वको पहिलो किरण देख्यो । आर्थिक संस्थामा काम गरेका सुनौला अनुभवहरु लिएर यस संस्थाको उज्ज्वल भविष्यको कामना सहित सिग्देल कोनमा जन्मको साक्षी बन्ने सु–अवसर… पुरा पढौ

भ्रष्टचारलाई नियन्त्रण नगरी देशको विकास हुदैनः पूर्व गृह तथा उपप्रधानमन्त्री श्रेष्ठ

सागर सुनारपोखरा २७, पुष पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेकपा माओबादी (केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टचारलाई नियन्त्रण नगरी आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न भएको छैठौं अधिवेशनको उद्घाटन गर्दै देशको आर्थिक बिकास र समृद्धिको मुख्य बादक भ्रष्टचार भएकोले त्यसलाई नियन्त्रण नगरी विकास नहुने दाबी गर्नु भएको हो । देशमा भ्रष्टचार बिरुद्धको अभियान नचलाई नहुने बरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाई थियो । उहाँले भन्नुभयो“नेपालको… पुरा पढौ

पोखरा महोत्सवमा युनाईटेड छात्राबासका लागि सहयोग आउने क्रम शुरु

पोखरा २६, पुष, पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा युनाईटेड क्लबले पोखराको लेखनाथ स्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको सहयोगार्थ सहयोग आउन शुरु भएको छ । युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणका लागि ५१ हजार सहयोग प्राप्त भएको हो । कास्की पोखरा १६ अर्मलाकोट पुरानो घर भइ हाल पोखरा १२ अन्नपूर्ण टोल निवासी स्वर्गीय छोेरा देव गुरुङको स्मृतिमा बाबा कमल बहादुर गुरुङ आमा रनसुबा गुरुङले युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड छात्राबास निर्माण सहयोगार्थ ५१ हजार दान स्वरुप पोखरा महोत्सव… पुरा पढौ

‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्टनेत्रदान गर्ने प्रतिवद्धता

पोखरा, २६ पुस, गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभएको छ । कास्की नेत्रहीन संघको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले मुलुकमा समग्र जनसंख्याको दुई प्रतिशत बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक रहेकाले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मान र पहिचानसहित स्वतन्त्र रुपले हिँडडुल गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई… पुरा पढौ

भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

लेखनाथ, २६ पुस, पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो बनेको छ । वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने कारण आफन्त र साथीभाइको लामो अन्तरालमा भेट हुने गरेको छ । पोखरा–३२ निवासी भरत ओझाले भने कति “साथी यहाँ भेटेर अचम्म लाग्यो, १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई भेट्न पाएँ” यसरी अचम्म पर्नेमा ओझा मात्र होइन थुप्रै दर्शक थिए । पोखरा २७ का कृष्ण रानाभाटले ४८ सालमा भेटेका आफनो आत्मीय साथी… पुरा पढौ

पोखरामा माघ १५ देखि ‘अन्तरराष्ट्रिय भेट्रान्स फुटबल’४०, ५० र ६० प्लसको प्रतिस्पर्धा

पोखरा, २६ पुस, नेपालकै प्रतिष्ठित बगर भाइखलक पोखराले १४ औं सस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेल मैदानमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म तीन विधामा प्रतियोगिता सञ्चालन गर्ने तयारीमा जुटेको हो । खलकका अध्यक्ष इश्वरमान गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरु बीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ… पुरा पढौ