मनोरन्जन

१७ औं हिसान स्पोर्टस मिट पोखरामा जारी ः बास्केटबल छात्रातर्फ प्रतिभा मावि विजेता

पोखरा १२, मंसिर, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ अन्तर्गत छात्रा बास्केटलबल तर्फको उपाधि प्रतिभा मावि पहिलो स्थान हात पारेको छ । मंगलबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा बास्केटबल खेलको फाइनलमा ग्लोबल कलेजियटलाई ४१–२५ स्कोरले पराजित गर्दै पहिलो स्थान हात पारेको हो । पहिलो स्थान भए संगै प्रतिभाले ७ अंक प्राप्त गरेको छ भने दोस्रो स्थान प्राप्त गरेको ग्लोबलले ५ अङ्क जोडेकोे हिसान कास्कीका सचिब किरण… पुरा पढौ

पोखरा १३ मा एन्डुरो रेस सुरु, साहसिक खेलले पोखराको पर्यटन प्रबद्र्धन हुन्छ, मन्त्री थापा

पोखरा १२, मंसिर पोखरा १३ का अर्वाजिवय गाँउमा आज(बुधबार) देखि एन्डुरो रेस सुरु भएको छ । शुक्रबारसम्म चल्ने प्रतियोगिताको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरामा साहसिक खेलको प्रबद्र्धन गर्न सके खेल पर्यंटनको अथाह सम्भावना रहेको दाबी गरे । जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने उनले बताएका छन् । पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ को उद्घाटन गर्दै… पुरा पढौ

दक्ष जनशक्ति उत्पादनमा होटल संघ र इन्स्योर

पोखरा, १२ मंसिर होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ । होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप ९इन्स्योर० परियोजनाले उक्त कार्यक्रम आयोजना गरेका हुन् । कमाउँदै सिक्दै भन्ने मान्यता अनुरुप इन्स्योर अन्तर्गत संचालित औद्योगिक प्रशिक्षार्थी तालिम ९अप्रेन्टिसिप० संचालनको क्रममा आइपर्ने समस्यालाई कसरी निराकरण गरेर लैजान सकिन्छ भन्ने बारेमा कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा संघ… पुरा पढौ

विश्वकप क्रिकेटका केही खेल पोखरामा हुन सक्ने सम्भावनाले आईसीसीको टोली पोखरामा

दीननाथ बराल, पोखरा ११, मंसिर, विश्वकप क्रिकेटका केही खेल पोखरामा हुन सक्ने सम्भावनाले यति वेला आईसीसीको टोली पोखरामा रहेको छ । नेपालमा सन् २०२७ मा हुने महिलाहरुको यु–१९ वल्डकप क्रिकेट प्रतियागिताका केही खेलहरु पोखरामा समेत हुन सक्ने सम्भावनाको खोजि गर्न आईसीसीको एक टोली हाल पोखरामा आएको हो । नेपालले महिला यू—१९ विश्व कप क्रिकेट आयोजना गर्ने भए पछि पोखरामा पनि यसको कति सम्भावना छ भनेर आईसीसीको टोली पोखरा आएको क्यान गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । पोखरामा केही थोरै… पुरा पढौ

कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री

पोखरा, ११ मंसिर, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी प्रदेश गौरवको आयोजना कोरोला–पोखरा–त्रिवेणी मार्गसहित जिल्लाका आयोजनाको निरीक्षणमा निस्किएका छन् । मन्त्री केसी नेतृत्वको टोलीले मंगलबार तनहुँको भीमाद, घिरिङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकामा प्रदेश सरकारले लगानी गरेका योजनाको निरीक्षण गरेको छ । मन्त्री केसी नेतृत्वको टोली मंगलबार कोरोला–पोखरा–त्रिवेणी मार्गअन्तर्गत भीमादबाट घिरिङ हुँदै नवलपुरको रुचाङसम्म पुग्यो । दुई छिमेकी देश चीन र भारत जोड्ने यो सडकको दुम्कीबासदेखि त्रिवेणीसम्मको करिब २३ किलोमिटर क्षेत्रमा निकुञ्ज पर्छ ।… पुरा पढौ

मंसिर २२ गते देखि लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुने

पोखरा ११, मसिर, कास्कीको अन्नपूर्ण पदमार्गमा पर्ने लान्द्रुकमा यही मंसिर २२ गते देखि हनी हन्टिङ महोत्सव हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकका मंसिर २२ देखी २४ गते सम्म महोत्सव हुने तयारी तिव्र पारिएको लान्दुका पोखरा सम्पर्क समितिका अध्यक्ष शुक प्रसाद गुरुङले बताए । हरेक बर्ष मौरीको मह काढिँदै आए पनि पछिल्लो समय महोत्सवका रूपमा मनाउदै आएको उहाँले जनाउनु भयो । गाउँभन्दा केही तल रहेको कोटेसाङ महभीरमा अहिले २६ वटा भन्दा बढी भीरमहको गोला रहेको स्थानीयले बताए । यस… पुरा पढौ

स्याङजाको कोल्मा बहाकोटमा पुष ८ गते, पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा १०, मंसिर, स्याङजाको कोल्मा बहाकोटमा आउँदो पुष ८ गते पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता २०८१ हुने ंभएको छ । स्याङजाको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा उक्त प्रतियोगिता हुने तयारी गरिएको सोमबार पोखरामा आयोजित प त्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । खुल्ला दौड २५ किलोमिटर सहित ४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने भएको मञ्चका अध्यक्ष सु.मे.दुधप्रसाद गुरूङले बताउनु भयो । क्रस कन्ट्रि अन्तर्गत २५ किमि खुल्ला सहित महिला तर्फ १० किलोमिटर, २१ बर्ष मुनिका खेलाडीहरुलाई… पुरा पढौ

युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड आवासिय छात्रावासको सिलान्यास

पोखरा १०, मंसिर, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले एक समारोहका बीच सिलान्यास गरेका हुन । सो अवसरमा वोल्दै सांसद मन बहादुर गुरुङले… पुरा पढौ

टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरियन्ट पोखरामा बिक्रि वितरण सुरु

दीननाथ बराल, पोखरा ९, मंसिर, इलेक्ट्रीक स्कुटर टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरियन्ट पोखरामा बिक्रि वितरण सुरु भएको छ । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबको २.२ किलोवाट आवर भेरियन्ट पोखरामा आइतबार सार्वजनिक गरेसंगै उक्त स्कुटर बिक्रि वितरण गर्न सुरु भएको हो । सिटी स्क्वायर व्याइवेट, न्युरोडमा आयोजित उक्त क्षेत्रीय उद्घाटन कार्यक्रममा यस क्षेत्रका ग्राहकहरूको लागि थप किफायती तथा उत्कृष्ट प्रविधि भएको इलेक्ट्रीक सवारी साधनको विकल्पको रुपमा आएको कम्पनीको दाबी छ । नयाँ… पुरा पढौ

सृजना मा.वि.मा पुरस्कार वितरण

पोखरा ९, मंसिर, पोखरा–८, सृजनाचोक शान्तिमार्गमा रहेको सृजना माविमा यही मंसिर ६, ७ र ९ गते त्रिदिवसीय रूपमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू लगायत अनुशासन, सरसफाईमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मङ्सिर ६ र ७ गते छुट्टाछुट्टै कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको थियो । भने मङ्सिर ९ गते आइतवारका दिन २०८१ साल असोज १६, १७… पुरा पढौ