शिक्षा

मेजर सुर्य बहादुर गुरुङ द्वारा सहारा बिद्यालयमा खाजा वितरण

पोखरा १०, पुष, पोखराको बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा व्रिटिस गोर्खाका मेजर सुर्य बहादुर गुरुङले विद्यालयमा अध्ययनरत २४० जना विद्यार्थीहरुलाई खाजा वितरण गरेका छन् । समाजसेवी मेजर गुरुङले उक्त कार्यक्रममा बोल्दै बालबालिकाहरुले एक वर्षमा हुने ३६५ दिनलाई विशेष रुपमा लिएर हरेक दिन नयाँ नयाँ ज्ञानगुनका कुरा सिकेमा सफल भविष्य निर्माणमा सहयोग पुग्ने धारणा राखे । पोखरा मनपा वडा नं ९ का कार्यबहाक अध्यक्ष नन्दराम गिरीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा गिरिले बोल्दै दाता प्रति धन्यवाद व्यक्त गर्दै विद्यालयमा स्थनीय… पुरा पढौ

पोखरामा ह्योल्मो भाषाको प्रशिक्षण सुरु

पोखरा ९, पुष नेपाल ह्योल्मो समाज सेवा समिति, पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा शुभारम्भ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन भएको प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका व्यक्तिहरूको सहभागी रहेको छ । भाषा प्रशिक्षण कक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले नेपाल बहुभाषिक, बहु जातीय मुलुक भएको उल्लेख गर्दै मुलुकको विविधतालाई बचाउन विभिन्न समुदायमा सदियौँ देखि प्रचलनमा रहिआएका भेसभुसा, कला, संस्कृति तथा भाषा… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन

लेखनाथ÷पौष ०६ त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन मोहन भट्टराई चयन भएका छन् ।समितिको शुक्रबार सम्पन्न साधारण सभा समितिको उपाध्यक्षमा सुजन ओझा, सचिवमा कविता भट्टराई, सहसचिवमा विपना गान्धारी र कोषाध्यक्षमा अनिषा तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा दुर्गा बानिया, समिक्षा ण्काल, स्वछन्द आत्रेय, प्रताप बि.क, लक्ष्मी सुनार, रक्ष्मी अधिकारी, सागर तिवारी, विपना पौडेल र भावुक पौडेल चयन भएका छन् । त्यसैगरी समिक्षा थापा, मञ्जुखत्री र हेमा गौतम रहेको सांस्कृतिक उपसमिति, नम्रता सुवेदी, शोभा पौडेल… पुरा पढौ

शैक्षिक कल्याणकारी कोष प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान

पोखरा, पुस ६, माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको १३ औँ साधारणसभा शुक्रवार पोखरामा सम्पन्न भएको छ । कोषका अध्यक्ष शम्भुराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा शीतलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी, विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र माछापुच्छ्रे मावि, भुर्जुङखोलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर गुरुङलाई सम्मान गरिएको थियो । विद्यालयको विकासका लागि विशेष योगदान पु¥याएको भन्दै उनीहरूलाई सम्मान गरिएको सचिव मनिराम कडेलले जानकारी दिए । त्यसै गरी २०८० को एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पनि जनही ३ हजार रुपियाँसहित… पुरा पढौ

पोखरामा विहिबार देखि फेवा संवाद हुने, १० देशका विज्ञहरु सहभागि, उद्घाटन पूर्व राष्ट्रपति भण्डारीले गर्ने

दीननाथ बराल, पोखरा ३, पुष, त्रिभुवन विश्व विद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा भोलि देखि फेवा संवाद (डाईलक) सुरु हुने भएको छ । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा भोलि (विहिबार) देखि उक्त कार्यक्रम हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । फेवा संवाद मार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी ’समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय… पुरा पढौ

खेलकुद शिक्षासँगै विद्यार्थीको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिका प्रशंसनिय ः मन्त्री थापा

पोखरा ३, पुष, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन् । गण्डकी विश्वविद्यालयद्वारा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ्ग शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै उनले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विश्वविद्यालयले खेलकुदको शिक्षा संगै विद्यार्थीहरुको बहुआयामिक विकासमा समेत उत्तिकै भूमिका खेलेको बताउँदै मन्त्री थापाले भने–“प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना हुनु पर्छ भनेर नै… पुरा पढौ

शहिद स्मृति माविले जित्यो दोस्रो कुलपति रनिङ शिल्ड फुटबलको उपाधि

पोखरा ३, पुष, गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि शहिद स्मृति माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहिद स्मृति कुलपति रनिङशिल्डको उपाधि जितेको हो । निर्धारित समयमा २–२ मा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा ४–२ ले पराजित गर्दै शहिद स्मृतिले कुलपति रनिङशिल्डको उपाधि जितेको हो । स्टेप बाई स्टेपले सुरुआति ४ पेनाल्टीमा २ गोल मात्र गर्न सक्यो । शहिद स्मृतिले ४ वटै गोल गर्दै… पुरा पढौ

लायन्स क्लब अफ पोखरा लेकसाइड र फोन नेपाल द्धारा चितवन सैपामका चेपाङ समुदायका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण (भिडियो सहित)

दीननाथ बराल,चितवन, १, पुष, चितवन कालिका नगरपालिका ११ सैपाम मा रहेको शुभ शान्ति राष्ट्रिय आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइड र फेण्ड अफ नेचर (फोन नेपाल) को संयुक्त आयोजनामा क्लवले आइतबार एक समारोहका बिच बिद्यालयमै पुगेर एक सय भन्दा बढी छात्र÷छात्रालाई न्यानो (पोलर ज्याकेट) वितरण गरेको क्लवका अध्यक्ष धर्मराज थापाले जानकारी गराउनु भयो । चेपाङ समुदायका बिद्यार्थीहरुलाई यस बर्षको जाडोबाट केही हदसम्म भए पनि बचाउन क्लव र फोन नेपालले न्यानो कपडा वितरण… पुरा पढौ

लेकसिटी कलेज पोखरामा कार्निभल

पोखरा, २९ मंसिर, लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले शनिबार कार्निभल आयोजना गरेको छ । पोखरा ४ गैहपाटनमा रहेको कलेज परिसरमा तेस्रो लेकसिटी कार्निभल कार्यक्रममा आयोजना गरिएको हो । खुला सडकमा नाँच्ने, खाने, गाउने र रमाइलो गर्ने गरी आयोजना गरिने कार्निभल कार्यक्रम लेकसिटीले पछिल्ला वर्षहरुमा नियमित रुपमा गर्दै आएको छ । कलेज संचालक समितिका अध्यक्ष प्रा डा विश्वकल्याण पराजुलीले सो कार्निभल कार्यक्रमको शुभारम्भ गरेका थिए । कलेज परिसरको खेल मैदानमा सांस्कृतिक कार्यक्रमका लागि मूख्य मञ्च सहित विभिन्न ११ वटा स्टलहरु… पुरा पढौ

पश्चिमाञ्चल माविमा प्रतिभा प्रस्फुटन कार्यक्रम

पोखरा, मंसिर २८, पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार विभिन्न कार्यक्रम गरेको छ । उक्त अवसरमा रक्तदान र प्रतिभा प्रस्फुटन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । शुक्रबार भएको रक्तदानमा ४१ यूनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि रेडक्रस कास्कीका अध्यक्ष दण्डराज शर्मा पौडेलले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका थिए । त्यसैगरि विद्यालयले उक्त अवसरमा प्रतिभा प्रस्फुटन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो ।… पुरा पढौ