शिक्षा

प्रतिभा माविमा ‘फूड फेस्टिबल’

पोखरा, पुस १२, विद्यार्थीमा खाना पकाउने र पस्किने सीप विकास गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए । खाना, संगीत र खेललाई एकैठाउँमा प्रस्तुत गर्नेगरि आयोजित उक्त फेस्टिबलको नेपाल पर्यटन बोर्ड गण्डकीका बरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछानेले उद्घाटन गरेका थिए । प्रतिभा माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले आयोजना गरेको उक्त फेस्टिबलमा विद्यार्थीले विभिन्न स्वादका… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसमा उद्योगपति केसीको सालिक स्थापना, केसी परिवारद्वारा ३ करोड बढी लगानीमा कीर्ति पुस्तकालय भवन निर्माण

पोखरा, कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, समाजसेवी, शिक्षा सेवी सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ। पोखरा महानगर पालिका वडा नं. १४ काजी पोखरी स्थित कालिका बहुमुखी क्याम्पसको हाता भित्र केसीको अर्ध कदको सालिक अनावरण गरिएको हो । क्याम्पसको ३४ औँ वार्षिकोत्सव, भवन उद्घाटन सालिक अनावरण एवम् पुरस्कार वितरण कार्यक्रममा केसीको सालिक अनावरण गरिएको हो । क्याम्पस हात भित्र निर्माण गरिएको अर्ध कदको सालिकको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका… पुरा पढौ

कुमुदिनीमा “चाईनिज कल्चर एक्सपेरियन्स डे” सम्पन्न

पोखरा, ११ पुस, पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज “चाईनिज कल्चर एक्सपेरियन्स डे ” सम्पन्न भएको छ । कुमुदिनी होम्स सहित पोखराका ८ वटा विद्यालयमा चाईनिज भाषा सिकाउँदै आएका ८ जना चाईनिज भोलेन्टियर शिक्षकहरुले चिनियाँ संस्कृति, भाषाको आरम्भका अक्षर लेखनका तरिका, कागज काटेर विभिन्न आकार प्रकारका वस्तु बनाउने, चपस्टिक खेल लगायतका विषयहरुमा सहभागीलाई प्रयोगात्मक प्रदर्शन गराए । कार्यक्रममा सहभागी चाईनिज भाषा पढाउने पोखरा कुमुदिनीसहित ८ विद्यालयका प्रिन्सिपल, विद्यार्थी, काठमाडौंबाट आएका सेन्टर फर ल्याङग्वेज एजुकेशन… पुरा पढौ

पोखरा कलेज अफ म्यानेज्मेण्टको ‘स्मार्ट एग्रोप्नरशिप एजुकेशन एण्ड टे«निङ्ग’ सम्पन्न

पुष ९,पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्नरशिप एजुकेशन एण्ड टे«निङ्ग’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पाँच दिन सम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा तालिमसंगै सैद्धान्तिक पक्षबारे चर्चा भएको थियो । तालिमको छैठौं दिन सोमबार कार्यक्रममा सहभागि ३० विद्यार्थीहरुले आ–आफ्नों कृषि व्यवसायिक योजना प्रस्तुत गरे । तालिममा बिबिए, बिसीआइएसमा सातौं र आठौं सेमेष्टर पढ्दै गरेका तथा पछिल्लो पाँच वर्षका पास आउट विद्यार्थीले सहभागिता जनाएका हुन् । ति… पुरा पढौ

भद्रकाली माविलाई सत्य युवा क्लव बि १३ को सहयोग

पोखरा, ७ पुस, पोखरा महानगरपालिका–१३ स्थित भद्रकाली माध्यमिक विद्यालयलाई सत्य युवा क्लव बि १३ले आइतवार भौतिक तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत समितिले आइतबार विद्यालयलाई एक लाख ५३ हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेको हो । विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच समितिले ५ सिटे सोफा सेट १ थान, प्लास्टिकका कुर्सी ७० थान, मेटलका कुर्सी १० थान तथा अफिस टेबल र कुर्सी १÷१ थान प्रदान गरेको छ । उक्त सामग्रीहरू समितिका अध्यक्ष हितमान गुरुङ, उपाध्यक्ष… पुरा पढौ

पोखरा महानगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपमा विजेतालाई नगद पुरस्कार (भिडियो सहित) ४ सय ४ पदकका लागि ३ हजार ३ सय बिद्यार्थी प्रतिष्प्रर्धा गर्ने

पोखरा ७ पौष, पोखरामा यही पुष ९ गते देखि संचालन हुने पोखरा महानगर स्तरिय १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपमा विजेता हुने खेलाडी तथा टिमलार्ई नगद पुरस्कार प्रदान गरिने भएको छ । यही पुष ११ गतेसम्म पोखरा रंगशालमाा संचालन हुने प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद पुरस्कारको व्यबस्था गरिएको आयोजक पोखरा महानगर खेलकुद विकास समितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएको हो । यस अघि राष्ट्रपति रनिङ शिल्डमा मेडल तथा प्रमाण पत्र मात्र प्रदान गरिदै… पुरा पढौ

लायन्स क्लब अफ पोखरा सेतिगंगाको सहारामा जाडोमा न्यानो साथ कार्यक्रम

पोखरा, लायन्स क्लब अफ पोखरा सेतिगंगाले पोखरा ९ वसपार्कको सहारा बाल आधारभूत विद्यालयका ३४ जना विद्यार्थीहरुलाई जाडोमा न्यानो साथ कार्यक्रम अन्तरगत जुत्ता र मोजा प्रदान गरेको छ । एक कार्यक्रमका विच क्लबका एक पदाधिकारी की छोरी सरिष्मा शेरचनको जन्मदिनको पावन अवसरमा विद्यार्थीहरुलाई प्रदान गर्दा निकै खुशी भएको क्लबका अध्यक्ष सरस्वती गरुङले बताईन् । देशकै सुगम स्थान पोखरामा पनि अति कठिन परिवारका वालबालिकाहरु अध्ययन गर्ने गरेको र विद्यार्थीको अवस्था देख्दा भावुक भएको क्लबका उपाध्यक्ष सृजना हिराचनले बताइन् । साथै आगमी दिनमा… पुरा पढौ

कुमुदिनी होम्स माध्यमिक विद्यालयको ३९ औँ स्थापना दिवसमा सम्मान, पुरस्कार र सहयोग हस्तान्तरण

पोखरा ५, पुस, पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले १२ कक्षा सम्मका उत्कृष्ट १० मा परेका विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । शनिबार बिद्यालयको ३९ औं वार्षिकोत्सवमा विविध प्रतियोगिताका साथमा विभिन्न कार्यक्रम सहित १२ कक्षा सम्मका उत्कृष्ट १० मा परेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । विजयीलाई पुरस्कृत, दीर्घ सेवा गरेका शिक्षक, उत्कृष्ट कर्मचारी र गत वर्षको एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख १ हजार पुरस्कार अर्पण, विद्यालयलाई सहयोग लगायत विभिन्न जातजातिका कलासंस्कृति झल्किने सांस्कृतिक कार्यक्रम गरेर ३९… पुरा पढौ

कुमुदिनी होम्सको वार्षिकोत्सबको अवसरमा मानवसेवा आश्रमलाई सहयोग

४,पुष, पोखरा पोखरा महानगरपालिका वडा नं। ४ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिकोत्सबको पूर्व सन्ध्यामा पोखरा महानगरपालिका हेम्जामा अवस्थित मानवसेवा आश्रमलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरेको छ। उक्त सहयोग कार्यक्रममा विद्यालय संस्थापकहरू मिना पालिखे र रश्मि राजभण्डारी तथा शिक्षकहरू मन बहादुर भुजेल,सजनी माजु श्रेष्ठ र विद्यार्थीहरूले आश्रमका वयोवृद्ध मान बहादुर बुढा मगरलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै हरेक वर्ष विभिन्न शैक्षिक संस्था र आश्रमहरूलाई आर्थिक तथा भौतिक सामाग्री… पुरा पढौ

पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २ पुस, पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जना श्रष्टालाई पोखरेली नवरत्न सम्मानबाट सम्मान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याउनु भएको ९ जनालाई पोखरेली नवरत्न सम्मान सहित नगद २ लाख २ हजार २०२ रुपैया प्रदान गर्दै सम्मान अपर्ण गरेको हो । https://www.youtube.com/watch?v=JN4AvFmr3S8 धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह… पुरा पढौ