अर्थतन्त्र

मादीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासलाई जोड दिदै यही असार २ गतेदेखि ४ गतेसम्म तीन दिने आवाशीय तालिम दिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुुभयो । उहाँका अनुसार तालिममा मादी गाउँपालिका अन्तर्गतका पर्यटकीय गाउँहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, ठूलास्वाँरा, थामल्हाम्जा, लम्तरी डाँडा, बयरघारी लगायतका स्थानका स्थानीय सहभागी थिए… पुरा पढौ

गोकुलधामलाई माछापुच्छ्रेको नगद दश लाख सहयोग

पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिवुडुवा ९वात्सायन क्षेत्र. मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम ९गौशाला० लाई माछापुच्छ्रे बैकंले नगद रु।१० लाख सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग प्रदान गरिएको निर्देशक रोशन के।सीले बताउनुभयो । उहाँका अनुसार सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासङ्घको पवित्र कार्यमा बैङ्कका तर्फबाट सहयोग गरिएको हो । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने के।सीको विश्वास छ । गौशालालाई उक्त सहयोग उपलब्ध गराएर… पुरा पढौ

दोस्रो स्थापना दिवस मनाउदै रास्वपा

पोखरा,३ असार राष्ट्रिय स्वतन्त्र पार्टीले आफनो दोस्रो स्थापना दिवसका अवसरमा साताब्यापी कार्यक्रम गरेर मनाउने भएको छ ।असार १ गते देखी ७ गतेसम्म विविध कार्यक्रमका साथ वार्षिकोत्सवका रुपमा स्थापना दिवस मनाउन लागिएको गण्डकी प्रदेश प्रवक्ता विकास भुर्तेलले जानकारी दिएका छन् । स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश भित्र रहेका जिल्लाहरूमा हालसालै निमार्ण सम्पन्न भएका तथा निर्माणधिन भौतिक पूर्वाधारका योजनाको अनुगमन, रक्तदान, बृक्षारोपण, सरसफाई, शुभकामना आदानप्रदान, चियापान तथा अन्य विविध कार्यक्रम आयोजना गर्ने लागिएको वताईएको हो । यसै अवसरमा कास्की जिल्लाले असार १… पुरा पढौ

ओलम्पिक दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम हुने

दीननाथ बराल,पोखरा ३, जेठ, ओलम्पिक दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम हुने भएको छ । ओलम्पिक दिवसको अवसरमा पोखरामा विभिन्न संघ संस्थाहरुले विभिन्न खेल सहितका गतिविधि आयोजना गर्दै ओलम्पिक दिवस मनाउने भएको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले बताउनु भयो । यसै सन्दर्भमा पोखरा नदीपुरको माउण्ट अन्नपूर्ण माबिमा चौथो संस्करणको एसईई छात्रछात्रा लक्षित बास्केटवल सहितका विभिन्न प्रतियोगिता आयोजना हुने भएको उहाँले जनाउनु भयो । शिक्षासंगै खेलकुदको बिकास गराउने उद्वेश्यले ओेलम्पिक दिवसको अवसरमा बास्केटवल प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता… पुरा पढौ

पोखरा २६ को योजना महिलाले छनौट गर्ने

लेखनाथ÷असार ०३, पोखरा महानगरपालिका वडा नं. २६ ले आगामी आर्थिक बर्ष २०८१÷०८२ का योजना छनौट गर्ने जिम्मा महिलाहरुलाई दिएको छ । वडा भित्र रहेका विभिन्न आमा तथा महिला समूहलाई आगामी आर्थिक बर्षको योजना छनौट गर्ने जिम्मा दिईएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । मातृशक्तिमा समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता हुने भएकाले योजना छनौटको जिम्मा दिइएको अध्यक्ष थापाले बताए । वडा भित्रका महिला तथा आमासमूहलाई एक करोडको बजेट सिलिङ भित्र सवैलाई समेट्ने गरी योजना ल्याउन अध्यक्ष थापाले आग्रह… पुरा पढौ

कास्कीका सीडिओ र एसपीको स्वागत र सम्मान

पोखरा, ३ असार होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्दै विविध विकृति नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रहरी प्रमुख थापालाई सम्मान गरिएको हो । प्रहरी प्रमुखका रुपमा थापाले पोखरा भित्रिंदै गरेका पर्यटकलाई गैरकानूनी रुपमा स्कर्टिङ गरी उनीहरुलाई दुःख र हैरानी दिने गिरोहलाई निस्तेज पारेको संघका अध्यक्ष… पुरा पढौ

दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

पोखरा, २ असार, पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउादै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्न सफल भयो । उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त… पुरा पढौ

हेमजा भेट्रान्स कपको दोस्रो दिन ३ खेल सम्पन्न

असार २ हेमजा । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । जस्मा वडा न. ६ ले वडा न. १५ लाई २–० र वडा न.१० ले वडा नं २० लाई ३–१ र वडा नं २५ ले वडा नं २९ लाई ५–२ को गोल अन्तरले अग्रता निकालदै वडा न ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश गरेको छ । भोलि पहिलो… पुरा पढौ

विद्यार्थीका लागि विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

शुक्लागण्डकी), असार चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले शुक्लागण्डकी नगरपालिका वडा नं १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो । कार्यक्रममा क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गर्नुभएको थियो । क्लबका अध्यक्ष सुमबहादुर रानाको अध्यक्षता एवम् विद्यालयका… पुरा पढौ

गण्डकी प्रदेशमा २ अर्ब ९४ करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा २, असार, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले महत्वकाक्षि बजेट ल्याउदा दुर्घटना हुन सक्छ भएकोले आफुहरुले इच्छाशक्तिले बजेट ल्याएको बताउनु भएको छ । प्रदेशको बजेट ल्याएको भोलिपल्ट आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस बर्ष निकै हतारमा महत्वकाक्षि भन्दा पनि इच्छाशक्तिले बजेट ल्याएको बताउनु भएको हो । करिब डेढ बर्षको अन्तरालमा ४ पटक सरकार परिवर्तन हुँदा यस पाली आफुहरुले ५ दिनको तयारीमा बजेट ल्याउनु परेकोले जनताले अपेक्षा गरेअनुसार ल्याउन नसके पनि सन्तोसजनक बजेट… पुरा पढौ