अर्थतन्त्र

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक शत प्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह

काठमाडौं, म‌‌सिर ३, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्रालय अन्तर्गत निकायका  चालू आर्थिक बर्ष २०८१/०८२ को  पहिलो त्रैमासिक प्रगति समीक्षा भएको छ ।  छलफलमा  शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले अर्थमन्त्रालय र योजना आयोगका प्रतिनिधि,  प्रधानमन्त्री  र मन्त्रीबिच भएको कार्यसम्झौतालाई प्राथमिकतामा राखी शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी कार्यक्रम सम्पन्न गर्न सुझाब दिनुभएको छ। मन्त्री भट्टराईले प्रभाबकारिता र उपलब्धि सेवाग्राहीले प्रत्यक्ष महसुस गर्ने गरेर कार्य सम्पादनमा जुट्न सम्बद्ध कर्मचारीलाई… पुरा पढौ

वौद्द धर्मगुरु रिन्पोचेद्वारा सहारा आधारभूत विद्यालयमा खाजा सहयोग

पोखरा २, मंसिर, पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा जन्गचोब चोइलिङ् गुम्बा हेम्जाका वौद्द घर्म गुरु दुपसिङ् रिन्पोचेको जन्मदिनको अवसर पारेर विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई २ दिनको लागि खाजा वितरण गरेका छन् । विद्यालयको खाजा समय पारेर सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले गुरु रिन्पोचेलाई हार्दिक धन्यवाद व्यक्त गर्दै गुरु स्वयम् उपस्थित नभएपनि विद्यालयलाई माया गरेर मिठो खाजाको कोसेली पठाउनु भएकोमा धन्यवाद व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरेकी थिइन् । विद्यालयमा अध्ययन गर्ने २६० जना विद्यार्थीहरुलाई खाजा प्रदान… पुरा पढौ

फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ

मंसिर २ ,पोखरा, फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ।फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथोे साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो। संस्थाले मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरि २ बिधामा प्रत्येक वर्ष फोटो प्रतियोगिता गर्ने गरेको छ । करिव २ सय जना फोटोग्राफरहरु सहभागी रहेको प्रतियोगितामा करिव एघार… पुरा पढौ

पोखरा चाइल्ड स्टारको उपाधि कृष्मा र आश्रयलाई

पोखरा, २ मंसिर, पोखरा चाइल्ड स्टार सिजन–३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन् । बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा शनिबार पोखरामा सो प्रतियोगिताको ग्राण्ड फिनाले भएको हो । मिस पोखरा चाइल्ड स्टार बनेकी कृष्मा सिर्जना आवासीय माविकी हुन् । यस्तै, स्टेप बाई स्टेप स्कुलका आश्रयले अरुलाई पछि पार्दै मिस्टर पोखरा चाइल्ड स्टारको उपाधि जितेका हुन् । ऋषभ राना फस्ट रनर अप भए । उनले इन्टेलेक्चुअल अवार्डसमेत जिते । मिस पोखरा चाइल्ड स्टारतर्फ फस्ट… पुरा पढौ

बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

पोखरा, २ मंसिर, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो । गल्कोट–हरिचौर–म्याग्दी १०।८९४ किलोमिटर सडक स्तरोन्नतीका लागि २०७६ साल कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेशीसँग सम्झौता भएको… पुरा पढौ

कर दिवसमा पहिलो करदातालाई पोखरामा सम्मान

पोखरा २, मंसिर, कर दिवसको अवसरमा पोखरामा जारी कर सप्ताह कार्यक्रम अन्र्तगत दोश्रो दिन आइतबार पोखरामा पहिलो सेवाग्राहीलाई सम्मान गरिएको छ । कर प्रणालीको सार, लगानीको आधारू भन्ने मुल नारा सहित आयोजित कर सप्ताह कार्यक्रम अन्र्तगत पहिलो सेवा ग्राही यम बहादुर हमाललाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ । उहाँलाई फुलमालाले सम्मान गरिएको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो । पुरा पढौ

कविता गाउँ लुम्ले समितिलाई थप आठ आना जग्गा दान

कविता गाउँ लुम्ले समितिलाई लुम्ले निवासी समाजसेवी रामजीप्रसाद देवकोटाले जग्गा दान गरेका छन् । देवकोटा अन्नपूर्ण गाउँपालिका–६ लुम्ले निवासी हरिदत्त देवकोटाका कान्छा सुपुत्र हुन् । उनले छेउघर चौतारामुनीको आठ आना जग्गा समितिलाई दान गरेका हुन् । समितिले शनिवार लब्धप्रतिष्ठित व्यक्तित्वसहितको भेलाका बीच जग्गादाता रामजीप्रसादलाई धन्यवाद ज्ञापन गर्दै उक्त जग्गामा ग्रामीण पर्यटन प्रवद्र्धन केन्द्र निर्माणको गुरुयोजना बनाएर अगाडि बढ्ने अध्यक्ष भरत देवकोटाले जानकारी गराए । जग्गादाता रामजीप्रसाद देवकोटाले कविता गाउँ लुम्लेमा पर्याप्त सम्भावना भएर पनि त्यसको सदुपयोग गर्न नसकिएको अवस्थामा सबै… पुरा पढौ

बाँझोपन समस्या समाधानको लागि पोखराको फिस्टेल हस्पिटलमा आईभिएफ सेवा सुरु

दीननाथ बराल,पोखरा २, मंसिर, बाँझोपन समस्या समाधानको लागि पोखराको फिस्टेल हस्पिटलमा आईभिएफ (बाँझोपन बिशेषज्ञ) सेवा सुरु हुने भएको छ । भोलि (सोमबार) देखि पोखराको फिस्टेल हस्पिटलमा आईभिएफ सेवा संचालन हुने भएको हस्पिटलका पूर्व अध्यक्ष असोक पालिखेले बताउनु भयो । गण्डकी प्रदेश र पोखरा क्षेत्रमा बाँझोपनको समस्या भएकोले त्यसको उपचार पोखरामै गराउने उद्धेश्यले आफुहरुले अनुभवी चिकित्सकको साथमा अत्याधुनिक मेसिन समेत व्यबस्थापन गरेको उहाँले जनाउनु भयो । स्त्री तथा प्रसुती एवं बाँझोपन बिशेषज्ञ डा.अनु हिराचनको नेतृत्वको टोलीले हाल उक्त सेवा संचालन गर्ने… पुरा पढौ

उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक : मन्त्री थापा

पोखरा २, मंसिर, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल नहुने बताए । “ परम्परागत शिक्षाले सोचेजस्तो उपलब्धी हासिल हुन सकेन । परिवर्तनको कडी नै शिक्षा हो । शिक्षाको माध्यम बाट नै समृद्धि प्राप्त हुन्छ । उत्पादन र रोजगारी सङ्ग शिक्षालाई जोड्नपर्छ । व्यवसायिक र सीपयुक्त… पुरा पढौ

पोखराको उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा

पोखरा,१ मंसिर पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा आज शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको सहकारी संस्थाका ज्येष्ठ सदस्य पोखरा महानगरपालिका–३१ निवासी ८१ वर्षीया चिजमाया गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सभामा सहकारीका अध्यक्ष राजेश रानाभाटले सदस्यहरुको हित र लगानीलाई संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले पछिल्लो समय केही सहकारी संस्थामा देखिएको अपचलनका घटनाले राम्रो गरेका र वित्तिय अनुसासन भएका सहकारीमा समेत असर पुगेको बताउनुभयो ।अध्यक्ष रानाभाटले भन्नुभयो,“सहकारीका विषयमा… पुरा पढौ