कृषि

पोखरा–२१ कृष्तीमा सुन्तला महोत्सवको रौनक (भिडियो सहित)

दीननाथ बराल, पोखरा १० , पुस, पोखरा महानगरपालिका वडा नम्बर २१ कृष्ती दोपरे हर्राबोट क्षेत्रमा विहिबार पहिलो पटक भएको ‘सुन्तला महोत्सव २०८२’ मा करिब १५ लाख मुल्य बराबरको कारोवार भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा एक दिने उक्त महोत्सवमा करिब १५ लाख मुल्य बराबरको सुन्तला सहितको कृषि उपजको आर्थिक कारोवार भएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=Cme-lIBHSuQ महोत्सवमा उल्लेखनिय दर्शकहरुको सहभागिता रहेको उहाँले जनाउनु भयो । त्यसै गरी महोत्सवको… पुरा पढौ

दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

लेखनाथ, १० पुुुुस पुसको जाडोेको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो ।मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । दर्शकको भिडलाई ब्यवस्थापन गर्न थप टिकट काउण्टरको समेत ब्यवस्थापन गरियो भने बाहिर निस्कने दर्शकहरुलाई आपतकालिन गेट खोलेर वाहिर निस्कने ब्यवस्था मिलाईएको थियो । महोत्सवको आठौ दिन क्रिसमसको दिन परेको विदालाई सदुपयोग गर्दै अभिभावकहरुले बच्चा बच्चिलाई डोयाउदै महोत्सव… पुरा पढौ

पोखरा (कृष्ति) मा आज सुन्तला महोत्सव हुदै, सुन्तला प्रतिकेजी ५० देखि १०० रुपैयाँमा बिक्री, किसानलाई महानगरबाट प्रतिकेजी १० रुपैयाँ प्रोत्साहन

दीननाथ बराल,पोखरा १०, पुस, पोखरा २१ को कृष्ती दोपरे–हर्राबोट क्षेत्र आज (विहिबार) सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ मा पहिलो पटक आयोजना हुँदै गरेको सुन्तला महोत्सव २०८२ बिहान ११ बजेदेखि सुरु हुने तयारी गरिएको छ । “नेपालको राष्ट्रिय फल—सुन्तलाः उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग” भन्ने नारासहित सुरु हुन लागेको महोत्सवले कृषकको श्रम, स्थानीय उत्पादन र बजारलाई एउटै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ । महोत्सवमा कृषकले आफ्नै बगैंचाबाट उत्पादन गरेको सुन्तला बिक्रि वितरण गर्ने… पुरा पढौ

पोखराको कृष्तिमा आउँदो बिहिबार सुन्तला महोत्सव हुने तयारी

दिननाथ बराल, पोखरा ६, मंसिर पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ती दोपरे हर्राबोट क्षेत्रमा आउदो विहिबार सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा पोखरामा यही पुष १० गते (बिहीबार) हुने सुन्तला महोत्सवको तयारी तिव्र पारिएको पोखरा २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदीले बताउनु भयो । वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएको छ । महोत्सवको उद्घाटन… पुरा पढौ

पोखरामा दुधको माग अत्याधिक(भिडियो सहित)

पोखरा, पोखरामा दुधको माग अत्याधिक रहेको शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले पोखरामा भैसीको दुधको माग अत्याधिक भएकोले यसको माग पूरा गर्न तराई क्षेत्रबाट समेत आउने गरेको दाबी गरेका हुन्।कार्यक्रमको प्यानल डिस्कसनमा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका छन् । https://www.youtube.com/watch?v=VkTyNf0qnd8 कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

लेखनाथ, ४ पुस, नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ

विहिबारदेखि पोखरा २७ मा हुने लेखनाथ महोत्सवको तयारी पूरा (भिडियो सहित), जलपरी प्रर्दशनी हुने

दीननाथ बराल, पोखरा, १ पौष, पोखरा २७ डाँडाकोनाक तालचोकमा विहिबारदेखि सुरु हुने लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । यही पुष १४ गतेसम्म संचालन हुने महोत्सवमा उधोग, व्यापार, व्यवसाय, सेवामुलक एवं सुचना मुलक सहितका ३ सय ३५ वटा स्टलहरु रहने भएको आज (मंगलबार) महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=GPE0rMnQcqM ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ विहिबार देखि सुरु हुने महोत्सवमा मुख्य आकर्षणको रुपमा जलपरी प्रदर्शनी देखि टिकटक प्रतियोगिता लगायतका मुख्य… पुरा पढौ

पोखरामा शुक्रबार मौरी तथा मह मेलामा मह किन्नेको भिड (भिडियो सहित), पोखरामा धेरै मौरी पालन गर्ने किसान पाचागाईलाई नगद १० हजार सहित सम्मान

दीननाथ बराल, पोखरा, २६ मंसिर, पोखरामा धेरै मौरी पालन गर्ने कृर्षक सम्मानबाट यस बर्ष पोखरा ३३ का गोविन्द चापागाई नगद सहित सम्मान गरिएको छ । पोखरा १६ बाटुलेचौरमा शुक्रबार आयोजना भएको मौरी तथा मह मेला–२०८२ को अवसरमा आयोजना भएको उक्त अवसरमा एग्रो फर्मका संचालक चापागाईलाई नगद सहित सम्मान गरिएको हो । https://www.youtube.com/watch?v=jXdkfP-Tn58 पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिम्सिना, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले २ सय घार मौरी पालन गर्नु भएका… पुरा पढौ

आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा ः सिंगल्सतर्फको फाइनलमा शिभाली, डबल्सतर्फ उपाधि हातमा

पोखरा, मंसिर २६, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा स्टेडियमस्थित टेनिस कम्प्लेक्समा जारी आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिभाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै गल्र्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाएकी छन् । साथै उनले शुक्रबार भएको गल्र्स डबल्स फाइनलमा ताइपेकी के–चि सुसँग जोडी बनेर उपाधि जितेकी छन् । जारी प्रतियोगिता अन्तर्गत ब्वाइज सिंग्लसमा ताइपेइका टिङ–हो याङले चिनका जियालियाङ गुओलाई ६–२ ६–२ ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा युल हो जुङ (दक्षिण कोरिया) ले गनुका फर्नान्डो (श्रीलंका)… पुरा पढौ

पोखरामा आज (शुक्रबार) मौरी तथा मह मेला हुदै

दीननाथ बराल,पोखरा, २६ मंसिर महको प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा आज (शुक्रबार) मौरी तथा मह मेला–२०८२ हुने भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरा वडा नम्बर १६ र वडास्तरीय कृषि सञ्जाल–१६ को संयुक्त आयोजनामा मौरीपालन व्यवसायलाई प्रवद्र्धन तथा स्थानीय महको प्रचार–प्रसार गर्ने उद्देश्य सहित मेला आयोजना गर्न लागिएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । पोखरा–१६ स्थित महेन्द्रगुफा परिसरमा हुने मेलामा उत्कृष्ट मौरीपालकलाई सम्मान गरिने छ भने मह काढ्ने प्रतियोगिता, कृषकस्तरको वक्तृत्व प्रतियोगिता, मौरीपालन सम्बन्धी… पुरा पढौ