निर्माणाधीन सेती नदी र फिर्के खोला पुलको सांसद पौडेलद्धारा स्थलगत अनुगमन, निर्माण प्रगतिबारे जानकारी

-


     पोखरा क्लिक     
     असाेज २९ गते २०८३ मा प्रकाशित


पोखरा,

कास्की निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेलको उपस्थितिमा पोखराका दुई निर्माणाधीन पुलको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ । पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन पुल तथा पोखरा महानगरपालिका वडा नं ४ र ५ लाई जोड्ने फिर्के खोला पुलको निर्माणस्थलमा पुगेर सांसद पौडेलले अनुगमन गर्नु भएको हो ।

अनुगमनका क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सम्बन्धित आयोजना सञ्चालन गर्ने निकायका प्रतिनिधि तथा कार्यालय प्रमुखहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य पौडेलले दुवै पुलको हालसम्मको निर्माण प्रगति, निर्माणका क्रममा देखिएका समस्या तथा आगामी निर्माण योजनाबारे सम्बन्धित निकायका अधिकारीहरूसँग जानकारी लिनुभएको थियो। स्थलगत निरीक्षणमार्फत निर्माण कार्यको वास्तविक अवस्था बुझ्नुका साथै आयोजनालाई प्रभावकारी रूपमा अगाडि बढाउने, निर्माणमा देखिएका समस्याबारे जानकारी लिने र आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।



This will close in 20 seconds