भद्रकालीको कविता प्रतियोगितामा सपना लामिछाने प्रथम

-


     पोखरा क्लिक     
     असार २७ गते २०८३ मा प्रकाशित


पोखरा, २७ असार,

भद्रकाली माध्यमिक विद्यालयमा शुक्रबार कक्षा ११ र १२ का विद्यार्थीबीच कविता प्रतियोगिता शुक्रवार सम्पन्न भयो । विद्यालयको वार्षिक क्यालेन्डरअनुसार अतिरिक्त क्रियाकलापअन्तर्गत प्रतियोगिता भएको हो । ‘देशप्रेम र राष्ट्रिय एकता’ शीर्षकमा १९ जना विद्यार्थीले आ(आफ्ना कविता प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै कक्षा ११ मानविकी मा अध्यनरत सपना लामिछानेले प्रथम स्थान हासिल गरिन् । यस्तै विपाशा खातीले द्वितीय र सम्झना गुरुङले तृतीय स्थान प्राप्त गरे । जेनिसा गुरुङले सान्त्वना पुरस्कार जित्न सफल भइन् । विजयी विद्यार्थीले आकर्षक पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनीले गरे । कविताको भाव र शैलीका आधारमा मूल्यांकन गर्न निर्णायकको भूमिकामा नेपाली शिक्षकद्वय गंगादेवी आचार्य र लक्ष्मी शर्मा गरेका थिए । विद्यार्थीको सिर्जनशील क्षमता विकास गर्न क्यालेन्डरअनुसार नै प्रतियोगिता आयोजना गरिएको शिक्षक उमेश आचार्यले बताए

प्रतियोगितामा सहभागी विद्यार्थीले कवितामार्फत राष्ट्रियता र आपसी एकताको सन्देश दिएका थिए । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रष्फुटन र लेखन क्षमतामा वृद्धि ल्याउने प्रधानाध्यापक पंगेनीले बताए ।