
पोखरा,
पोखरा सहित कास्कीमा मोटरसाइकलबाट अनधिकृत रूपमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने, समाजमा आतंक फैलाउने गरेको आरोपमा चार जनालाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरू विरुद्ध आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार हालसम्म ध्वनी प्रदूषण तथा सार्वजनिक सुरक्षाविरुद्धका क्रियाकलापमा संलग्न रहेको आरोपमा १८९ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरिसकिएको छ। पक्राउ पर्नेहरूमा ग २१ प ६१७१ नम्बरको मोटरसाइकल धनि पोखरा–१४ का २० बर्र्षीय मनिष केसी, लु ३० प ५५६१ का मोटरसाइकल धनि पोखरा ८ का २२ बर्षीय कृष्ण मल्ल, ग २० प २९२२ को मोटरसाइकल धनि २४ बर्षीय मनोज नेपाली (२४ वर्ष) , ग १५ प २०४७ नम्बरका मोटरसाइकल धनि पाखेरा १७ का २७ बर्षीय विशेष पुर्जा रहेका छन् ।
साइलेंसर परिवर्तन गरी ठूलो आवाज आउने बनाएको, शहर तथा बस्ती क्षेत्रमा होहल्ला मच्चाएको र साइलेंसरबाट आगोको झिल्का समेत निकालेर आम नागरिकमा त्रास फैलाउने कार्य गर्दै आएको स्थानियले गुनासो गर्दै आएकोले आफुहरुले समय समयमा चेकिङ गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका नि.सूचना अधिकारी गणेश पाण्डेले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीले शहरी तथा ग्रामीण क्षेत्रमा यस्ता ध्वनी प्रदूषण गर्ने वा होहल्ला मच्चाउँदै हिँड्ने मोटरसाइकल देखेमा तुरुन्तै जानकारी दिन आग्रह उनले आग्रह गरे । सूचना दिन नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ वा नजिकको प्रहरी कार्यालय सम्पर्क गर्न सकिनेछ। प्रहरीले सूचना दिने व्यक्तिको पूर्ण गोपनीयता कायम रहने प्रहरीले जनाएको छ ।
–





