आज बकर इद, सार्वजनिक बिदा

-


     पोखरा क्लिक     
     असार ३ गते २०८१ मा प्रकाशित


काठमाडौँ ३, जेठ

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् चार्ड बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदहरुमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्नु हुन्छ। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गर्नु हुन्छ ।

मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने गर्नु हुन्छ । यो पर्व को अवसरमा सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ ।