
लेखनाथ, ९ पुस,
करिब ९ करोड कारोवार सहित २ लाख ५० हजार दर्शक भित्राउने लक्ष्य सहित पोखरामा जारी लेखनाथ महोत्सव हाल एक सातामै लक्ष्य नजिक पुगेको छ । अहिलेसम्म आउदा छ करोड ८० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शक तर्फ बुधवार मात्र १७ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म एक लाख ९० हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएका छन् । पुस १४ गतेसम्म चल्ने महोत्सव सातौं दिनमा चलिरहदा बुधवार मात्र ६० लाख वरावरको आर्थिक कारोवार भएको संघले जनाएको छ ।
महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारिक केन्द बिन्दु बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीको दावी रहेको छ ।
महोत्सवमा राखिएका करिव तीन सय ३६ फरकरफरक प्रकृतिका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि उपस्थित दर्शकहरु खुसी हुदै आफुले खोजेको र रोजेको सामान सुपथ मुल्यमा पाएको गफ गर्दै फर्केका देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापारको क्रम बढेकाले सन्तुष्ट रहेको बताएका छन् । महोत्सवमा स्वदेशमा नै उत्पादित वस्तुको विक्रि केन्द्र रहेकाले उपभोक्ताले प्रत्यक्ष रुपमा उत्पादकसँग सामान लिन पाउने भएकाले सहुलियत मुल्यमा सामानको विक्रि वितरण भईरहेको छ । वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप वाक्लो देखिथ्यो । महोत्सव सकिने केही दिन वाँकी रहेको अवस्थामा पनि दर्शकको चाप दिन प्रतिदिन वढ्दै गएको देखिएको छ ।
यसैविच महोत्सवको सातौं दिन कलाकारहरु रामजी खाँड, कृष्ण सुवेदी, जगत पौडेल, पार्वती जि सी, रियाररतिमाया खड्का, बिन्दा परियारले प्रस्तुती दिएका थिए भने बेलुका कन्सर्टमा गायक अर्जुन सापकोटा, सहिमा श्रेष्ठ लगायत स्थानिय कलाकारहरुको प्रस्तुतीले स्टेज तताएको थियो । महोत्सवमा गाडी देखि गार्मेन्टसम्म र माछा देखि महसम्म एकै ठाउमा पाईने भएपछि उत्पादक र उपभोत्ताको संगम स्थलका रुपमा महोत्सवलाई लिईएको छ । लेखनाथ महोत्सवको आयोजना लेखनाथ उद्योग बाणिज्य संघले गरे पनि यो महोत्सव गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रुपमा परिचित भएको पुर्ब अध्यक्ष छत्रधर आत्रेयको दावी छ । महोत्सवमा जलपरी प्रर्शनीको तयारी गरे पनि प्राविधिक कारणशव हाल संचालनमा आउन सकेको छैन । सायद विहिबार संचालन हुने श्रोतले जनाएको छ ।




