
पोखरा,
पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा संघले हरेक वर्ष वितरण गर्ने ‘तमु पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा गुरुङसँगै ६ जना पत्रकार पुरस्कृत भएका हुन् ।एक जना गुरुङ समुदाय र अर्को एक जना अन्य समुदायका पत्रकारलाई प्रदान गरिने पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्काबाट अन्य समुदायतर्फ श्यामकृष्ण श्रेष्ठ (काठमाडौं) सम्मानित भए । उक्त पुरस्कारबाट सम्मानित गुरुङ र श्रेष्ठलाई जनही २० हजार १ रुपियाँ र सम्मानपत्र प्रदान गरिएको थियो । तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट इच्छा गुरुङ ९काठमाडौं० पुरस्कृत भएकी छिन् । उक्त पुरस्कारको राशि १२ हजार ५०१ रुपियाँ र सम्मानपत्र रहेको छ ।
त्यस्तै, तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट खुसीमाया गुरुङ ९लमजुङ०, लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट सुचना गुरुङ ९चितवन०, सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रविन गुरुङ ९सुनसरी० पुरस्कृत भएका छन् । यी ३ पुरस्कारको राशि जनही १० हजार १ रुपियाँ नगद र सम्मानपत्र रहेको छ ।




