
पोखरा, २१ मंसिर,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार कोइराला सम्मानित हुन लागेका हुन् ।
फोनिजका संघीय सचिव एमबी आस्थामगरकोसंयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नामफोनिज गण्डकीको बैठकले अनुमोदन गरेका छ । छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमागुरुङ, अनुशासन समिति संयोजक मिना थापा र महासचिव सुरज थापामगर थिए । पुरस्कार डेण्टलको तेस्रो वार्षिकोत्सवको अवसरमा एक समारोहका बिच मंसिर २६ गते अर्पण गरिनेछ । पुरस्कारको राशी नगद २५ हजार ५५५ रुपैयाँ रहेको छ । पुरस्कारका लागि डेण्टलले यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ ।
सम्मानित हुन लागेका पत्रकार कोइराला समाधान मिडिया ग्रुप अन्तर्गतकोसमाधान न्यूज डटकमका सम्पादक हुन् । पुतलीबजार १३ स्याङ्जा स्थायी घर भएका पत्रकार कोइरालाले २०५९ वैशाख १ गतेकाठमाडौँमा रही अन्नपूर्ण पोस्टबाट पत्रकारिता यात्रा सुरु गरेका थिए ।
२०६५ सालमा पोखरा आएर उनले प्रतिष्ठित अंग्रेजी दैनिक द हिमालयन टाइम्स र अन्नपूर्ण पोस्ट को ब्युरो चिफको जिम्मेवारी सम्हालेका थिए । दुई दशकदेखि अघिदेखिपत्रकारितामानिरन्तर कलम चलाइरहेका भरत कोइरालाको यसअघि समाधान दैनिककै कार्यकारी सम्पादक र आदर्श समाज दैनिकको सम्पादक भई काम काम गरेका थिए । केही समय काठमाडौंबाट पोखरा एफएममा समेत काम गरेको उनीसँग अनुभव छ ।
पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले लेकसिटी कलेज र भद्रकाली माविमा पत्रकारिता विषय पढाउँछन्। उनी सञ्चार र पत्रकारिता विषयको प्रशिक्षक पनि हुन् । नेपालस्थित अमेरिकी दूतावासमार्फत् सञ्चालित खोज समाचार लेखनवृत्तिमा गण्डकीबाट छनोट र नेपालभरबाट उत्कृष्ट ३ मा परेका पत्रकार कोइरालाले खोजपत्रकारिता केन्द्रबाट खोजपत्रकारिता तालिम ३ महिनार प्रेस काउन्सिल लगायत संस्थाबाट प्रदान गरिएको तालिम लिएका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि परिषद सदस्य रहेका पत्रकार कोइराला संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् । उनले गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक भइ काम गरेका थिए । पत्रकार कोइराला यसअघि पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्काराबाट सम्मानीत भइसकेका छन् ।



