
दीननाथ बराल
महाशिवरात्री पर्वको अवसरमा महाशिवरात्री विश्वसंगीत महोत्सव काठमाण्ठौं र पोखरामा हुने भएको छ । गित संगित क्षेत्रलाई प्रबद्र्धन गर्न सुरु गरेको नमस्ते ब्याण्डको ३५ औं बार्षिक उत्सव तथा सत्रौं महाशिवरात्री विश्वसंगीत महोत्सव २०२४ मा शुक्रबार काठमाण्डौं र शनिबार पोखरामा हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
नेपाल जापानको साथमा चर्चिंत नेपाली व्याण्डहरू सहित सत्रौं महाशिवरात्री विश्वसंगीत महोत्सव २०२४ मा जापान, अमेरीका र वेलायतका समेत कलाकारको बिषेश प्रस्तुती रहने भएको कार्यक्रम संयोजक एवं नमस्ते व्याण्डका इश्वर गुरुङले बताउनु भयो । पोखरामा भने उक्त कार्यक्रम फरक ढंगले गरिने भएको दाबी गर्दै कार्यक्रम संयोजक गुरुङले शनिबार डिहिकोपाटनबाट झाँकी सहितको र्याली, ठाडोभाका, भजनकृतनको साथमा शिव धोनी, साँझमा आरती समेत हुने भएको संयोजक गुरुङले जनाउनु भयो । ५० प्रतिशत जसो विभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई प्रबेश पासको व्यबस्था गरिएको छ । ५० प्रतिशत जसो प्रति दर्शक २ सयका दरले टिकटको व्यबस्था गरिएको चलचित्र पत्रकार संघ कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहसंयोजक बुद्धिसागर पौडेलले पोखराक्लिकलाई बताउनु भयो ।
प्रविधिक कारण, कोरोना सहितका अन्य समस्याले विगत करिब एक दशक पछि उक्त कार्यक्रम शुक्रबार काठमाण्डौंको ठेमल स्थित क्लव फरेन हाइटमा र शनिबार भने पोखराको क्याम्पिङचोकमा हुने भएको हो ।
पोखराका मेयर धनराज आचार्यले सो कार्यक्रमको उद्घाटन गरे पश्चात एक घण्टा नमस्ते ब्याण्डको प्रस्तुती रहने भएको छ भने बेलुका ९ः०० बजेसम्म अन्य विभिन्न अन्तराष्ट्रिय, राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने भएको छ । काठमाण्डौंमा एक हजार सिट क्षमता भएको क्लवमा उक्त कार्यक्रम हुने भएको हो भने पोखरामा भने खुल्ला चौरमा हुने हुँदा करिब ५ हजार जना सहभागि हुने संयोजक गुरुङले दाबी गनर््ु भयो । कार्यक्रममा आतिसवाजी समेत हुने भएको शिवजी भट्टराईले बताउनु भयो ।
एक दशक भन्दा पहिला गित संगितको धेरै महत्व रहेको पश्चिम क्षेत्र सहित पोखरालाई हाल पुर्व क्षेत्रले त्यसको स्थान लिएको संयोजक इश्वर गुरुङको भनाई थियो । विगत ३४ वर्षमा नमस्ते व्याण्डले नेपालमा मात्रै नभएर विश्वमा एक अमिट छाप छोड्न सफल भएको उहाँको भनाई थियो । जापानबाट नै पहिलो पटक नेपालको पहिलो गीति सिडि एल्बम (एकता) राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा जापानबाट उत्पादन तथा विक्रि वितरण गरि नेपालको पहिलो व्याण्डको रूपमा परिचित भई नेपाली गीत संगितको सम्बर्धन, प्रवर्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक उच्च प्रविधिक उपकरणद्वारा डिजीटल रेकीङ्ग स्थापना गरी नमस्ते कल्चरल स्टूडियो संचालन गरी थुपै प्रकारका सांगीतिक कोसेलीहरु प्रस्तुत गरिसकेको नमस्ते व्याण्डले जनाएको छ ।
पर्यटन वर्ष १९९८ को अवसरमा नेपालमा नै पहिलो पटक ३० दिनमा २९ प्रमुख शहरहरुमा मेची महाकाली संङ्घीत यात्रा सन्देश सम्पन्न गरेको उक्त व्याण्डले सामाजिक क्षेत्रमा समेत विभिन्न कार्यक्रम गर्दै आएको छ । आफुहरु विदेशीय पनि आफ्नो नेतृत्वमा स्वदेशमा विभिन्न सांगीतीक कार्यक्रम भने गर्दै आएको संयोजक गुरुङले जनाउनु भयो ।