अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पोखराका कृष्णमणि बराल सहभागी हुने

-


     पोखरा क्लिक     
     फागुन ९ गते २०८० मा प्रकाशित



पोखरा ९, फागुन

नेपालमा लाटोकोसेरो तथा हुचिल, गिद्धको संरक्षण तथा उपचारमा सहयोग गर्दै आउनु भएको पोखराका कृष्णमणि बराल अमेरीकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा सहभागि हुनु हुने भएको छ । अमेरिकामा मार्च १ देखि ३ गतेसम्म हुने उक्त महोत्सवमा पोखराका बराल सहभागी हुनुहुने भएको हो ।

नेपालका लाटोकोसेरो तथा हुचिल सम्बन्धी डकुमेन्ट्री तथा फोटो प्रदर्शन गर्ने गरी गरी आफु छनौटमा परेकोमा उहाँले खुसि व्यक्त गर्नु भयो । नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको भिडियो र र फोटो समेत उक्त महोत्सवमा प्रर्दशनी हुने भएको उहाँले जनाउनु भयो । नेपालमा चरा लगायत वन्यजन्तु संरक्षणका लागि पछिल्लो समयमा भएका संरक्षण उत्सव, सचेतना कार्यक्रमले वन्यजन्तु संरक्षण गर्नु पर्छ भन्ने सन्देश गाउँ गाउँ सम्म पुगेको उहाँको बुझाई छ । वन्यजन्तुको चोरी निकासी खुलम खुला हुने क्रम केही रोकिएको पत्रकार समेत रहनु भएको बरालको भनाई छ । सहरमा भालु लिएर हिँडेर पैसा उठाउने क्रम रोकिएको धेरै भएको उहाँले स्मरण गर्नु भयो । चरा बिक्री गर्न हिँड्ने जस्ता काम पनि अहिले निकै कम भएको तथा सर्प टोकरीमा लिएर हिँड्ने र नचाउने क्रम पनि अहिले तोडिएको बरालले जनाउनु भयो ।

यसरी चरा बिक्री गर्नु गैह्कानुनी हो भन्ने सचेतना बढेकै कारण चरा लिएर हिँडेको देखेमा वन कार्यालयलाई खबर गर्ने क्रम सर्वसाधारणले गर्न थाालेको उहाँले बताउनु भयो । घाइते चरा वन्यजन्तुको उद्धार गरेर संरक्षण कर्मी वा वन कार्यालयमा खबर गर्ने क्रम पनि बढेको उहाँले आफ्नो फेसवुक स्टाटसमा समेत उल्लेख गर्नु भएको छ ।

वन्यजन्तुको भित्र भित्र चोरी सिकारी, विदेश निर्यात हुने क्रम अझै पनि धेरै रहेको उहाँले दाबी गर्नु हुन्छ । नेपालमा १३ वर्ष देखि लाटोकोसेरो तथा हुचील संरक्षणका लागि नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुँदै आएको छ । ११ औँ संस्करणको लाटोकोसेरो तथा हुचील संरक्षण उत्सवको सन्दर्भ पारेर नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको भिडियो र नेपालमा लाटोकोसेरो तथा हुचीलको उद्धार, उपचार र प्रकृतिमा पुर्न फकाउने गरी व्यवस्थापनमा चुनौती समेटेर तीन प्रजातिका लाटोकोसेरो उद्धारका फोटो प्रदर्शनी अमेरिकाको मिनोसोटा प्रदेशको मिनोपोलिस सहरमा गर्ने तयारीमा आफु रहेको उहँले जनाउनु भयो ।

उक्त फोटो प्रदर्शनीमा सहभागी हुनका लागि कार्यक्रम हुने मिनोपोलिस सहर नजिकै रहनु भएका र फुर्सद मिल्ने नेपाली दाजुभाइ, दिदी बहिनीलाई सहभागिताको लागि उहाँले आव्हान समेत गर्नु भएको छ । भिडियो बनाउन विशेष सहयोग गर्नु हुने साथी अशेष शाक्य, राम गुरुङ, दिपेन्द्र पहारी, मधु अधिकारी, प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्य प्रति बरालले आभार व्यक्त गर्दै भोलीका दिनमा पनि सहयोग र साथको अपेक्षा गर्नु भएको छ ।