भिटोफ गण्डकीको अध्यक्षमा अधिकारी

-


     पोखरा क्लिक     
     पौष १९ गते २०८० मा प्रकाशित


पोखरा १९, पुष

गाँउ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश को नबौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कास्कीको अर्मलाकोटमा विहिबार सम्पन्न भएको उक्त अधिवेशनले शोभा कुमारी अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसै गरी संस्थाको प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्धितिय उपाध्यक्षमा सुशीला भण्डारी, सचिवमा लक्ष्मण पहारी, सहसचिवमा विश्व क्षेत्री, कोषाध्यक्षमा शरण गुरुङ रहनु भएको छ भने अन्य सदस्यहरुमा चिन्तामणि पोखरेल, भावना राना भाट र विमला सापकोटा रहनु भएको छ । त्यसै गरी संस्थाको निवर्तमान अध्यक्षमा उदय सुवेदी रहनु भएको भिटोफले पोखराक्लिकलाई जनाएको छ ।

यस अघि उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गाउँ पर्यटन प्रबद्र्धन गरी ग्रामिण क्षेत्रको विकासमा सबै लाग्नु पर्ने बताउनु भयो ।



This will close in 20 seconds