पर्यटन

‘अन्नपूर्ण डे’ मनाउन निस्केको टोली अन्नपूर्णमा

पोखरा १८, जेठ, ७५ औँ अन्नपूण प्रथम हिमाल आरोहणको दिवस (हिरक महोत्सव) मनाउन पोखराबाट पदयात्रामा निस्केको टोली अन्नपूर्ण क्षेत्र प्रवेस गरेको छ । पोखराबाट हिडेको टोली शनिबार अन्नपूर्ण गाउँपालिका म्याग्दीको वडानम्बर चार नार्च्याङ (अन्नपूर्ण क्षेत्र) पुगेको हो । अन्नपूर्ण गाउँपालिकाको नेतृवमा स्थानीयले टोलीलाई बाजागाजासहित भब्य स्वागत गरेका थिए । हिरक महोत्सवको अवसर पारेर आयोजना गरिएको पदयात्रामा मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पनि सहभागि भएको छ… पुरा पढौ

पोखराको फेवाताल संरक्षणको लागि पोल गाड्न सुरु, स्थानिय जग्गा व्यवसायीको बिरोध

दीननाथ बराल, पोखरा १७, जेठ, पोखराको फेवाताल संरक्षणको अभियान अन्र्तगत आज (शनिबार) देखि पोल गाड्न सुरु भएको छ । तीन वटा तहका सरकारका प्रमुख एवं प्रतिनिधिहरुको संयुक्त प्रयासमा शनिबार देखि फेवाताल किनारामा तालको सिमाकनको लागि पोल गार्ड सुरु भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो । फेवाताल संरक्षणका लागि सर्वाेच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिका संयोजक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोेखरा महानगरपालिकाका मेयर धनराज आचार्य र संघिय सरकारका प्रतिनिधि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि… पुरा पढौ

दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगिताको तयारी पुरा ः मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

जेष्ठ १७, पोखरा, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार हुने दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिताको तयारी पुरा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि बिहान बाराही घाटमा उक्त प्रतियोगिताको उद्घाटन गर्नुहुने बताइएको छ । उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य तथा प्रदेश सांसदहरुको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने व्यवस्थापन समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार… पुरा पढौ

‘अन्नपूर्ण डे’ मनाउन आएका फ्रान्सेली नागरीकलाई पोखरामा भब्य स्वागत

पोखरा १७ जेठ पर्वतारोही मौरिस हर्जोगको सम्झनामा फ्रान्सेली कलाकार टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरमा सांगीतिक प्रस्तुती दिने भएका छन् । सोही सफलताको सम्झनामा फ्रान्सेली सांगीतिक टोली नेपाल आएको छ । उक्त टोली शुक्रबार पोखरा आइपुगेको छ । मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पोखरा आएको छ । टोलीको पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डकोका प्रमुख मणि राज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष… पुरा पढौ

स्वर्गद्वारी र पोखराले पर्यट प्रर्वद्धन गर्न मिलेर काम गर्ने प्रतिवद्धता

प्युठान, स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीलेस्वर्गद्वारीबाट पर्यटकलाई पोखरा लैजान र पोखराबाट स्वर्गद्वारी पर्यटक ल्याउन सहकार्य गर्ने बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको भ्रमण टोलीलाई बिहीबार स्वर्गद्वारीनगरपालिकामा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले पोखरा भ्रमण वर्ष २०२५ को अबसरमा आफूले र नगरपालिकाका बासिन्दा पोखरा भ्रमण गर्ने समेत बताए । देशकै पर्यटकीय राजधानी पोखरा र पोखरा महानगरले पोखरा भ्रमणका लागि अभिप्रेरित गर्न पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको प्रति आफूहरु प्रभावित भएको बताएका उनले पोखरा भ्रमण वर्ष सफल पार्दा… पुरा पढौ

पोखरामा ४५ दिने चिनिया भाषा तालिम

पोखरा, १५ जेठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको सह आयोजनामा बुधबारदेखि पोखरामा ४५ दिने चिनिया भाषा तालिम सुरु भएको छ ।नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी उनीहरूलाई प्रदान गरिने आतिथ्यतामा भाषाको विशेष महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै आयोजित तालिममा ८४ जनाको सहभागिता छ । पोखरामा चिनिया पर्यटकको आगमन बढीरहेका सन्दर्भमा भाषिक सञ्चारको विशेष महत्व हुने भएकोले तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो ।तालिममा पर्यटन… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने

पोखरा, १४ जेठ, यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो । पुरस्कारको राशि रु। २५ हजार नगद र सम्मानपत्र रहेको छ । उनलाई यही जेठ २० गते घान्द्रुकमा हुने अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा सम्मान गरिनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित एवं सञ्चालित सो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने… पुरा पढौ

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पोखराको फेवाताल र ड्यामसाइड क्षेत्रमा सरसफाइ

पोखरा, जेठ १३, गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालको ड्यामसाइड क्षेत्रमा विशेष सरसफाइ गरिएको छ । पोखरा महानगरपालिकाको व्यवस्थापन तथा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा उक्त सरसफाइ कार्यक्रम मंगलबार गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश सरकारका मुख्यसचिव रघुराम विष्ट, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा राम बहादुर पौडेल तथा वातावरण संरक्षणमा सक्रिय व्यक्तित्वहरू, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकोे उल्लेखनीय सहभागिता रहेको महानगरले पोखराक्लिकलाई… पुरा पढौ

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औं बर्ष गाँठ हिरक जयन्तीको अवसरमा २ वटा म्याराथन दौड हुने

दीननाथ बराल, पोखरा १२, जेठ, अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औं बर्ष गाँठ हिरक जयन्तीको अवसरमा उत्तर (नर्थ) र दक्षिण (साउथ) दुई वटा क्षेत्रमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा अन्नपूर्ण नर्थ र साउथ दुबै तर्फ म्याराथन हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।, अन्नपूर्ण साउथ वेस क्याम्पतर्फ विगत चार वर्ष देखि अन्नपूर्ण म्याराथन आयोजना हुँदै आए पनि यस वर्ष देखि उत्तरी अन्नपूर्ण क्षेत्रको बेस क्याम्पबाट पहिलो पटक… पुरा पढौ

पोखरामा होमस्टे मार्ट मेला सुरुः

पोखरामा शुक्रबार देखि होमस्टे मार्ट (मेला) सुरु भएको छ । नेपाल पर्यट वोर्ड गण्डकी प्रदेशको कार्यालयले आयोजना गरेको उक्त मेलाको पूर्व सन्ध्यामा पोखरामा निकालिएको र्याली । प्रदेशका ९ जिल्लाका २५ वटा होमस्टे क्रिष्टल होटलमा प्रर्दशनी तथा सूचना आदन प्रदानको लागि राखिएको बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताउनु भयो । मेला शनिबारसम्म चल्ने भएको छ । पुरा पढौ