समाज

पोखरा–२२ पुम्दीभुम्दीमा यात्रुवाहक बसमा एक्कासी आगलागी, ४० यात्रु सुरक्षित

पोखरा, १ वैशाख, पोखरा महानगरपालिका वडा नं.२२ पुम्दीभुम्दी स्थित ठूलीबिडी क्षेत्रमा आज (मंगलबार) साँझ यात्रुवाहक बसमा एक्कासी आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की का सूचना अधिकारी हरिबहादुर बस्नेत का अनुसार बागलुङ बसपार्कबाट स्याङ्जाको वालिङ वयरघारी तर्फ जाँदै गरेको ग १ ख ९५६२ नम्बरको बसमा वायरिङ सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। बस पुम्दीभुम्दी पुगेपछि अचानक आगो लागेपछि चालक र सहचालकले तत्काल सवारी साधन रोकी यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए। बसमा सवार करिब ४० जना यात्रु… पुरा पढौ

सहारा बिद्यालयमा नेस्टद्वारा अभिभावकलाई निःशुल्क जीविकोपार्जन तालिम

पोखरा, पोखरा ९, वसपार्क शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नव बर्ष २०८३ को अवसरमा शुभकामना आदनप्रदान तथा अभिभावक बिच अन्तरक्रिया कार्यक्रम गरेको छ । सोहि अवसरमा नेस्ट पोखराले विद्यालयमा अध्ययनरत करिव १०० भन्दा बढि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग र तिनका अभिभावकलाई निःशुल्क जीविकोपार्जन सम्वन्धि तालिम समेत प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरेको छ । कार्यक्रममा नेस्ट नेपालका सचिव कुम बहादुर गुरुङले नेष्ट नेपालको परिचय दिदै यस संस्थाले विशेष गरि विपन्न आर्थिक अवस्थाका व्यक्तिहरुलाई स्वबलम्वन सम्वन्धि तालिम प्रदान गरि आत्मनिर्भर क्षमताको… पुरा पढौ

नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश‘राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास हो’

पोखरा, १ वैशाख गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास रहेको उल्लेख गर्नुभएको छ । नयाँ वर्ष २०८३ साल आगमनको अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु साझा लक्ष्य रहेको बताउनुभयो । ‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ । त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो… पुरा पढौ

संचारिका समुह गण्डकीको अध्यक्षमा राधिका कंडेल चयन

पोखरा, सञ्चारिक समूह गण्डकीको अध्यक्षमा फोटो पत्रकार राधिका शर्मा कँडेल निर्वाचित भएकी छिन् । पोखरामा आज (सोमबार) भएको समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म रुपमा चयत गरेको समुहले जनाएको छ । समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे (अनिता), कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) निर्वाचित भए भने त्यसै गरी समुहको सदस्यमा शोभा नेपाल, रिना थापा (तानी), कृष्ण श्रेष्ठ (रोजी), विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ… पुरा पढौ

आलु महोत्सवमा दर्शक आकर्षित गर्न लन्डन ब्रिज

हेमजा,चैत्र ३० राष्ट्रिय हेमजा आलु महोत्सव स्थलमा यस वर्ष दर्शकहरूलाई थप आकर्षित गर्ने उद्देश्यले लन्डन ब्रिजको झल्को दिने आकर्षक आकृति निर्माण गरिएको छ। यो संरचना महोत्सवको मुख्य आकर्षणको केन्द्रका रूपमा स्थापित भएको देखिन्छ। उक्त आकृतिले महोत्सवमा आउने दर्शकहरूको विशेष ध्यान खिच्न सफल भएको छ। युवा–युवतीदेखि बालबालिका र वृद्ध वृद्धासम्म सबै उमेर समूहका आगन्तुकहरू त्यहाँ पुगेर फोटो खिचाउन उत्साहित देखिन्छन्। विशेष गरी सेल्फी तथा पारिवारिक फोटो खिचाउनेहरूको भीडले उक्त स्थानलाई अझै जीवन्त बनाएको छ। लन्डन ब्रिज विश्व प्रसिद्ध ऐतिहासिक संरचनाको प्रतीकका… पुरा पढौ

एगा पोखराको शुभकामना एवम् सामाजिक उत्तरदायित्व कार्यक्रम

पोखरा, ३० चैत, इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८३ आगमनको अवसर पारी आज शुभकामना आदानप्रदान तथा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको एक समारोहका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, विशेष अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने र एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले एगा पोखराले व्यवसायिक दक्षता अभिबृद्धिसँगै समाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो… पुरा पढौ

दीपशिखा पुस्तकालय र टीआइसी तालचोक विच सम्झौतापत्रमा हस्ताक्षर

पोखरा , पोखरा महानगरपालिकावडा नं २९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालय र त्रिवेणी इन्टरनेशनल कलेज टिआईसी पोखरा–२७, तालचोक विच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम एक समारोहका विच सम्पन्न भएको छ ।दीपशिखा सामुदायिक पुस्तकालयको सभाहलमा सोमवार भएको सम्झौतापत्रमा त्रिवेणी इन्टरनेशनल कलेजका प्रमुख डिल्लिराम पौडेल, कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराई,उपप्राध्यापक शिबचन्द्र घिमिरे, सल्लाहकार छत्रधर आत्रेय, बाबुराम गिरी तथा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी लगायत कार्यसमितिका पदाधिकारीहरू, लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थितिमा हस्ताक्षर गरी एक एक प्रति आदानप्रदान गरिएको थियो । उक्त… पुरा पढौ

पोखरा महानगरको सार्वजनिक सुनवाइमा फेवातालको चर्चा

चैत्र ३०, पोखरा, पोखरा महानगरपालिकाले प्रदान गर्ने सेवा तथा विकासका गतिविधिलाई प्रभावकारी बनाउन महानगरबासीले महत्वपूर्ण सुझाव दिएका छन् । आइतबार पोखरा सभागृह हलमा पोखरा महानगरपालिकाले आयोजना गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को चैत्र महिनासम्मको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका नागरिक र सर्वेक्षणमा सहभागी बनेका सेवाग्राहीले महानगरको काम कारवाहीलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका छन् । सिटीवान टेलिभिजनको सहजीकरणमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा सबै भन्दा बढी जिज्ञासा तथा सुझाब महानगरले केही दिन अगाडि पोखराको फेवातालको ६५ मिटर मापदण्ड भित्र… पुरा पढौ

पोखरामा भोलिदेखि निःशुल्क सटल बस सेवा सुरु हुँदै

दीननाथ बराल,पोखरा ३०, चैत, पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्षको अवसरमा भोलि(मंगलबार) देखि निःशुल्क सटल बस सेवा सुरु हुने भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु हुन लागेको महानगरले पोखराक्लिकलाई जनाएको छ । उक्त सेवा मंगलबार औपचारिक रूपमा सुरु हुँदैछ। पोखरा महानगरपालिका को पहलमा विभिन्न वित्तीय संस्था र यातायात व्यवसायीको सहकार्यमा यो योजना अघि बढाइएको हो। पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग… पुरा पढौ

फेवा महोत्सवमा पर्यटक बिच रमाइलो दौडमा क्यानडाका मिलरोइ प्रथम

पोखरा, ३० चैत, पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय मिटर दुरीमा रहेको अम्बोटसम्म दौडिएका थिए । दौडमा भारतका आमिरलाई सान्त्वना पुरस्कार प्रदान गरियो । यसैगरी महिलातर्फको छुट्टै मुल्यांकनमा अष्ट्रेलियाकी हान्ना प्रथम भइन् ।… पुरा पढौ