देश तथा समाज पत्रिका

बिद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

पोखरामा बिद्यार्थीलाई कुटपिट गर्ने एक शिक्षक पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं। ३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भनी बालकको संवेदनशिल भाग (पछाडी) लठ्ठीले प्रहार गरी घाईते बनाएको भन्ने जाहेरीको आधारमा सोही विद्यालयका शिक्षक कास्की रुपा गाउँपालिका वडा नं। ६ खोलाको छेउ बस्ने वर्ष ३२ का सुदिप अधिकारीलाई पक्राउ गरिएको छ । जेठ १३ गते पिटेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति आइतबार पक्राउ… पुरा पढौ

पोखरा १ स्कुलस्तरीय बास्केटबलः छात्रतर्फ स्पाइरल र छात्रातर्फ विन्ध्यश्वरी च्याम्पियन

पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधि स्पाइरल ग्यालेक्सी मावि र विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ । पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा भएको फाइनल खेलमा छात्रतर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई स्पाइरल ग्यालेक्सी माविले २५–२३ ले हराउँदै च्याम्पियन बनेको हो । यस्तै छात्रातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो । छात्रतर्फ राष्ट्रिय मावि र छात्रातर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) तृतीय स्थान हाँसिल गरेको संस्थाका सचिव अनिश गुरुङले जानकारी… पुरा पढौ

तनहुँको घिरिङमा यूनाइटेडको स्वास्थ्य शिविर ७ सय वढी लाभान्वित

यूनाइटेड क्लब पोखराको आयोजनामा तनहुँको घिरिङमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरीमा आयोजित शिविरमा ७ सय ५५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिए । शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाककान घाँटी, बालरोग, दन्त रोग लगायतको परिक्षण गरिएको थियो । सो अवसरमा २ सय २ जनाको सुगर परिक्षण संगै २ सय २२ जनाले इसिजी, भिडियो एक्सरेको सुविधा लिएका थिए । शिविरको उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले ग्रामिण भेगमा रहेका जनताहरुलाई लक्षित गरी… पुरा पढौ

पोखरा –६ मा महिलाहरूलाई खाजा बनाउने सिप तथा आयमूलक तालिम

पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा महिलाहरूका लागि भएको खाजाका परिकार बनाउने सिपमूलक तथा आयमूलक पाँचदिवसीय तालिम सम्पन्न भएको छ । वडा नँ– ६ वडा समितिको कार्यालयको सहयोगमा “खाजाको परिकारहरू तथा आय मूलक” कार्यक्रम जनजाति, अल्पसंख्यक उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका बेरोजगार तथा गृहिणीलाई लक्षित गरी सञ्चालन गरिएको थियो । साठी जना महिलाहरूको सहभागिता रहेको तालिममा ६ समूह बनाइ प्रशिक्षण दिइएको वडा कार्यालयले जनाएको छ । किङ्गस इन्टरनेशन कलेज प्रा।लि पोखरा शाखाले सहजिकरण गरेको तालिममा सहभागिहरूलाई मःम,… पुरा पढौ

पोखरा १३ का बासिन्दालाई फिस्टेल हस्पिटलमा छुट

पोखरा, २१ जेठ, पोखरा महानगरपालिका १३ का बासिन्दाले पोखराको फिस्टेल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् । वडा कार्यालय र अस्पालबिच सोमबार भएको सम्झौता अनुसार अस्तापलबाट प्रदान गरिने विभिन्न शिर्षकको सेवामा ५ प्रतिशत छुट दिइने भएको हो । पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बराल र फिस्टेल हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिका अध्यक्ष डा. भोला श्रेष्ठ र मेडिकल डाइरेक्टर दिपेश कार्कीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा वडाबासीका लागि ओपिडी टिकट, यूसिजी, यूजिआई इन्डोस्कोपी, इसिजी, एक्सरे, सिटी… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पत्रकार पराजुलीलाई

२१ जेठ, अन्नपूर्ण अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार २०८१ बाट नेपाल टेलिभिजनमाकार्यरत पत्रकार रविचन्द्र पराजुलीलाई प्रदानगरिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८१ पत्रकार पराजुलीलाई सम्मानगरिएको हो । पुरस्कारको राशि रु २५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । यो तेस्रो पुरस्कार हो । उनलाई समितिद्वारा आयोजित अन्नपूर्ण म्याराथन–२०८१ को समापन समारोहमा कार्यक्रमका प्रमुखअतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामलामन्त्री डा. टकराज गुरूङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिकाअध्यक्ष ललित गुरूङले पराजुलीलाई सो पुरस्कार प्रदान गरेका हुन् ।… पुरा पढौ

काहुँखोला भाट समाजको अध्यक्षमा श्रीराम

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ मा स्थापना गरिएको काहुँखोला भाट समाजको १४ औं साधारण सभा तथा छैठौं अधिबेशनबाट श्रीराम रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समाजको उपाध्यक्षमा गोकुल रानाभाट, कोषाध्यक्षमा शारदा रानाभाट, सचिबमा सुजु रानाभाट, सहसचिबमा बिष्णु कुमारी रानाभाट र सदस्यहरुमा सृजना रानाभाट, महराज रानाभाट, रुकबिना रानाभाट, अमृता रानाभाट, सुर्य अधिकारी भाट, बिष्णु रानाभाट सर्ब सम्मत रुपमा चयन भएका छन् । त्यसै गरी सल्लाहकारमा ज्यो. रुद्र रानाभाट, सु. भिम बहादुर रानाभाट, शान्ती रानाभाट, लेखनाथ… पुरा पढौ

हरित सहर विकासका लागि माइल स्टोन नगर प्रमुख आचार्य

पोखरा, २१ जेठ, पोखरा महानगरपालिकालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति सहितको अध्ययन प्रतिवेदन महानगरपालिकाले बुझेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा।शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले सो प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई बुझाएको हो । प्रतिवेदनमा महानगर क्षेत्रको ७ सय कि।मी सडक तथा राजमार्ग, झन्डै ६९ कि।मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने छ । सहरी वन विकास… पुरा पढौ

अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका श्रेष्ठलाई

२१ जेठ, अन्नपूर्ण चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जितेका छन् । गत बर्षका उपबिजेता श्रेष्ठले निर्धारित ४२।१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यध्यपी सो दूरी गतबर्ष उनले ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए । त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पुरा गरेका थिए। उनले ५ दिन अघि मात्र एभरेस्ट… पुरा पढौ

चौथो संस्करणको अन्नपूर्ण म्याराथनमा ४ विदेशी सहित ६० जना धावक सहभागि हुने

दीननाथ बराल, पोखरा २०, जेठ, अन्नपूर्ण पदमार्गमा भोलि (सोमबार) आयोजना हुने चौथो संस्करणको अन्नपूर्ण म्याराथन–२०८१ मा ४ विदेशी सहित ६० जना धावकहरु सहभागि हुने भएका छन्। अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आधार शिविरबाट सोमबार विहान सुरु हुने उक्त प्रतियोगितामा ४ वेलायतका धावक सहित ६० जना धावक सहभागि हुने भएको समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताउनु भयो । प्रतियोगितामा १ विदेशी सहित ११ जना महिला र ४९ जना पुरुष… पुरा पढौ