समाचार

पोखरामा पनि भाटभटेनी सुपरमार्केट आजदेखि सञ्चालनमा, ग्राहकको भिडभाड सुरु

दीननाथ बराल,पोखरा २१, वैशाख, पोखरामा पनि आज (सोमबार) देखि भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । करिब ८ महिनापछि पुनः सञ्चालनमा आएको स्टोरमा पहिलो दिनदेखि नै ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । स्टोर दैनिक बिहान १० बजेदेखि नियमित रूपमा खुला रहने भाटभटेनी सुपर मार्केटको व्यबस्थापनले जनाएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सेवा र गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको संचालक मिन बहादुर गुरुङले बताउनु भयो । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा स्टोरमा क्षति पुगेको थियो।… पुरा पढौ

पोखराको चिप्लेढुंगामा खुल्यो एलभिडी ब्राण्डको शाखा ( भिडियो सहित)

दीननाथ बराल,पोखरा २१, वैशाख, पोखराको चिप्लेढुंगामा नेपाली उत्पादन एलभिडी ब्राण्डको ११ औं शाखा संचालनमा आएको छ । पोखराका युवा पर्यटन व्यवसायी सुनिलबहादुर भट्टराईको लगानीमा चाइना तथा हङकङमा उत्पादित एलभिडी ब्राण्डका कपडाहरुको शाखा पोखरामा पहिलो पटक भित्रिएको हो । https://www.youtube.com/watch?v=XPh0haAnEbU पोखरा ट्रेडमलको अगाडी रहेको एलभिडी ब्राण्डको शाखाको सोमबार पूर्व मिस नेपाल माल्भिका सुब्बा र समाजसेवी एवं भट्टराईका बाबु रमेश बहादुर भट्टराईले स.यूक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको हो । सो अवसरमा उहाँले एलभिडी शाखाको अवलोकन गर्नुका साथै एलभिडी ब्राण्डबारे जानकारी… पुरा पढौ

१० औं रारा पोखरा स्पोर्टस अवार्डलाई पोखरा एभेन्जर्सको साथ

पोखरा, आगामी बैशाखको ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस अवार्डलाई पोखरा एभेन्जर्सले साथ दिने भएको छ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गतको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले पोखरा स्पोर्टस् अवार्डमा सहकार्य गर्ने भएको हो । पोखरा एभेन्जर्सका सल्लाहकार पोषणमणी त्रिपाठी र पोखरा स्पोर्टस् अवार्ड मुल आयोजक समितिका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच सम्झौता पत्रमा हस्ताक्षर गरी पोखरा स्पोर्टस् अवार्डमा सहयोग गर्नेगरि सम्झौता भएको हो । पोखरा एभेन्जर्सले पोखरा सहरसँगै समग्र… पुरा पढौ

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी सडकमा, विकल्प बिना हटाउने प्रयास गरे प्रतिकार गर्ने धम्की (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २१ वैशाख, पोखराको बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाले सोमबार सडक आन्दोलनमा उत्र्रिएका छन् । उनीहरूले वैकल्पिक व्यवस्था सुनिश्चित नगरी आफुहरुलाई हटाउने प्रयास गरे त्यसको प्रतिरोध गर्ने धम्की दिएका हुन् । https://www.youtube.com/watch?v=g81bt7BjPYk भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीको नेतृत्वमा भएको प्रदर्शनका क्रममा सहभागीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मालाई हस्तान्तरण गर्नु भएको छ । ज्ञापन… पुरा पढौ

पोखरामा दोश्रो कुमुदिनी होम्स एसईई कप सुरु

पोखरा, खेलकुदको शहर पोखरामा दोश्रो ‘कुमुदिनी होम्स एसईई कप—२०८३ सुरु भएको छ । कुमुदिनी होम्स माविको आयोजनामा यही वैशाख २२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाई पोखराका प्रमुख लोकनाथ आचार्यले गरे । कार्यक्रममा बोल्दै उनले बिद्यार्थीहरुमा यस्ता खेलकुदका गतिविधि हुनुले समाजमा युवाहरुलाई खेलकुद प्रति आकर्षण हुने जनाए । एसईई दिएर बसेका विद्यार्थीहरुलाई खेलकुद प्रति आकर्षण बढाउन र भाईचाराको विकास गराउन प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । पालिखेले भने, “सम्पदा, कला,… पुरा पढौ

पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण पोखरामा सम्पन्न, दक्ष जनशक्ति उत्पादनमा जोड

पोखरा, नेपाली ह्याण्डबल खेलको प्राविधिक विकास र दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यसहित आयोजित पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम आइतबार औपचारिक रूपमा सम्पन्न भएको हो । पोखरा ह्याण्डबल एकेडेमीमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले सहभागी प्रशिक्षार्थीहरूलाई दीक्षित भएको प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले नेपाली ह्याण्डबलको विकाससँगै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यस्ता प्रशिक्षण… पुरा पढौ

विकल्प सहित व्यवस्थापनको माग गर्दै पोखरा बसपार्कका सुकुम्बासी, अन्यथा आन्दोलन गर्ने धम्की (भिडियो सहित)

दीननाथ बराल,पोखरा, वैशाख २०, पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाले वैकल्पिक व्यवस्था सुनिश्चित गरेर मात्र स्थानान्तरण गर्न माग गरेका छन् । उचित व्यवस्थापन नगरी हटाउने प्रयास भए चरणबद्ध आन्दोलन गर्ने धम्की दिएका हुन् । https://www.youtube.com/watch?v=h0bDpTuiXpk भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले आइतबार बसपार्क क्षेत्रमा आयोजित पत्रकार सम्मेलन मार्फत आफूहरूको माग समेत सार्वजनिक गरेको छ । समितिका संयोजक प्रेमबहादुर गुरुङले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई राज्यले व्यवस्थित विकल्प नदिई हटाउन खोजे समस्या झन्… पुरा पढौ

आर्मीलाई सडेन डेथमा पराजित गर्दै पुलिसलाई प्रथम महिला गोल्डकपको उपाधि

पोखरा, त्रिभुवन आर्मी क्लवलाई सडेन डेथमा पराजित गर्दै नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधी जितेको छ । आर.एस.पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रंगशालाको फुटवल मैदानमा आइतबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पुलिसले टाईब्रेकरमा ४—४ गोल भए पछि सडेन डेथमा जित हासिल गरेको हो । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल सिधै टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि दुबै तर्फ ४—४ गोल भए पछि सडेन डेथमा आर्मीकी इन्दीरा राईको पेनाल्टी सुटलाई पुलिसकी गोलरक्षक… पुरा पढौ

दर्शन बचत तथा ऋण सहकारीद्वारा कौसी खेती तालिम सम्पन्न

पोखरा, ‘समृद्धि तथा श्रीबृद्धिका लागि दर्शन बचत सहकारी’ भन्ने नाराका साथ सञ्चालित दर्शन बचत तथा ऋण सहकारी संस्था लि। ले शनिबार एक विशेष कार्यक्रमका बीच आफ्ना शेयर सदस्यहरूका लागि कौसी खेती सम्बन्धी प्राविधिक तालिम सम्पन्न गरेको छ । सहकारीले सदस्यहरूलाई अर्गानिक खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले प्राङ्गारिक मल, झोल मल बनाउने विधि र कौसी खेतीका विविध प्राविधिक पक्षबारे जानकारी गराएको हो । प्रशिक्षक कान्ती पौडेल अधिकारीले सहभागीहरूलाई घरमै उपलब्ध हुने वस्तुहरूबाट झोल मल बनाउने तरिका, कौसीमा गमला वा ग्रो ब्यागको व्यवस्थापन,… पुरा पढौ

कास्कीमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ

दीननाथ बराल,पोखरा २०, वैशाख, कास्कीमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ पर्नु भएको छ । कास्की जिल्लाको रुपा गाउँपालिका–४ बागेडाँडामा आफ्नै ६२ वर्षीय बुबा राम बहादुर घर्तीको हत्या गरी फरार हुनु भएको उहाँका छोरा ३४ वर्षीय भीम बहादुर भुजेललाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । प्रहरीले घटनाको भोलिपल्टै हत्याको आरोपमा भूजेलले वैशाख १८ गते नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । वैशाख १७ गते साँझ करिब ६ः४५ बजे राम बहादुर घर्ती… पुरा पढौ