समाचार

सीप मै समृद्धिः गण्डकीमा आव २०८१ र ०८२ मा ७८७ लिए सीपमूलक तालिम

पोखरा, गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आव २०८१ र ०८२ मा ३८ वटा तालिम सञ्चालन भइसकेका छन्, जसमा ७८७ जना सहभागी भएको जानकारी गराइएको छ । पछिल्लो ३ महिनामा मात्रै २०४ जना सहभागी १० वटा तालिम पूरा गरी अब व्यवसायिक यात्राको सुरुवातमा छन् ।सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आयोजित समापन कार्यक्रममा सहभागी हुँदै आगामी वर्षमा १४… पुरा पढौ

फोनिज कास्कीः भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषयक गोष्ठी सम्पन्न

पोखरा, असार १९, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ ९फोनिज० कास्की शाखाको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहिबार पोखरामा आयोजित भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषय गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले आदिबासी जनजातिहरुको भाषा, कला र संस्कृति संरक्षण अभियानका लागि पोखरा महानगरको सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले फोनिजकर्मी पत्रकारहरु र विभिन्न आदिबासी संघसंस्थाको बृहतरको लागि महानगरले सधै सहकार्य र… पुरा पढौ

कास्कीका सुनचाँदी पसल ६ दिनदेखि बन्द

दीननाथ बराल,पोखरा, १८ असार, हिजो आज कास्की जिल्लाका सबै जसो सुनचाँदी पसलहरू ६ दिनदेखि बन्द छन्। सरकारद्वारा सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा शुरु भएको यो आन्दोलन अन्तर्गत गत शुक्रबारदेखि कास्की जिल्लाभरका पसलहरू बन्द भएको महासंघ कास्की अध्यक्ष भविन्द्र विश्वकर्माले पोखराक्लिकलाई बताउनु भयो । सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मागमा सुनुवाइ नभएपछि बाध्य भएर आफुहरु आन्दोलनमा जानुपर्ने बाध्यता रहेको उहाँले जनाउनु भएको हो । अध्यक्ष विश्वकर्माले… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्ट सहित सातै प्रदेश प्रमुखको राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं, १८ असार, गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको समग्र अवस्था बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। भेटमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टका साथै कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी थिए। शिष्टाचार भेटका… पुरा पढौ

महिला टी २० क्रिकेट ः कास्की र नवलपुरको जित

गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डीङ च्याम्पियन स्याङ्जा र नवलपुरले पर्वतलाई हराएको हो । पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हराएको छ । ९६ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई ९१ रनमा समेट्दै कास्कीले पहिलो जित हासिल गरेको हो । स्याङ्जाका लागि सिमाना केसी र कुशुम गोदारले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सिमानाले ४०… पुरा पढौ

पोखरामा असार २४ देखि क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता, तयारी अन्तिम चरणमा

पोखराः पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित असार २४… पुरा पढौ

महानगर अस्पताल शिसुवाको अध्यक्षमा गिरीको मनोनयन

लेखनाथ, असार १५ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आईतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गर्नुभएको छ । गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गर्नुभएको हो । अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं। २७ तालचोक निवासी हुनुहुन्छ । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आउनु भएको… पुरा पढौ

५३ बर्षमा बिद्यालयमा अध्ययन सुरु गर्नु भएको गोमा पराजुलीद्धारा ५० हजारको अक्षयकोष स्थापना

पोखरा, पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । पोखरा १७ तल्लो विरुवा निवासी उहाँले आप्mनो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययरत जेहेन्दार एवम् विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ ५० हजार रुपैयाको अक्षयकोषको स्थापना गर्नुभएको हो । गोमा फाउण्डेशनका अध्यक्ष समेत रहनु भएका उहाँले उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कडेललाई सामुहिकरुपमा हस्तान्तरण… पुरा पढौ

सृजना मा.वि.मा विद्यार्थी सम्मान तथा बधाई ज्ञापन

पोखरा, पोखरा– ८, सृजनाचोक, शान्तिमार्ग स्थित सृजना सेकेण्डरी स्कूलले विद्यार्थी सम्मान तथा बधाई ज्ञापन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस्‌ईई) २०८१ मा सम्मिलित भई ४ जिपिए सहित उत्कृष्ट नतिजा प्राप्त गरेर विद्यालयको गरिमा उच्च सफल भएका सम्पूर्ण विद्यार्थीहरूका लागि बधाई तथा सम्मान कार्यक्रम गरी विद्यार्थीलाई सम्मान गरेको हो । विद्यालयका निर्देशक सीता पाण्डेको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा एस्‌।ई। ई। उत्तीर्ण विद्यार्थीहरूका अभिभावक तथा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयका प्राचार्य डोलराज पाण्डे र सल्लाहकार… पुरा पढौ

कास्की मादी गाउँपालिकाको बजेट सार्वजनिक, तेस्रो सन्तान जन्माउनेलाई ५० हजार, २० बर्ष पुगेर विवाह गर्ने दलित महिलालाई १५ हजार प्रोत्साहन

दीननाथ बराल,पोखरा, १७ असार, कास्कीको मादी गाउँपालिकाले अन्ततः एक साता ढिलो गरी आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ६० करोड ५० लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आन्तरिक राजनीतिक विवादका कारण स्थगित भएको गाउँसभा संचालन गर्ने सहमती पछि आज (मंगलबार) पालिका उपाध्यक्ष कल्पना गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। उक्त बजेट मध्य चालु प्रशासनिक खर्चतर्फ १४ करोड ३० लाख, वडाका लागि १९ करोड २० लाख र विभिन्न शाखातर्फ १८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको उनले जनाइन्… पुरा पढौ

This will close in 20 seconds