समाचार

टाइगर कपमा माल्दिभ्सको राष्ट्रिय टोली सहभागि हुने, भलिवल खेलको विकास गर्न एक बिद्यालय एक प्रशिक्षक अभियान आवश्यकः पौडेल (भिडियो सहित)

दीननाथ बराल, पोखरा ६, मंसिर, खेलकुदको शहर पोखरामा आउँदो माघ दोस्रो सातामा आयोजना हुने ‘छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप–२०८२’ मा मालदिभ्सको राष्ट्रिय भलिबल टोलीले सहभागिता जनाउने भएको छ । टाइगर ग्रुप अफ पोखराको आज (शनिबार) पोखरामा सम्पन्न भएको चौथो वार्षिक साधारण सभा उद्घाटनको अवसरमा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले उत्तः कुरा सार्वजनिक गर्नु भएको हो । आउँदो माघ ९ देखि १७ गतेसम्म पोखरामा हुने टाईगर कपमा मालदिभ्सको पुरुष तर्फको राष्ट्रिय टोली पोखरा आउने पक्का भएको उहाँले… पुरा पढौ

कास्की मोर्डनाइज्ड महोत्सव, अभिभावक क्रेता विद्यार्थी विक्रेता

पोखरा – १३ बाँझापाटनकी ईश्वरा लिम्बुले ५ सय रुपैया तिरेर दुई वटा कुसन किनिन् । उनलाई कुसनको आवश्यकता थिएन, तर कास्की मोर्डनाइज्डमा भएको महोत्सवमा जव उनि पुगिन् उनको मन मानेन व्याग बाट ५ सय रुपैया निकलिन र दुई वटा कुसन लिएर हिडिन्। उनी विद्यालयकी अभिभावक हुन् । विद्यालयले आयोजना गरेको महोत्सव अवलोकन गर्न उनि पुगेकी थिईन् । महोत्सवमा विद्यालयका विद्यार्थीले आफैले निर्माण गरेका सामाग्री वेच्दै थिए । ‘महोत्सव अवलोकन गर्न जाँदा विद्यालयका विद्यार्थीले विभिन्न खालका समाग्री निर्माण गरेर वेच्न लागेको… पुरा पढौ

बाटुलेचौरमा निशुल्क आँखा जाँच शिविर,२ सय ७ जना लाभाम्वित

पोखरा, पोेखराको बाटुलेचौरमा भएको निशुल्क आँखा जाँच शिविरबाट २ सय ७ जना लाभाम्वित भएका छन् । त्यस क्षेत्रको अग्रणी सामाजिक संस्था हिमालय क्लवले आयोजना गरेको शिविरमा २ सय ७ जनाले आँखा जाँच गरेकोमा ३५ जनामा मोतियाविन्दुको समस्या देखिएको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए । नयाँ बजारमा रहेको दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगामा भएको शिविरमा दृष्टि विशेषज्ञ डा प्रिन्सा बास्तोला, नेत्र सहायक प्रशिद्धी शाही र स्नेहा पुरीले सेवाग्राहीको जाँच गरेका थिए । मोतियाविन्दु देखिएका विरामीको अस्पतालको समवन्यमा उपचार गरिने बताईएको… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन

पोखरा, मंसिर ६, एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएको एभरेस्ट मिडिया हाउसले जनाएको छ । रक्तदान कार्यक्रममा जिल्ला प्रहरी… पुरा पढौ

जापानको नायोरो नगरको प्रतिनिधिमण्डललाई स्वागत

पोखरा, ६ मङ्सिर, जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा पोखरा बृद्धाश्रममा स्वागत गरिएको छ ।नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो, नायोरोका समाजकल्याण शाखा प्रबन्ध निर्देशक युटो गोटो सहितको प्रतिनिधिमण्डललाई पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली लगायतले स्वागत गर्नुुभएको थियो । कार्यक्रममा नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतोले आँफू पोखरा दोस्रोपटक आएको र यो धेरै मनपर्ने ठाउँ भएको बताउनुुभयो । जापानमा ज्येष्ठ नागरिकलाई गरिने हेरचाह, औषत आयु लगायतका विषयमा उहाँले जानकारी दिनुुभयो ।पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले २०५३ सालमा समाजसेवी स्व.ऋषिकेशव पराजुलीले… पुरा पढौ

दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

पोखरा, ५ मंसिर, राष्ट्रिय दलित आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका सदस्य मेहले पार्कीले शुक्रबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको पाँचौ वार्षिक प्रतिवेदन पेस गर्नुभयो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भट्टले दलित समुदायको हक, अधिकार र समानताका लागि राष्ट्रिय दलित आयोगले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । गत कार्तिक २१ गते मात्रै गण्डकी प्रदेश दलित… पुरा पढौ

कोरियन एस्थेटिक ‘लेट मि इन’ को शाखा पोखरामा, नीति शाह र सिसन बानियाँले गरे उद्घाटन, १० दिनसम्म ३५ प्रतिशत छुट

पोखरा, ५ मंसिर, स्किन केयरका लागि स्थापित कोरियन एस्थेटिक ‘लेट मि इन’ ले पोखरामा शाखा विस्तार गरेको छ । चिप्लेढुंगामा रहेको पोखरा टे«ड मलको चौंथो तलामा शुक्रबारदेखि शाखा सञ्चालनमा आएको हो । ‘लेट मि इन’ को उद्घाटन कलाकार नीति शाह, डिजिटल कन्टेन्ट क्रियटर तथा भ्लगर सिसन बानियाँ र प्रबन्ध निर्देशक लि मिन क्योङले गरे । काठमाडौंको बानेश्वर र महाराजगञ्जपछि पोखरामा यो तेस्रो शाखा हो । शाखा उद्घाटनमा नायिका नीति शाहले ‘लेट मि इन’ को सेवाबाट आफू प्रभावित भएको बताइन् ।… पुरा पढौ

परिवार नियोजनको अभियान भारती भवन र इन्द्रराज्य लक्ष्मीमा

पोखरा, ५ मंसिर , नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ ।पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १९ को भारती भवन मा.वि र पोखरा महानगरपालिका वडा नं १६ को इन्द्रराज्य लक्ष्मी मा.विमा अभियान संचालन गरिएको छ । अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिनेछ । भारती भवनमा… पुरा पढौ

नेपाल प्रहरीलाई नेपाल लाईफ इन्स्योरेन्सको सहयोग

पोखरा, ५ मंसिर, जीवन वीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल प्रहरीलाई कम्प्युटर र सन्देशमुलक बोर्ड हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबिच कम्पनीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा, कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीलाई ती सामाग्री हस्तान्तरण गरेको हो । कम्पनीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडालाई ७५ थान ट्राफिकसंग सम्बन्धीत सूचनामुलक बोर्ड र जिल्ला प्रहरी कार्यालय कास्कीका लागि ५ थान कम्प्युटर हस्तान्तरण गरेको हो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइयो० प्रवीणरमण… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान भोलि, तयारी पुरा

पोखरा, मंसिर ५, एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा भोलि पोखरामा बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा भोलि रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा रक्तदान कार्यक्रम हुन लागेको हो । ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित विहान ७ बजे शुरु हुने रक्तदान कार्यक्रम मध्याह्न १२ बजेसम्म जारी रहने जनाइएको छ । एभरेस्ट मिडिया हाउसले १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक… पुरा पढौ