समाचार

सीप सिकाउँदै पोउवा संघको सामाजिक विकास, केन्द्रविपन्न बस्तीका बालबालिकालाई जीवनपयोगी शिक्षा

पोखरा, ४ माघ, पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले बाल क्लब पदाधिकारी लक्षित दुईदिने जीवनोपयोगी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाहरूलाई जीवनोपयोगी सीप,नेतृत्व विकास,आत्मविश्वास अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणमा बालमनोविद तथा शिक्षक प्रेमनारायण पोखरेल‘पानी पोखरेल’ले सहजीकरण गरेका थिए । किडासाको सहयोगमा माघ २ र ४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा पोखरा नगर क्षेत्रभित्रका ९ ठाउँमा रहेका अव्यवस्थित बस्तीका ७६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक… पुरा पढौ

पोखरा महोत्सवमा दर्शकहरुलाई अफरै अफर

पोखरा, पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयामा दुई तर्फी यात्राको अफर ल्याएको छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको… पुरा पढौ

पोखरामा फोहोर नउठ्दा सहरमा दुर्गन्ध फैलिन सुरु

दीननाथ बराल,पोखरा–४, माघ, पोखराका सडक, चोक र पेटीछेउ हिँड्दा के तपाईलाई कुनै दुर्गन्ध फैलिएको जस्तो महसुस गरि रहेका छौं हो, त्यसको कारण पछिल्ला ८–९ दिनदेखि फोहोर नउठ्नु नै हो । सहरका मुख्य चोकदेखि भित्री टोलसम्म सडकैभरि फोहोरको थुप्रा देखिन थालेपछि पोखराको वातावरण दिनदिनै असहज बन्दै गएको स्थानीयले पोखराक्लिकलाई बताएका छन् । पोखरा महानगरपालिकाको वडा नम्बर ३२, लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइट भरिएपछि पुसको अन्तिम सातादेखि त्यहाँ फोहोर लैजान बन्द गरिएको थियो । तर त्यसपछि वैकल्पिक व्यवस्था नहुँदा सहरभरि फोहोर उठ्न… पुरा पढौ

टाइगर कपमा सहभागी हुने माल्दिभ्सको टोली नेपाल आइपुग्यो, सोमबारदेखि पोखरामा अभ्यास खेल

दीननाथ बराल,पोखरा ४, माघ, पोखरामा माघ ९ गतेदेखि सुरु हुने छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा सहभागी हुने माल्दिभ्सको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको छ । टोली आइतबार काठमाडौं अवतरण गरेको प्रतियोगिताका संयोजक कुमार गुरुङले पोखराक्लिकलाई बताए । माल्दिभ्स टोलीलाई स्वागत गर्न काठमाडौंमा टाइगर ग्रुप अफ पोखरा नेपालका सह–कोषाध्यक्ष जीवन भण्डारी, नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाह र सदस्य निलम खड्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । प्रतियोगिताका खेल सञ्चालनका लागि एभीसी अन्तर्राष्ट्रिय रेफ्री अहमद… पुरा पढौ

धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार

पोखरा, ४ माघ, पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानीत हुन लागेका हुन् । नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रहेको छ… पुरा पढौ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

माघ ४, पोखरा, मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदाय संस्कार संस्कृति सम्बन्धि सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ बाजी मारेकी हुन् । बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको दशौं संस्करणको मिस तामाङ पोखरामा मिस व्युटी विथ परपोज… पुरा पढौ

२६ औँ आदर्श कप माघ ९ गतेदेखि हुने, पुलिस र शसस्त्र प्रहरी ससिहत ८ टिम सहभागि हुने (भिडियो)

दीननाथ बराल,पोखरा, ३ माघ पोखरा २९ को आदर्श युवा क्लबको आयोजनामा पोखरामा यही माघ ९ गतेदेखि २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । माघ १६ गतेसम्म भण्डारढिकको खेलमैदान (लेखनाथ रंगशाला) मा संचालन हुने प्रतियोगितामा दुई विभागीय नेपाल पुलिस र शसस्त्र प्रहरीको टोली सहित आठ टिमको सहभागिता रहने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=AvPxDEvcJY4 प्रतियोगितामा दुई विभागिय नेपाल प्रहरी (गण्डकी प्रदेश) र सशस्त्र प्रहरी बल (मुक्तिनाथ बाहिनी मुख्यालय), सहित आयोजक आदर्श युवा… पुरा पढौ

चौथो रुमा सांगीतिक मेला चैत तेश्रो साता हुने, शिक्षा र पर्यटन प्रवर्द्धनको आधार बन्ने अपेक्षा (भिडियो सहित)

दीननाथ बराल,पोखरा ३, माघ, म्याग्दीको रमणीय रुमा गाउँमा चौथो रुमा सांगीतिक मेला आउँदो चैत महिनाको तेश्रो साता हुने भएको छ । शिक्षा र पर्यटनलाई सँगै अघि बढाउँदै गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित चैत २० र २१ गते उक्त मेला आयोजना हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=3BsClldeG98 लालीगुराँस युवा क्लबको आयोजनामा हुन लागेको यस मेलाले लोपोन्मुख मौलिक संस्कृति संरक्षणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस मेलामा स्वदेशी मात्र नभई विदेशी सहयोग समेत… पुरा पढौ

सुविधा सहकारीको रजत महोत्सव

पोखरा ८ सिमलचौरमा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था को २५ औँ वार्षिक उत्सव तथा रजत महोत्सव विविध कार्यक्रमहरू सहित समापन गरिएको छ। स्थानीय युवाहरूद्वारा सामाजिक गतिविधि आर्थिक सहभागिता गराउने उद्देश्यले स्थापित सहकारीले २८ करोडको कुल कारोबार सहित सामाजिक क्रियाकलापहरु गर्दै आएको सचिव वीरबहादुर अधिकारीले बताए । सो महोत्सवको शुभारम्भ गर्दै पूर्व अध्यक्ष एवं पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले उत्कृष्ट विद्यार्थी कर्मचारीलाई सम्मान गर्दै सहकारी गतिविधिले समाजमा आर्थिक सहभागिता बढाउन महत्वपूर्ण योगदान गरेको बताएका छन्… पुरा पढौ

पोखरा महोत्सवबाट २५ सयमा मुक्तिनाथको यात्रा गराइने

पोखरा, पोखरा महोत्सवबाट २५ सय मा मुक्तिनाथको यात्रा गराउने भएको छ । यात्रुहरुलाई निशुल्क खाना र खाजाको समेत ब्यवस्था मिलाइने छ । पोखराको अमरसिंह चौरमा जारी १४ औं पोखरा महोत्सव स्थलबाट पोखरादेखि जोमसोम मुक्तिनाथ यात्रामा विशेष छुट सहित मात्र २५ सयमा पोखरा मुक्तिनाथ, मुक्तिनाथ पोखरा यातायात ब्यवस्था मिलाईने भएको हो । अन्य समयमा एकतफी यात्राको भाडादर १८ सय रहेको पोखरा मुक्तिनाथ यात्रा पोखरा महोत्सव आयोजकले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको समन्वयमा पोखरा मुक्तिनाथ दुईतर्फी यात्राको ब्यवस्था २५ सयमा उपलब्ध गराएको… पुरा पढौ