समाचार

चैतमा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे को कन्भेन्सन

पोखरा, २९ फागुन , लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल को चौथो डिस्ट्रिक कन्भेन्सनको तयारी शुरु भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा पोखरास्थित पोखरा इभेन्ट सेन्टरमा यही चैत्र २१ गते शनिबार आयोजना हुने कार्यक्रमका कार्यक्रम संयोजक तथा कन्भेनर सूर्य बराल जानकारी दिनुभयो । अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न ४१ वटा उपसमिति गठन गरिएको छ। गण्डकी प्रदेशका विभिन्न लायन्स तथा लियो क्लबका प्रतिनिधि र सदस्यहरूको व्यापक सहभागितासहित कार्यक्रम सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। अधिवेशनको… पुरा पढौ

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

झापा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उहाँका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको उहाँको आफन्तले जनाउनु भएको छ । आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा उहाँको निधन भएको भएको हो । केही देखि मोहन प्रसादको स्वास्थ्यमा समस्या भएको थियो । उहाँको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमाले श्रोतले जनाएको छ । पुरा पढौ

पीएम कप क्रिकेटको प्रदेशस्तरीय छनोट प्रतियोगितामा कास्की र स्याङ्जाको विजयी सुरुवात

दीननाथ बराल, पोखरा २८, फागुन, प्रधानमन्त्री (पीएम) कप गण्डकी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा कास्की र स्याङ्जाले विजयी सुरुवात गरेका छन् । आज (बिहीबार) भएको दुई खेलमा कास्कीले बागलुङलाई फराकिलो अन्तरले पराजित गर्दा स्याङ्जाले तनहुँलाई ४४ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेका हुन् । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा कास्कीले बागलुङलाई २५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको बागलुङविरुद्ध कास्कीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३२६ रनको विशाल योगफल खडा गर्यो ।… पुरा पढौ

नेपाल पत्रकार महासंघका कास्कीको महिला संवाद कार्यक्रम सम्पन्न

पोखरा, फागुन २८, नेपाल पत्रकार महासंघको आयोजना र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा महिला संवाद कार्यक्रम सम्पन्न भएको छ । “महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मुल नाराका साथ मनाइएको ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आफ्नो प्रस्तुतिकरण राख्दै कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवालले अबको युगमा छोरीलाई संरक्षण सहितको होइन प्रगतिशील मायाको आवश्यक रहेको बताउनुभयो । महिलालाई समान अधिकार र पहुचका लागि वंशिय र अंशिय अधिकारका… पुरा पढौ

वैवाहिक बर्षगांठको अवसरमा पोखरा वृद्धाश्रममा भोजन

गण्डकी, २८ फागुन, बैवाहिक जीवनको पच्चिस बर्ष पुरा भएको अवसरलाई मानवसेवामा रुपान्तरण गर्दै यहाँका एक जना सञ्चारकर्मीले पोखरा वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकको लागि भोजनको व्यवस्था गर्नुभएको छ । नेपाल टेलिभिजन पोखरा समाचार दाता गिरिधारी पोखरेलले आप्mनो वैवाहिक बर्षगाँठ वृद्धाश्रमका बुवा आमासंग मनाउनु भएको हो । सामान्यतया यस्ता खुशीका क्षण तारे होटल वा औपचारिक कार्यक्रममार्पmत मनाइने प्रचलन बढि रहेको वर्तमान अवस्थामा शर्माले त्यस्तो फजुल खर्च कटाएर समाजका असहाय र विपन्न जेष्ठ नागरिकसंग खुशी साट्ने निर्णय गरेको बताउनु भयो । श्रीमती लक्ष्मी,… पुरा पढौ

भोलिदेखि पोखरा सहित देशभर आधा सिलिण्डर ग्याँस बजारमा जाने, विद्युतमा खाना पकाउन वर्तौलाको सुझाव

पोखरा, विश्व बजारमा देखिएको ग्याँस अभावका कारण भोलि (शुक्रबार) देखि पोखरा सहित देशभर आधा भरिएको एलपी ग्याँस सिलिण्डर बजारमा पठाइने भएको छ । गृह लक्ष्मी ग्याँस उद्योगका सञ्चालक धर्मराज वर्तौलाका अनुसार नेपाल आयल निगमको निर्देशनअनुसार ग्याँसको अभाव व्यवस्थापन गर्न अस्थायी रूपमा आधा सिलिण्डर मात्रै वितरण गरिने व्यवस्था लागू गर्न लागिएको हो। उहाँले पोखराक्लिकसँग कुरा गर्दै बिहीबारसम्म बिल काटेर वितरणका लागि पठाइएका सिलिण्डरहरू बाहेक शुक्रबारदेखि भने बजारमा आधा भरिएको सिलिण्डर मात्रै पठाइने जानकारी दिनुभयो । विश्व बजारमा देखिएको आपूर्ति समस्या र… पुरा पढौ

पोखरामा भएको गेमिङमा अमन पहिलो, राजन दोस्रो

पोखरा, नेपालमा काठमाडौं बाहिर पाहिलो पटक बिहीबार पोखरामा आयोजित आरओजी सटडाउन सेरिज प्रतियोगितामा अमन गुरुङ प्रथम बनेका छन् । नागमणि प्रालि र आसुसको सहयोगमा जेनेक्स अटोमेसनमा भएको प्रतियोगितामा दोस्रो राजन लामा बने । गुरुङ र लामालाई क्रमशः २० हजार र १० हजार नगदसहित उपहार प्रदान गरियो । उनीहरुलाई जेनेक्सका सञ्चालक नवीन पौडेल, कल्पना कार्की, आसुस नेपालको तर्फबाट सुरेश रौनियार लगायतले पुस्तकार प्रदान गरे । कार्यक्रम सञ्चालन भानु लम्सालले गरेका थिए । पोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना गरिएको… पुरा पढौ

अन्ततः मा.महाविर पुन माथि दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ

दीननाथ बराल,पोखरा, २८ फागुन, प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुनमाथि पोखरामा पुस्तक बिक्रीका क्रममा दुव्र्यवहार गर्ने व्यक्ति अन्ततः पक्राउ परेका छन्। पोखरा महानगरपालिका–१३ बाँझापाटनका ४३ वर्षीय विकास गुरुङलाई बुधबार पोखरा–९ महेन्द्रपुलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गुरुङलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले पोखराक्लिकलाई जानकारी दिए । फागुन २५ गते पोखराको पृथ्वीचोकमा डा। पुनसहितको टोलीले “महाविर पुन स् सम्झना, सपना र… पुरा पढौ

पोखराका पूर्व मेयर तथा एमाले नेता थापाको निधन

दीननाथ बरालपोखरा २८, फागुन, सम्भवत हृदयाघातका कारण पोखराका पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्णबहादुर थापाको निधन भएको छ । आज (बिहीबार) कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठकमा बोल्दै गरेका थापा एक्कासि ढलेपछि उपचारका लागि तत्काल मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो। तर अस्पतालले दिउँसो करिब ३ः४० बजे उहाँलाई मृत घोषणा गरेको एमाले कास्कीले जनाएको छ । पार्टी कार्यालयमा आयोजित बैठकमा करिब १० मिनेट आफनो भनाई राखेपछि थापा कुर्सीमा बस्नु भएको थियो । मन्तव्य सकेपछि… पुरा पढौ

पोखरामा ५ वर्षपछि खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने तयारी, चैत पहिलो साता हुने प्रतियोगितामा ८ देशका खेलाडी सहभागि हुदै

दीननाथ बराल, पोखरा २८, फागुन खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप पुनः ५ बर्ष पछि सञ्चालन हुने भएको छ । कोभिड–१९ महामारी र विभिन्न प्रशासनिक तथा प्राविधिक कारणले विगत पाँच वर्षदेखि संचालन हुन नसकेकोे २१ औं संस्करणको नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप आगामी चैत ५ गतेदेखि ७ गतेसम्म पोखरामा आयोजना हुने भएको नेपाल हवाई खेलकुद संस्था ना ले पोखराक्लिकलाई जनाएको छ । पाँच वर्षपछि आयोजना हुन लागेको प्रतियोगितामा नेपालसहित हालसम्म ८ देशका ८७ जना प्याराग्लाइडिङ पाइलटहरूले अनलाइनमार्फत नाम दर्ता गराएको प्रतियोगिताका संयोजक सुनिल… पुरा पढौ

This will close in 20 seconds