प्रत्येकवर्ष माघे सङ्क्रान्तिका दिन पोखराको ढुङ्गेसाँघुमा लाग्ने मेलामा यसवर्ष रैथाने बालीको प्रदर्शनी गरिने भएको छ । परापूर्व कालदेखि ढुङ्गेसाँघुमा लाग्ने मेलालाई प्राकृतिक मेलाका रुपमा लिइन्छ । मेलाका अवसरमा पोखरा महानगरपालिकाको कृषि महाशाखाले महानगरस्तरीय जैविक विविधता प्रदर्शनी मेला गर्न लागेको महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । विभिन्न रैथाने बाली लोप हुँदै गएका अवस्थामा तिनको जगेर्ना गर्ने उद्देश्यका साथ प्रदर्शनी गर्न लागिएको उहाँको भनाई छ । उक्त अवसरमा महानगरअन्तर्गतका ३३ वटै वडाका किसानबाट आ–आफ्ना स्थानमा उत्पादन हुने रैथाने बाली अनदी, घैया,…
पुरा पढौ