प्रमुख समाचार

जाईकाबाट पोखरामा नयाँ टेक्नोलोजीको विकास ः मेयर आचार्य

पोखरा, २५ मंसिर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल र जापान बीचको सम्वन्ध हर प्रकारले सकारात्मक भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित रिजल्ट डिब्रिफिङ तथा समापन सत्रको उद्घाटन गर्दै खानेपानी क्षेत्रमा गरेको सुधारले पोखरेली उपभोक्ता र पर्यटकलाई शुद्ध र सफा पानीको व्यवस्था गरेको बताए । नयाँ टेक्नोलोजीको विकास र प्रयोग भएको भन्दै पोखराका प्रमुख आचार्यले पोखराको फोहोर पानी व्यवस्थापनमा जाइकाको सहयोग हुनेमा विश्वास व्यक्त गरे । मेयर आचार्यले पोखरा भौगोलिक विशालता र जनसंख्या बृद्धिदर उच्च भएकाले पानीको माग बढ्दै… पुरा पढौ

पोखराको ढुङगेसाँघु, पट्नेरीमा कोटिहोमः राजनीतिक तथा सामाजिक अगुवाहरुको साथ समर्थन

पोखरा २५ मंसिर पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा विभिन्न राजनीतिक दल र सामाजिक संघ संस्थाले सहभागि भएर समर्थन जनाएका छन् । यज्ञ आयोजक अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले राजनीतिक दल, समाजका प्रतिष्ठित तथा समाजसेवी र महिला समूहरुको बाक्लो उपस्थिती रहेको जानकारी दिए । कोटिहोममा संघीय सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहभागी भएर समितिको धार्मिक क्षेत्र बनाउने योजनामा साथ र समर्थन… पुरा पढौ

१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु, मार्च पासमा ंकास्की मोडनाइज्ड एकेडेमी प्रथम, पोखरामा खेलकुदको धेरै सम्भावना छः मन्त्री चौधरी

पोखरा २५ मंसीर, नेशनल प्याव्सन कास्कीको आयोजना मंगलबार देखि १४ औ एन प्याव्सन खेलकुद महोत्सव शुरु भएको छ । मंसीर २१ गते देखि अनौपचारिक रुपमा खेलहरुमा प्रतिस्पर्धा भए पनि औपचारिक रुपमा भने मंगलबार देखि शुरु भएको हो । ‘एनप्याब्सन कास्कीको इच्छा ः विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ शुरु भएको खेलकुद महोत्सव २८ गते सम्म चल्ने छ । खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९… पुरा पढौ

जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ ः दोस्रो दिन रोमाञ्चपूर्ण, नेपाली खेलाडीले बनाए बलियो पकड

पोखरा २५, मंसिर, पोखरामा जारी जे३० वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत दोस्रो दिनका खेलहरु समेत निकै रोमाञ्चपूर्ण रुपमा सकिएका छन् । नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी रहँदा सहभागि खेलाडीहरुको उत्साहपूर्ण खेलले स्थानिय दर्शक समेत निकै उत्साहित बने । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको ब्वाइज सिंगल्समा प्रणव मानन्धरले भारतका आर्यन कङ्करवाललाई ६–२, ६–२ को सहज जित निकाल्दै राउन्ड अफ १६ मा स्थान सुरक्षित गरेका छन् । त्यसै गरी पहिलो पटक आइटिएफ जे३० मा सहभागि रहेका स्पन्दन उदासले भारतका… पुरा पढौ

आर्दश कपमा बुधबार आयोजक आदर्श युवा क्लव र कास्की ११ पहिलो सेमिफाइनलमा भिड्ने

पोखरा २५ मंसिर, पोखराको भण्डारढिकमा जारी २५औं आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । आर्दश कपमा भोलि (बुधबार) आयोजक आदर्श युवा क्लव र कास्की ११ बिच पहिलो सेमिफाइनल खेलमा भिड्ने भएका छन् । मंगलबार एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसंगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो । मंगलवार भएको खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशलाई २–१ गोलले पाखा लगाउँदै गोरखा जिल्ला फुटवल संघले सेमिफाईनलमा स्थान पक्का गरेको हो । खेलको पहिलो हाफको ५५… पुरा पढौ

प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता पोखरामा सुरु, खेलकुदलाई प्रथामिकता दिन्छौंः अध्यक्ष केसी

पोखरा २५, मंसिर पोखरामा आज देखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा आजदेखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको हो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको पहिलो खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका ९सेतो०ले कास्कीको अन्नपूर्ण गाउँपालिका ९कालो०लाई ५०–२२ ले पराजित ग¥यो । यस्तै दोस्रो खेलमा कास्कीको अन्नपूर्ण गाउँपालिका ९सेतो०ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ९सेतो०लाई ४६–४२ अङ्कले पराजित ग¥यो । यस्तै तेस्रो खेलमा… पुरा पढौ

लेखिएको मानवअधिकार, नदेखिएको व्यवहार

विश्व समुदायमा सगरमाथाको देश । गौतम बुद्धको देश । प्राकृतिक छटाले भरिपूर्ण मात्र हैन, थुपै्र सांस्कृतिक एवम् ऐतिहासिक धरोहरले सजिएको देश । तर मानवरुपी दानव व्यवहारधारीको बास भएको ठाउँमा प्रकृतिले सौन्दर्य खन्याई दिएर मात्र हुँदोरहेन्छ । बुद्धुहरुको हालिमुहालीमा बुद्ध जन्मेर मात्र हुँदोरहेछ । त्यसैले आज सबै उपमाहरु अँध्यारोमा रुमालिएका छन् । सबैले देख्ने गरी लेखिएको मानवअधिकारमा नदेखिएको व्यवहारका साक्षी बस्न बाध्य भएका छन् । राज्य मानवअधिकार उल्लङ्घनमा सिपालु भएको छ । सोही प्रवृत्ति रुचाउने देशका नागरिक हामी व्यवहारमा होइन, देखाउन… पुरा पढौ

२६ औं संस्करणको पोखरा सडक महोत्सव २०८१ पौष १३ देखि हुने

दीननाथ बराल, पोखरा २४, मंसिर, रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ बर्षको अवसरमा संचालन हुने २६ औं संस्करणको पोखरा सडक महोत्सव २०८१ आउँदो पौष १३ देखि हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पौष १७ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ किलोमिटर क्षेत्रमा उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा विगत २५ वर्ष… पुरा पढौ

पोखरामा फोटोनको भव्य शुभारम्भः ३ दिने टेस्ट ड्राइभ अनुभवःअभियानको साथ माउन्टेन ईभीको परिचय

फोटोन नेपालले आफ्नो क्रान्तिकारी माउन्टेन ईभी भ्यानको पोखरामा भव्य शुभारम्भ गरेको छ। विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको माउन्टेन ईभी भ्यानमा ५३.५८ kWh ब्याट्री रहेको छ जसले ३०० किमी (NDEC) सम्मको दायरा प्रदान गर्दछ। १३० kWh को चरम शक्ति र ३३० Nm को अधिकतम टर्कसँगै यो ईभी भिरालो पहाडहरुमा पनि सजिलैसँग गुड्नको लागि बनाइएको छ। भव्य शुभारम्भपछि फोटोन नेपालले ग्राहकहरूलाई माउन्टेन ईभीको असाधारण प्रदर्शनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्दै ३ दिने विशेष टेस्ट ड्राइभको अनुभव प्रदान… पुरा पढौ

रंगशालामा हुने प्रथम अन्नपूर्ण अध्यक्ष कपको तयारी पूरा,उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्ने

पोखरा, २४ मंसिर, पोखराको रंगशालास्थित बास्केटबल कोर्टमा मंगलबार (भोलि) देखि सुरु हुने गण्डकी प्रदेश पालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा हुने ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । उनका अनुसार यही २५ गतेदेखि २९ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्नेछन् । उनले पुरुषतर्फ कुल १२ टिमको सहभागिता… पुरा पढौ