जिवनशैली पत्रिका

युवा तथा खेलकुद मन्त्रीलाई कमिटीको स्वागत

नेपाल ओलम्पिक कमिटीले नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजझक्त श्रेष्ठको स्वागतमा शुत्रबार विशेष कार्यक्रम गरेको छ । कमिटीका प्रमुख पदाधिकारी तथा विभिन्न संघका अध्यक्षहरूले मन्त्री श्रेष्ठको कार्यकालको सफलताको कामना गरेका थिए । त्यस अवसरमा मन्त्री श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि सबै क्षेत्र मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा कुटनीतिक सम्बन्ध बढाउन र त्यसलाई मजबुत बनाउन खेलकुद सबैभन्दा उपयुक्त माध्यम भएको बताए । यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री श्रेष्ठको कार्यकालमा नेपाली खेलकुदको विकासमा थप टेवा पुग्ने… पुरा पढौ

सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीका दुई हलमा चपसले राख्यो रिभ्यू बक्स

पोखरा १०, चैत सिनेमा हेरिसकेपछि दर्शक प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स राखिएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखराका दुई मल्टीप्लेक्स सिनेमा घर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो । शुक्रबार एक कार्यक्रमका बीच मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले उदघाटन गरेका हुन् । नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी चपस कास्कीको छ । चपस कास्कीले रिभ्यू बक्स हलमा राखेर उदाहरणीय काम गरेको मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले… पुरा पढौ

कास्कीको भीरबाट लडेर गोरखाका एक जनाको मृत्यु

भिरबाट लडेर जिल्लाको शहिदलखन गाउँपालिका वडा नम्बर २ घर भएका ५० वर्षिय याम बहादुर थापा को मृत्यु भएको छ ।कास्कीको माछापुच्छ्रे गाउँपालिका १, स्थित ज्यामिरे भिरबाट लडेर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । करुवा सेति हाईड्रोपावरमा मजदुरी काम गर्ने थापा काम गर्दै गर्दा बिहीबार अचानक अन्दाजी ३ सय मिटरमाथि भीरबाट तल खसी मृत्यु भएको सशस्त्र प्रहरी बल, कालिका गण, मालेपाटनले जानकारी दिएको छ । थापाको शवलाई गणबाट खटी गएको विशेष विपद् उद्धार टोलीले झिकेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान… पुरा पढौ

गण्डकी पारा खेलकुदका सम्पूर्ण इभेन्टहरु सम्पन्न

गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पूर्ण इभेन्टहरु शनिबार पोखरा रंगशालमा सम्पन्न भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा महिला पुरुष दृष्टिबिहिन क्रिकेट, बहिरा पुरुष भलिबल, ह्विलचयर पुरुष बास्केटबल, ह्विल चियर टेबुल टेनिस, बहिरा महिला व्याडमिन्टन र बहुअपङ्गता बोसियाका खेलहरु सम्पन्न भएका हुन् । प्रतियोगिता अन्तर्गत ह्विलचियर बास्केटबल पुरुषतर्फ हरियो खर्क अस्पताल बिजेता बनेको छ भने उपविजेता नवलपुर ह्विलचियर टिम र तेस्रो स्थान पोखरा महानगर पालिका ह्विलचियर टिम बनेको छ । बिजेता टिमले बिजेता, उपबिजेता र तेस्रो स्थान… पुरा पढौ

निस्शुल्क दन्त शिविरमा २२७ लाभान्वित

रोट्रायक्ट क्लब अफ हेमजाको आयोजना तथा बिष्णु पादुका क्लबको सह आयोजनामा पोखरा २५ हेमजामा शनिबार निस्शुल्क दन्त शिविर शनिबार सम्पन्न भएको छ । सिद्दार्थ डेण्टल एण्ड स्किन केयर प्रा।लिको प्राबिधिक सहयोग तथा वडा नं। २५ वडा कार्यालयको समन्वय भएको कार्यक्रममा २२७ जना लाभान्वित भएको कार्यक्रम संयोजक बिकल थापाले जानकारी दिनुभयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष टोय बहादुर भट्टराईले सफलताको शुभकामना दिदै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा बिष्णु पादुका मा।बिका अध्यक्ष… पुरा पढौ

प्रियाः मुक्तक सङग्रहको लोकार्पण तथा परिचर्चा

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित प्रियाः मुक्तक सङग्रहको शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको कार्यक्रमका बीच लेखक तथा शिक्षाविद् विष्णुप्रसाद अधिकारीले उक्त कृर्ति लोकार्पण गरेका हुन् । कृर्ति लोकार्पण गर्दै अधिकारीले प्राध्यापक निष्कलङक हुनुपर्नेमा जोड दिर्दै साहित्यको शक्ति जीवन्त रहने औँल्याए।उनले विद्यार्थीहरुमा नैतिक आचारण सिकाउन सुझाव दिर्दै सबै कुरालाई आर्थिक नजरले मात्रै हेर्ने पारीपाटीको अन्त्य गर्नुपर्ने सुझाए । पछिल्लो समय प्राध्यापकहरु राजनीतिक रुपमा प्रतिबद्ध रहदाँ प्राज्ञिक मूल्यमान्यता हराउँदै गएको तर्फ उनले… पुरा पढौ

लायन्स पोखरा लेकसिटीको अध्यक्षमा विद्याप्रसाद मर्सानी

लायन्स क्लब अफ पोखरा लेकसिटीले लायन वर्ष २०२४÷०२५ को लागि विद्याप्रसाद मर्सानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको निवर्तमान अध्यक्ष सोभितमान बुद्धाचार्य रहेका छन् भने प्रथम उपाध्यक्षमा सुदीप प्रधानाङ्ग, द्धितीय उपाध्यक्षमा सत्यनारायण मण्डल,तृतीय उपाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ,सचिवमा मोहन बास्तोला,सहसचिवमा राजेशमान बुद्धाचार्य र कोषाध्यक्षमा प्रेम शेरचन रहेका छन् । शुक्रबार सम्पन्न अधिवेशनले एलसीआइएफ को–अर्डिनेटरमा विन्दुकुमार थापा ,मार्केटिकङ एण्ड कम्युुनिकेसन चियरपर्सनमा दशरथमान बुद्धाचार्य ,क्लब सर्भिस चियरपर्सनमा मोहनसिंह लालचन,प्रोगाम को–अर्डिनेटर चियरपर्सनमा नारायण शर्मा ,इन्फर्मेसन एण्ड टेक्नोलोजी चियरपर्सनमा वैभव पौडेल, मेम्बरसीप चियरपर्सनमा सुशिन… पुरा पढौ

लेकसाइडलाई कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

पोखरा, ९ चैत पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पोखराको बाराहीघाटमा सम्पन्न पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि लेकसाइड पहेंलोले जितेको छ । बाराहीघाटस्थित खेलमैदानमा आज भएको फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहेंलोले उपाधि जितेको हो । खेलको निर्धारित समय गोलरहित भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा लेकसाइड पहेंलोका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार बिफल बनाउँदै उपाधि चुमाए । उनै बस्नेत प्रतियोगिताको उत्कृष्ट गोल रक्षक… पुरा पढौ

व्याजदर एकल अंकमा ल्याउन पोखराका पर्यटन व्यवसायीको माग

पोखराका पर्यटन व्यवसायीहरुले व्याजदर एकल अंकमा ल्याउन माग गर्नु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आज भेटेर उक्त माग सहित ६ बुंदे ज्ञापन पत्र पेश गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । व्याजदर एकल अंक र घर कर्जाजस्तै व्यवसाहिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने, पर्यटन क्षेत्रमा बैक तथा बित्तिय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने, चालुपँुजी कर्जा निर्देशन अनुसार कारोवारको आधारमा चालुपँुजी कर्जा दिईनेमा पर्यटनमा अहिलेको ब्यापार औशत भन्दापनि कम छ, त्यसैले यसमा पुर्नविचार गर्नुपर्ने माग… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई साहसको साथ

काठमाण्डौं ९, चैत नेपालमा दुई दशकदेखि खेल पोशाक तथा सामाग्री उत्पादक साहस स्पोर्टस्ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०र्’ लाई सफल पार्न साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले सहयोग गर्दै साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपाने र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएकोे हो । साहसले अवार्ड… पुरा पढौ