जिवनशैली पत्रिका

पत्रकार महासंघको महाधिवेशन समयमै सम्पन्न गर्न प्रेस सेन्टरको ध्यानाकर्षण

काठमाण्डौं २९, चैत, प्रेस सेन्टर नेपालले तोकिएकै समयमा पत्रकार महासंघ नेपालको महाधिवेशन सम्पन्न गर्नुपर्ने भन्दै महासंघको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टर नेपालको गत आइतबार काठमाडौंमा सम्पन्न पदाधिकारी बैठकले विधान बमोजिम तोकिएकै समयमा पत्रकार महासंघको महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै ध्यानाकर्षण गराएको हो । साथै बैठकले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणको विषयलाई पनि गत साधारणसभाको निर्णय बमोजिम नै अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको संगठनका अध्यक्ष बिष्णु सापकोटा र महासचिव सन्तोष पौडेलले जारी गरेको परिपत्रमा उल्लेख छ । संगठनको पदाधिकारी बैठकपछि जारी… पुरा पढौ

डिफेन्डिङ च्याम्पियन ढोलाहिटिलाई एबिसी फोर्टी फाइभ प्लस एट ए साईड फुटवलको उपाधी

डिफेन्डिङ च्याम्पियन ढोलाहिटि फ्रीडमले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ढोलाहिटिले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो । उपाधी संगै ढोलाहिटिले नगद १ लाख ७७ हजार ७ सय ७७ शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता हेटौडाले नगद ७७ हजार ७ सय ७७ मा चित्त बुझाउनु प¥यो । प्रतियोगितामा ढोलाहिटिका… पुरा पढौ

फेवा महोत्सव सुरु, होटलमा २० प्रतिशत छुट, झाँकी सहित र्यालीको (फोटो÷भिडियो)

नेपाली नयाँ बर्षको अवसरमा पोखरामा फेवा नव बर्ष महोत्सव सुरु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिने १९ औं फेवा नव बर्ष महोत्सव विहीबार सुरु भएको हो । पंचै बाजा र विभिन्न जातजातिका झाँकीसहित फेवा तालको किनारमा महोत्सवको उद्घाटन गरिएको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड स्थित अम्मटमा आयोजित विशेष समारोहकाविच उद्घाटन गरे । महोत्सवको आरम्भ गर्दै आचार्यले फेवा तालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध… पुरा पढौ

प्रदेश प्रमुख भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद को अवसरमा शुभकामना व्यक्त

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गरेका छन्। भट्टले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ‘ मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ। इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ। यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ। यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले संरक्षण… पुरा पढौ

पोखराका एक सव इन्जिनियर र कन्सल्टेन्सिका एक जना घुस सहित पक्राउ

पोखरा २८, चैत, घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने भन्दै पोखरा महानगरपालिकाका एक सव इन्जिनियर उसा किरण रोका र गोदार इन्जिनीयरिङ कन्सल्टेन्सिका सुरज कुंवरलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । १ लाख ५० हजार नगद सहित पोखराका एक इन्जिनियर रोका र कन्सल्टेन्सिका कुंवरलाई आज साँझ पक्राउ गरी थप अनुसन्धान प्रकृया अघि बढाईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी जगदिश शिवाकोटीले पोखराक्लिकलाई बताउनु भयो । गोप्य सूचनाको आधारमा घुस लिदै गर्दा पक्राउ गरिएको आयोगले दाबी गरेको छ… पुरा पढौ

पोखरामा भोलि देखि फेवा महोत्सव सुरु हुने

पोखरा, २८ चैत, नेपाली नयाँ बर्षका अवसरमा भोलि (विहिबार) देखि पोखराको फेवा किनारमा १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८१ सुरु हुने भएको छ । उक्त महोत्सवमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिनु भयो । तीन चल्ने महोत्सव आगामी बैशाख १ गतेसम्म संचालन हुने छ । होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर… पुरा पढौ

तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न

नेपाल एशोसिएसन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले तीन दिने कार्यक्रमका साथ २४ गते शनिबारदेखि २६ सोमबारसम्म गन्तव्य पहिचान एवम् प्रवद्र्धन यात्रा गरेको हो । बाग्लुुङ हुँदै कालीगण्डकी करिडोरबाट नवलपुरसम्मको यात्रा गरेको टोली फर्कदा दलदलेबाट डेढगाउँ भिमादको बाटो पोखरा आएको थियो । कार्यक्रमका अवसरमा बाग्लुुङ र नवलपुरका धार्मिक पर्यटकीय गन्तव्यको… पुरा पढौ

एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल उपाधीको लागि ढोलाहिटि र हेटौडा भिड्ने

पोखरा रंगशालामा जारी दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीको लागि ढोलाहिटि फ्रीडम र हेटौडा भेट्रान्स भिड्ने भएका छन । प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमि फाईनल खेलमा चितवन भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै ढोलाहिटि फ्रीडमले फाईनल यात्रा तय गरेको हो । खेलमा ढोलाहिटिको तर्फबाट तेज वहादुर गलामि र प्रकाश राना मगरले १÷१ गोल गरे । खेलमा भोटाहिटिका प्रकाश राना मगर म्यान अफ द म्याच घोषित भए । खेलको ३५ औ मिनेटमा चितवनका गोलरक्षक… पुरा पढौ

महोत्सवमा आलु किन्ने बढे

२ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव २० हजारले महोत्सव अवलोकन गरेकोमा ९ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको बुधवार महोत्सव स्थलमा आलु खरिद गर्दै… पुरा पढौ

तीनै तहका सरकार बीच समन्वय र सहकार्य आवश्यक छः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने प्रदेश प्रमुख भट्टको विश्वास छ । जिल्ला समन्वय समिति, कास्कीको सातौं जिल्ला सभाका प्रमुख अतिथि भट्टले मुलुक गणतन्त्र र सङ्घीयता कार्यान्वयनको चरणमा नै रहेकाले यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने, ‘संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको भावना… पुरा पढौ