जिवनशैली पत्रिका

पौने ३ सयको निशुल्क मधुमेह र टिजी जाँच

पोखरा, १० जेठ, पावरहाउस बजार व्यवस्थापन समितिको आयोजनामा पोखरा २९ र ३० का बासिन्दाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । पोखरा ३० शिशुवामा रहेको युआरएल शिशुवा डायग्नोसिस प्रालिको प्राविधिक सहयोगमा बिहीबार भएको शिविरमा २ सय ७५ जनाको सित्तैमा जाँच गरिएको हो । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र यसका शाखाहरुले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो १ सय ७२ औं शिविर हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका… पुरा पढौ

वाईवाई यु–१९ क्रिकेट जारी

पोखरा, १० जेठ टिम विन्ध्यवासिनी पोखरामा जारी यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा अपराजित रहदा टिम भद्रकालीले पहिलो जित हात पारेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन बिहीबार सम्पन्न पहिलो खेलमा भद्रकालीले बाराहीलाई ६१ र दोस्रो खेलमा विन्ध्यवासिनीले अकलालाई ३० रनले पराजित गरेका थिए । यस अघि विन्ध्यबासिनीले उद्घाटन खेलमा भद्रकालीलाई नौ विकेटले पराजित गदै प्रतियोगितामा सुखद सुरुवात गदै आफनो… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा २५६८ औँ बुद्धजयन्ती र उभौली पर्वको शुभकामना

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले २५६८ औँ बुद्धजयन्ती र किराँत जातीको सांस्कृतिक पर्व उभौलीको शुभकामना व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘विश्वका महान् पुरुष गौतम बुद्व हाम्रो धर्तीले जन्माएकामा हामीलाई गर्व छ । बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्नेछ ।… पुरा पढौ

केसीद्वारा विनोद गौचनको शालिक निर्माणलाई जग्गा दान

समाजसेवी चिनबहादुर केसीले कविता गाउँ लुम्लेका परिकल्पनाकार विनोद गौचनको शालिक निर्माणका लागि जग्गादान गरेका छन् । उनले अन्नपूर्ण गाउँपालिका–६ लुम्ले छेउघर चौतारामुनिको आफ्नो लालपूर्जाभित्रको जग्गा दान गरेका हुन् ।वडा नं. ६ का वडा अध्यक्ष एकदेव देवकोटाले समितिले लामो समयदेखि गौचनको शालिक निर्माणका लागि बनाएको योजनाले सार्थक रूप लिएकोमा खुसी व्यक्त गरे । अध्यक्ष देवकोटाले दाता केसी परिवारप्रति आभार व्यक्त गर्दै वडाकातर्फबाट पनि शालिक निर्माणका लागि पहल थाल्ने बताए ।वडा सदस्य तथा जि.स.स. सदस्य गणेश जि.सी.ले लुम्लेलाई साहित्यका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा… पुरा पढौ

पोखरा आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश

पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनौट भएका समुहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर सिटी इज जिरो वेस्ट, रेन्टल, टीम स्वीफ्ट वे, थिन क्लाइन्ट, ट्रेक गाइड कनेक्ट र ट्रफअपसाइकल रहेका छन । ब्यवसाय प्रवद्र्धन केन्द्रले जेठ ६ देखि ८ गते सम्म आयोजना गरेको पोखरा आइडिया मार्ट तथा बुट क्याम्पमा सहभागी १७ समुह मध्ये १० वटा समुह अन्तिम प्रस्तुतीका लागि… पुरा पढौ

पोखराका असल स्वास्थ्यकर्मी एवं फेवासिटि अस्पतालका संस्थापक गुरुङको निधन

पोखराको फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको निधन भएको छ । उपचारकै क्रममा उहाँको भारतको नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा बुधबार बिहान निधन भएको पारिवारीक श्रोतले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्रमुख भएर करिब ३ दशक काम गर्नु भएका गुरुङको मृगौला फेल भएर केही समय अघि प्रत्यारोपण गरिएको थियो । २०१६ सालमा गुल्मीको गैढुंगामा जन्मनु भएको गुरुङ हाल पोखरा १० रामघाटमा बस्दै आउनु भएको थियो । उहाँकाा श्रीमती ईन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी गुरुङ… पुरा पढौ

फिस्टेल एसइई कप फिस्टेल र भद्रकाली च्याम्पियन

पोखरा, जेठ ९, पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ मा ३र३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् । बुधवार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले कुमुदिनी होम्सलाई पराजित गरी च्याम्पियन बनेको हो भने फुटबलतर्फ शान्तिनिकुञ्जलाई २–१ गोलले पराजित गर्दै भद्रकाली मावि च्याम्पियन बन्यो । यस अगाडि सेमिफाइनलको पहिलो खेलमा शान्तिनिकुञ्जले कालिका माविलाई २–१ ले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो भने भद्रकालीले मदरल्यान्ड माविलाई ७–०… पुरा पढौ

पोखरा २६ मा व्यूटिसियन तालिम सम्पन्न

पोखरा महानगरपालिका वडा नं. २६ ले संचालन गरेको व्यूटिसियन सम्वन्धी तालिम मंगलबार सम्पन्न भएको छ ।तालिमको समापन गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिप र ज्ञानलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे । वडाध्यक्ष थापाले महिला दिदी बहिनीहरुकै माग अनुसार सौन्दर्य सम्वन्धी तालिम प्रदान गरिएको स्पष्ट पार्दै, तालिम पश्चात व्यवसाय संचालन गरे वडाले थप सहयोग गर्ने उल्लेख गरे । अध्यक्ष थापाले लक्षित समूहको बजेटबाट महिलाहरुका लागि शिप उपयोगी तालिम प्रदान गरिएको उल्लेख गर्दै, सावुन बनाउने तालिम… पुरा पढौ

न्याय निरुपणमा पोखराको न्यायिक समिति उत्कृष्ट ःमेयर आचार्य

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसावले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको उद्घाटन गर्दै उहाँले,“न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ । महानगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा अदालतबाट पनि सुरु समितिकै निर्णय सदर भएका छन् । यसले गदाँ यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ ।” मेयर आचार्यले न्यायिक समितिमा… पुरा पढौ

गण्डकी प्रदेश सरकारले ५५ दिनमा ६१.ं०५ प्रतिशत बजेट खर्च गर्न सक्ला त !

दीननाथ बराल, कोभिड पछि आर्थिक मन्दिले देशको अर्थतन्त्र सुस्ताको अबस्थामा सरकारी बजेट समेत कम खर्च हुँदा यसले आर्थिक चलायमान कम हुने गरेको अर्थ विज्ञहरुले बताउदै आउनु भएको छ । देशमा संघिय सरकारको नयाँ मोडल आएसंगै प्रदेशमा आर्थिक विकास र समृद्धि गर्न थप मद्धत पुग्ने र नजिकको सरकारसंग जनताले धेरै राहत पाउने आशा गरे पनि हालसम्म प्रदेश सरकारले समयमै बजेट खर्च गर्न नसक्दा यसबाट जनताले धेरै राहात पाउन नसकेको बताइन्छ । गण्डकी प्रदेश सरकारको कुरा गर्दा ३ सय ६५ दिनमा ३२… पुरा पढौ