जिवनशैली पत्रिका

पोखरामा भेंडा–च्यांग्रा खरिद बिक्रि सुरु, अघिल्लो बर्षको तुलनामा १५ प्रतिशत सहुलियतमा

दीननाथ बराल , पोखरा १९ असोज। वडा दशैं पर्वको अवसरमा पोखरामा हिमाल पारीको जिल्ला मुस्ताङबाट ल्याएका भेडा च्याङग्रा खरिद तथा बिक्रि गर्न सुरु भएको छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष भेडा च्याङग्रा बढी आएकोले गर्दा करिब १५ देखि २० प्रतिशत सहुलियतमा उपलब्ध भएको व्यवसायीहरुले बताउनु हुुन्छ । हालसम्म ७ हजार ९ सय वटा भेंडा च्यांग्रा निकासि भएका छन्। नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा बिक्रि गर्ने उद्धेश्यले मुस्ताङमा आइतबारसम्म ७ हजार ९ सय वटा भेंडा च्यांग्रा निकासि भएको भेटेरिनरी… पुरा पढौ

प्रतिभा माविमा तीनदिने खेलकुद कार्यक्रम सुरु

पोखरा, असोज १९, पोखरामा रहेको प्रतिभा माविमा शनिबारदेखी तिनदिने वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिश्पर्धा हुनेगरि खेलकुद कार्यक्रम सुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले शनिबार एक कार्यक्रमबीच उक्त खेलकुद कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयले हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीका लागि खेलकुद कार्यक्रम गर्दै आएको छ । सापकोटाका अनुसार तीनदिनसम्म चल्ने… पुरा पढौ

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको मेयर दाहालद्धारा शिलान्यास

चितवन, असोज १९ भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भवन पुरानो र जिर्ण भएकाले नयाँ भवन निर्माण गर्न बोर्डबाट निर्णय भएको स्मरण गर्नुभयो । भरतपुरमा शुद्ध खानेपानीको पहुँच ९२ प्रतिशत पुगेकाले अब केही समयपछि शतप्रतिशत पुग्ने उहाँको भनाई थियो ।भरतपुरमा विगत ७ वर्षमा अर्बौका खानेपानीका आयोजना निर्माण सम्पन्न भईसकेको र यस वर्ष पनि विभिन्न स्थानमा… पुरा पढौ

दशैं पर्वको अवसरमा होटल बाराहीले ल्यायो बाराही दशैं भोज कार्यक्रम

पोखरा १८, असोज, नेपालीहरुको महान पर्व बडा दशैं पर्वको अवसरमा होटल बाराहीले नयाँ प्याकेज ल्याउने भएको छ । बाराही दशैं भोज यही अक्टुवर १० देखि १२ तारिख (असोज २४ देखि २६ गते अर्थात दशैं टिकाको दिन) सम्म होटल बाराहीले नेपाली खानाको प्रबद्र्धन गर्न उक्त कार्यक्रम ल्याएको होटलका फूड एण्ड बेभरेज म्यानेजर रामजी घतानीले बताउनु भयो । आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई नेपाली परम्परागत खानाको बारेमा राम्रोसंग बुझाउदै उक्त खानाको परिकार पस्कने गरी आफुहरुले नयाँ स्किम ल्याएको उहाँले दाबी गर्नु भयो ।… पुरा पढौ

पोखरा उद्योग बाणिज्य संघको सभाहलमा शनिबार जोजिजू म्युजिकल जर्नी हुने

पोखरा १८, असोज, पोखरामा भोलि (शनिबार) जोजिजू म्युजिकल जर्नी विजिध सांगीतिक, सांस्कृतिक तथा श्रेष्टा सम्मान कार्यक्रम हुने भएको छ । जोजिजू म्युजिक सेन्टर म्युजिक÷स्कुलले आयोजन गर्न लागेको २१ औं संस्करणको “जोजिजू म्युजिकल जर्नी २०८१ पोखरा उद्योग बाणिज्य संघको सभाहलमा शनिबार हुने भएको स्कुलका निर्देशक एवं गायक विनित जोजिजूले बताउनु भयो । अग्रज श्रष्ठाहरु नारायण गोपाल, सरोज गोपाल बर्जचार्य, कल्याण शेरचन, फत्यमान राजभण्डारी , सरुभक्त श्रेष्ठ, तिर्थ श्रेष्ठ, दिप श्रेष्ठ, हरिदेवी कोईराला ,बिनित जोजिजूको पोखराका कलाकार तथा बध्यवादकहरु द्वारा गायन तथा… पुरा पढौ

पोखराको नागढुङ्गामा खुल्यो सबै किसिमका सवारी साधनका लागि टायर पसल

पोखरा, १८ असोज पोखरा नागढुङ्गामा सबै किसिमका सवारीसाधनका लागि हुने टायरको आउटलेट तालबाराही अटोमोबाइल्स संचालनमा आएको छ । पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङ ले आफ्नो शाखा विस्तार गरेको हो । बजारको मागलाई मध्यनजर गरि पोखरा नागढुङ्गामा शाखा विस्तार गरेको युवा व्यवसायी हुमबहादुर खत्री ‘अर्जुन’ ले जानकारी दिनुभयो । विगत १३ बर्ष देखि टायर रिसोलिङ तथा बस ट्रकको नयाँ टायरको सेवा दिंदै आएको कम्पनीले नागढुङ्गा शाखाबाट मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान लगायत सम्पुर्ण सवारी साधनको जुनसुकै साइटका नया टायर विक्री… पुरा पढौ

जलस्रोतको सदुपयोगमा जुटौँ ः कृषि मन्त्री श्रेष्ठ

पोखरा, १८ असोज, गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । नवलपुरको कावासोती स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा बोल्दै उनले उपलब्ध जलस्रोतलाई पुर्ण रुपमा उपयोग गर्न सके देश विकासमा टेवा पुग्ने बताएकी हुन् । शुक्रबार संस्थामा आयोजित कार्यक्रममा उनले भनिन्‘, नेपाल जलस्रोतको धनी देश, यसको उपयोगिता बृहत छ । यसलाई पूर्ण रुपमा उपयोग गर्न सके सुखी नेपाली समृद्ध देश निर्माणकोे साझा संकल्पलाई… पुरा पढौ

माछापुच्छ«े टी–२० क्रिकेट लिगमा आर.के.भिक्टोरियन र स्लामिक कंक्रर्स विजयी

असोज १८,पोखरा, माछापुच्छ«े क्रिकेट क्लवको आयोजनामा लेखनाथमा जारी माछापुच्छ«े टी–२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको खेलमा आर.के.भिक्टोरिय र स्लामिक कंक्रर्स विजयी भएका छन् । पहिलो खेलमा आर.के.भिक्टोरियनले लेखनाथ बुमर्समाथि ६ रनको रोमाञ्चक जित हाँसिल गरेको हो । टस जितेको लेखनाथले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको भिक्टोरियनले १४.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८८ रनको योगफल तयार पारेको थियो । आर.के. भिक्टोरियनका ब्याटरहरु सुदिप पौडेलले २४ बलमा ३ चौका प्रहार गर्दै २३ रन जोडे । विश्वास पराजुलीले १८ तथा कप्तान कविन सापकोटाले ११ रन… पुरा पढौ

शोभाकर बरालद्वारा लिखित पौराणिक आदर्श नारीहरू लोकार्पण

पोखरा, १८ असोज शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज लोकार्पण गरिएको छ ।स्रष्टा समाज पुुम्दीभुुम्दीको आयोजना एवम् लिलावती अध्ययन प्रतिष्ठान, पोखरा–२२ को संयोजनमा आज पुम्दीभुम्दीस्थित सक्रिय महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.को भवनमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय कास्कीका प्रमुख लिलाधर पौडेल, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का विखर्ची, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुुर्गाबहादुर शाह‘बाबा’, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल लगायतले पुस्तकको लोकार्पण गर्नुुभएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम्… पुरा पढौ

‘एमेच्युअर फुटबल’मा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन

पोखरा, १८ असोज, पोखरा महानगरपालिका १५ नयाँगाउँमा सम्पन्न विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगितामा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन बनेको छ । गोर्खाज बुटक्याम्पको खेलमैदानमा आज भएको फाइनल खेलमा चाउथे एफसीलाई२–१ गोल अन्तरले पराजित गर्दै ब्यूटी स्टुडियो च्याम्पियन बनेको हो । कार्यक्रम संयोजक रोमन मगरका अनुसार ब्यूटी स्टुडियोको जीतमा अंकित गुरुङ र युनिक तामाङले समान १ गोल गरे भने चाउँथेका लागि सुजन गुरुङले सान्त्वना १ गोल फर्काए । च्याम्पियन बनेको ब्यूटी स्टुडियोले नगद रु ६० हजार, शिल्ड तथा प्रमाणपत्र… पुरा पढौ