जिवनशैली पत्रिका

१६६ वर्ष अघि स्थापित चण्डीमाई मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

पोखरा, २४ असोज, पोखराको नयाँ बजारमा वि.सं.१९१५ सालमा स्थापित चण्डीमाई देवीको मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने प्रयास थालिएकोे छ । तत्कालीन समयमा हालको नयाँबजारस्थित क्षेत्रीय संग्रहालय र ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयको कार्यालय रहेको स्थलमा गलैंचाको बोट मुनी पुर्खाहरूले चण्डीमाई मन्दिरको स्थापना गर्नुभएको स्थानीय समाजसेवी एवम् चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले जानकारी दिनुुभयो । तत्कालीन समयमा स्थापना भएको मन्दिर तीनपटकसम्म स्थानान्तरण भएको जानकारी दिदै उहाँले स्थापनाको केही समयपछि नयाँबजारकै हाल अख्तियारको कार्यालय रहेको स्थान हुदै अहिलेको दरबारथोकस्थित चोकमा ल्याइएको बताउनुुभयो ।मन्दिरमा रहेको… पुरा पढौ

फुलपाती देखि दशमीसम्म होटल बाराही काठमाण्डौं र पोखरामा दशैँ भोज

काठमाडौँ २४, असोज, नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौँमा दशैँ भोज सुरु भएको छ । दशैँका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए । भोजमा भुटुवा, सेकुवा लगायतका मासुका परिकार, सेल रोटी, अचार, बाराका साथै दशैँका विशेष परिकार रहनेछन् । होटल बाराही काठमाडौँमा साँझ साढेँ ५ बाट सुरु हुने डिनर सेट मेनुको रूपमा उपलब्ध हुनेछ । होटेल बाराही… पुरा पढौ

विभिन्न व्यक्तित्वहरुलाई सम्मान

पोखरा २३, असोज, साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङमय प्रतिस्ठानले शुभकामना आदान प्रदान कार्यक्रमसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । पोखरामा मंगलबार सो कार्यक्रम पोखराका वरिष्ठ शिक्षासेवी जोर्ज जोनको प्रमुख आतिथ्यतामा भव्यरुपमा सम्पन्न भएको थियो । सम्मानित हुनेहरुमा प्राज्ञ एवं विम्बकवि रमेश श्रेष्ठ, छन्दनायक माधव वियोगी, साहित्यकार पुष्कर अथक रेग्मी, साहित्यकार तारा पाखे, साहित्यकार एवं कलाकार दामोदर ढकाल दिपक, मुटु रोग विषेशज्ञ डा. बिश्वराज बराल, प्रथम शीत ईश्वर कृष्णबहादुर केसी, फिल्म निर्देशक घनश्याम लामिछाने, ब्रम्हाकुमारी विनिता पराजुली, साहित्यकार रविन्द्र माकाजु,… पुरा पढौ

मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

पोखरा २३, असोज, मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । मंगलबार उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे । २२ वर्ष संचारकर्मको अनुभवलाई सुनाउँदै पौडेलले सकरात्मक सोचले नै आफुमा परिवर्तन आउने उल्लेख गरे । “म करिब २२ वर्ष संचार कर्ममा लागे । संचार क्षेत्रले मलाई धेरै पाठ सिकायो । कर्मलाई आत्मसात् गर्दै सकरात्मक विचार राखियो भने सफलता मिल्छ । त्यसैले सकरात्मक सोचौं ।”, उनले भने । पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताए । भनाई… पुरा पढौ

दशैं टिकाको दिनमा पोखरामा ७ रुटमा १८ वटा बसबाट निःशुल्क बस सेवा संचालन हुने (भिडियो) सहित

दीननाथ बराल,पोखरा, २३ असोज, दशैँ टीकाको दिन (शनिबार) पोखरामा निःशुल्क बस सेवा संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको अगुवाईमा पोखरामा ७ वटा रुटमा १८ वटा बसहरुबाट नि शुल्क बस सेवा संचालन हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भयो । सर्वसाधारणको सुविधाका लागि मध्यनजर गरी पोखरामा पहिलो पटक दशैं टिकाको दिनमा निःशुल्क बस सेवा संचालन हुने तयारी गरिएको उहाँले जनाउनु भयो । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक पोखरामा धेरै रुटमा… पुरा पढौ

यात्रुलाई घर जान सेवा दिन तयार छौं पृथ्वीराजमार्ग बस कम्पनी…

पोखरा २३, असोज, यातायाताको कारण देशका अधिकांश ठाँउमा आफ्ना सवारी साधनहरुबाट यात्रुलाई गन्तव्यवमा पुर्याउन आफुहरु कटिवद्ध रहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले जनाएको छ । कम्पनीले प्रेस विज्ञेप्ति जारी नेपालीहरुका महान पर्व वडा दशैं लक्षित गरी कुनै यात्रुलाई प्रस्थान बिन्दु देखि गन्तव्यसम्म पुर्याउन आफुहरु लाग्ने कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो । पोखरामा प्रधान कार्यालय रहेर कम्पनीले देशका अधिकांश स्थानमा सार्वजनिक यातायात सञ्चालन गर्दै आएको छ ।यातायात सेवा सञ्चालन क्षेत्रमा कुनै पनि यात्रुले टिकट नपाएको वा घर जान नपाएको गुनासो… पुरा पढौ

पोखराबाट ६५ करोड सुकिला नोट वितरण, आज पनि वितरण हुने

दीननाथ बराल, पोखरा २३, असोज, नेपाल राष्ट्र बैंक पोखरा कार्यालयलले हालसम्म ६५ करोड रुपैया बराबरको सुकिला नोट सटही गरेको छ । नेपालीहरुको महान पर्व दशेैं पर्वको अवसरमा राष्ट्र बैंकले केही दिन देखि सटही गर्न सुरु गरेको सुकिला नोट मंगलबारसम्म ६५ करोड मुल्य बराबरको सटही गरेकोे नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक विना ढकाल (पौडेल) ले बताउनु भयो । उहाँका अनुसार यस बर्ष नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्न नसक्ने भए पनि एक पटक बजारमा चलन चल्तीमा गएका सुकिला नोट… पुरा पढौ

दशैं र तिहार पर्व लक्षित गरी पाोखराका होटल आवासमा ३० प्रतिशत छुटको घोषणा

दीननाथ बराल, पोखरा २३, असोज, नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभदिपावलीको अवसरमा पोखरामा आउने पर्यटकहरुलाई होटल आवासमा ३० प्रतिशत छुट दिने भएको छ । होटल संघ पोखरा नेपालले आफ्ना सदस्य अन्तर्गतका होटल प्रतिष्ठानहरुमा बडा दशै देखी तिहार सम्म प्रकाशित दररेट (आवासमा) पाहुनालाई ३० प्रतिशत सम्म छुट भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई अनुरोध गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नती कार्य… पुरा पढौ

हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

पोखरा २२, असोज, नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा सांगितिक कार्यक्रम हुने भएको छ । दीप समाज हङकङको आयोजनामा “दीप साँझ” हुने भएको हो । कार्यक्रममा पोखरेली ब्याण्ड “ओपन सी” र चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने दीप समाज हङकङका अध्यक्ष गोकुल गुरुङले बताए । कार्यक्रममा ब्याण्डबाट गायिका अजुदा थापा, गायक सन्तोष बस्याल र गायिका प्रीया गुरुङले प्रस्तुति राख्नेछन् भने बाध्यबादन तर्फ ड्रमसेटमा सुनिल थापा, तबलामा राजा मुखिया, लिड गितारमा अमित गुरुङ्ग, किबोर्डमा महिपाल लामा र बेस गितारमा अनिल गुरुङको… पुरा पढौ

ठाकुर युआरएल अध्यक्ष

पोखरा, २२ असोज, गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को छैटौ अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । युआरएल सञ्चालक समिति अध्यक्षमा र ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइरालाले निरन्तरता पाएका छन् । सञ्चालक समिति सदस्यमा गीता कार्की पन्थ, डा वसन्त पंगेनी र शशिधर पौडेल चुनिएका छन् । अधिवेशनले ३ जनालाई सल्लाहकारको जिम्मेवारी दिएका छ । युआरएलका प्रशासनिक सल्लाहकारमा तारिणीप्रसाद लम्साल, प्राविधिक सल्लाहकारमा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी र आर्थिक सल्लाहकार बालाकृष्ण शर्मा… पुरा पढौ